NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

सुनिता र बुचको ९ महिने यात्रा,डल्फिनले गरे स्वागत

बुधबार चैत्र ६ , २०८१
Reading Time: 1 min read
A A
सुनिता र बुचको ९ महिने यात्रा,डल्फिनले गरे स्वागत
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

६ चैत , एजेन्सी ।

नौ महिनासम्म अन्तरिक्षको एकतमासको अन्धकारमा बिताएपछि अन्ततः सुनीता विलियम्स र बुच विलमोर पृथ्वीमा फर्किएका छन् । नासा अन्तरिक्ष यात्री सुनीता र बुच जसको फिर्तीको प्रतिक्षामा सारा विश्व रहेको थियो । प्राविधिक समस्याका कारण अन्तरिक्षमा फसेका यी अनुभवी एस्ट्रोनट्सले चुनौतीहरूलाई जित्दै अन्ततः पृथ्वीमा सुरक्षित अवतरण गरेका छन्।

फ्लोरिडाको समुद्र तटमा जब ड्र्यागन क्याप्सुल पानीमा अवतरण गर्यो, त्यही बेला देखियो एक मनमोहक दृश्य,डल्फिनहरूको एक झुन्ड स्पेसक्राफ्ट वरिपरि नाचिरहेको थियो। पौडिदै मार्दै, छालहरूसँग खेल्दै मानौं उनीहरू पनि सुनिता र बुचको स्वागत गर्न आएका थिए।

विश्वभर प्रत्यक्ष प्रसारण भएको यो ऐतिहासिक क्षण, एक सफल अन्तरिक्ष मिशनको अन्त्य र एउटा नयाँ अध्यायको सुरुवात बनेको छ । अब, पृथ्वीमा उनीहरूको पुनःस्थापनाको यात्रा सुरु भएको छ । नासाले उनीहरूलाई पुनर्वास प्रक्रियाका लागि ह्युस्टन केन्द्रमा पुर्याइसकेको छ, जहाँ उनीहरू आगामी ४५ दिन हिड्न, बोल्न,नियमित दैनिकीमा फर्किन,हरेक घटना क्रमहरुलाई साना बालबालिकाका रुपमा पुनःस्थापनाको प्रक्रियाबाट सिक्नेछन् ।

अब बुझौं सुनिता विलियम्स र बुच विलमोरको यो नौ महिनाको अविश्वसनीय यात्राअमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलमोर अहिले विश्वभर चर्चामा छन्। यसको कारण भनेको उनीहरू करिब नौ महिनापछि अन्तरिक्षबाट पृथ्वीमा फर्कनु हो।

यी अन्तरिक्ष यात्रीहरू गएको वर्षको जुनदेखि अन्तरिक्षमा अड्किएका थिए।विभिन्न कठिनाइहरू सामना गरेपछि अन्ततः उनीहरूलाई बोकेको स्पेसक्राफ्ट फ्लोरिडाको समुद्री किनारमा सफल अवतरण भएको छ। ९ महिनाको अन्तरिक्ष बसाईमा सुनितासहित बुचको स्वास्थ्यलाई लिएर विश्व चिन्तित थियो ।

पटक पटक उनीहरुको फिर्तीका लागि तयर गरिएको योजना टर्दै गएपछि उनीहरुले पृथ्वी फर्किनु अघि नै गम्भिर स्वास्थ्य संकटको सामना गर्नुपर्ने हो कि भन्ने आशंका गरिएको थियो । तर उनीहरुले कहिल्यै हिम्मत हारेनन् । नासा नियमित उनीहरुको सम्पर्कमा थियो ।

यसबीचमा उनीहरु अमेरिकी राष्ट्रपति निर्वाचनमा समेत अन्तरिक्षबाटै सहभागी भए। साथै उनीहरु क्रिसमस मनाइरहेका देखिएका थिए भने कहिले पृथ्वीवासीसँग अन्तरक्रियामा समेत सहभागी भएका थिए । स्वास्थ संवेदनशीलतालाई ध्यानमा राखेर उनीहरु शारिरीक व्यायाम गरिरहेका तस्विरहरु समेत सार्वजनिक भएका थिए ।

यद्यपि सुनिताको थकित र दुब्लो शरीरका तस्विरहरु सार्वजनिक भएपछि भने पृथ्वीवासी चिन्तित बनेका थिए । नेपाली समयअनुसार बुधबार बिहानै यो ल्यान्डिङ सम्पन्न भएको हो । यस क्रममा आफ्ना अन्तरिक्षयात्रीहरूको स्वागत गर्न र रिसिभ गर्न नासाको टोली बोटसहित समुद्रमा उपस्थित थियो।

यो अवतरणको क्रममा समुद्रमा एक अनौठो दृश्य देख्न पाइयो, जतिबेला सुनिता विलियम्सको क्याप्सुललाई धेरै डल्फिनहरूले घेरा हालेका थिए । विश्वभर प्रत्यक्ष प्रशारण गरिएको सुनिता बुचको पृथ्वी अवतरण र डल्फिनले घेरिएको स्पेसक्राफ्टको दृश्य भाइरल बनेको छ ।

जब सुनिता विलियम्स र उनका साथीहरूलाई क्याप्सुलबाट बाहिर निकालिँदै थियो, त्यही बेला धेरै डल्फिन माछाहरू क्याप्सुलको वरिपरि तैरिरहेका थिए। उनीहरू यस घटनालाई अचम्मले हेरिरहेका जस्तो देखिन्थ्यो।

सफल अवतरणपछि उनीहरूलाई ४५ दिने पुनर्वास कार्यक्रमका लागि ह्युस्टनको केन्द्रमा पठाइएको छ। क्याप्सुल खुल्नेबित्तिकै अन्तरिक्ष यात्रीहरूलाई स्ट्रेचरमा सारिएको थियो । यद्यपि, उनीहरू बिरामी वा घाइते थिएनन्। त्यसो नभए पनि नासाको टोलीले सावधानीका लागि स्ट्रेचरको प्रयोग गरेको थियो ।

नासा वैज्ञानिकहरूका अनुसार, अन्तरिक्षबाट पृथ्वीमा फर्किएपछि शरीरमा केही अस्थायी परिवर्तनहरू देखा पर्छन्, जसका कारण तुरुन्तै हिँडडुल गर्न गाह्रो हुन सक्छ। टेक्सासस्थित राइस युनिभर्सिटीका एप्लाइड स्पोट्र्स साइन्स निर्देशक, जोन डेभिट भन्छन्, धेरै अन्तरिक्ष यात्रीहरू आफैं हिँड्न चाहन्छन्, तर सुरक्षा प्रोटोकल अनुसार उनीहरूलाई स्ट्रेचरमा सारिन्छ।

अन्तरिक्षमा शरीर भारहीन बन्छ। पृथ्वीमा फर्किंदा गुरुत्वाकर्षण पुनः प्रभाव पार्न थाल्छ, जसले चक्कर आउने, वाकवाकी लाग्ने जस्ता समस्या उत्पन्न गर्न सक्छ। अन्तरिक्षमा रहँदा यो प्रणाली पृथ्वीको गुरुत्वाकर्षण बिना नै काम गर्न अभ्यस्त हुन्छ।

तर, पृथ्वीमा फर्किएपछि फेरि गुरुत्वाकर्षण महसुस गर्दा शरीरलाई तालमेल मिलाउन समय लाग्छ। सुनिता विलियम्स र बुच विलमोर दुबै पूर्व नौसेना पाइलट हुन् र नासाका अनुभवी अन्तरिक्षयात्री मानिन्छन्। उनीहरू २०२३ को जुन ५ मा आठ दिनको मिसनका लागि अन्तरिक्ष गएका थिए।

यो बोइङ स्टारलाइनरको पहिलो क्रू उडान थियो, तर स्टारलाइनर क्याप्सुलमा आएको समस्याका कारण उनीहरू अन्तरिक्षमै फसे । यो मिसन पटक–पटक ढिलाइ भएपछि अन्ततः विलियम्सको सफल फिर्ती भएको छ।

५ जुन २०२३ मा नासाको बोइङ स्टारलाइनर क्रू टेस्ट फ्लाइट अन्तर्गत सुनिता र बुच अन्तरिक्ष गएका थिए। योजना अनुसार १३ जुन २०२३ मा पृथ्वी फर्किनुपर्ने थियो। तर, अन्तरिक्ष यानको थ्रस्टर (इंजन) सम्बन्धी समस्या देखिएपछि उनीहरूको फिर्ती स्थगित गरियो। दोस्रो स्थगन, जुलाई २०२३मा भयो ।

नासाले जुलाई २०२३ मा उनीहरूलाई फर्काउने योजना बनायो। तर, प्रणालीगत समस्याहरू (थ्रस्टरको कार्यक्षमता, हेलियम लिक) फिक्स नगरेसम्म उनीहरूलाई अन्तरिक्षमै राख्ने निर्णय गरियो। तेस्रो स्थगन सेप्टेम्बर २०२३मा भयो । सेप्टेम्बरमा उनीहरूलाई फर्काउने सम्भावना थियो, तर बोइङ स्टारलाइनरको थ्रस्टर परीक्षण अझै सफल नभएपछि फेरि स्थगित गरियो।

चौथो स्थगन डिसेम्बर २०२३मा भयो । नासाले डिसेम्बर २०२३ मा ल्याण्डिङ गर्ने सम्भावना व्यक्त ग¥यो। तर, हेलियम लिक र अन्य प्रविधिगत समस्या पूर्ण रूपमा समाधान नभइसकेको कारण अर्को स्थगन गरियो। पटक पटक स्थगनपछि अन्ततः आज विहान नेपाली समयअनुसार बुधबार बिहान ३ः३९ बजे ड्र्यागन स्पेसक्राफ्ट फ्लोरिडाको समुद्रमा अवतरण भएको हो।

स्पेस स्टेसनबाट पृथ्वीमा फर्कन क्याप्सुललाई करिब १७ घण्टा लागेको थियो। स्पेसक्राफ्ट अवतरणपछि नासाको रिकभरी टोलीले बोटमार्फत यात्रुहरूलाई बाहिर निकाल्यो। क्याप्सुल भित्रको र बाहिरको तापक्रम समान हुनुपथ्र्यो, त्यसैले अवतरणपछि केही समय पर्खेर मात्र यात्रुहरूलाई बाहिर निकालियो।

डोनाल्ड ट्रम्पले सुनीता विलियम्स र बुच विलमोरको सफल फिर्ताीलाई अमेरिकन जनता र नासाको विजय भनेका छन्। ट्रम्प र ह्वाइट हाउसको एक्स (ट्विटर) अकाउन्ट मार्फत यसबारे पोस्ट गर्दै लेखिएको छ, “वाचा गरियो र वाचा पूरा गरियो। राष्ट्रपति ट्रम्पले अन्तरिक्षमा फसेका अन्तरिक्षयात्रीहरूलाई सुरक्षित फर्काउने वाचा गरेका थिए, जुन आज पूरा भएको छ।“

ट्रम्पले यस घटनालाई अमेरिकी गौरवसँग जोड्दै यसलाई आफ्नो सफलताको रूपमा प्रस्तुत गरेका छन्। उनले जो बाइडन प्रशासनको आलोचना गर्दै मस्कलाई अन्तरिक्षयात्रीहरूको शीघ्र वापसी सुनिश्चित गर्न आग्रह गरेका थिए।

बोइङले नासाको क्रू फ्लाइट टेस्ट मिसन अन्तर्गत अन्तरिक्षयात्रीहरूलाई अन्तरिक्ष स्टेसनसम्म लग्ने र फर्काउने योजना बनाएको थियो। तर, स्टारलाइनर क्याप्सुलमा आएको प्राविधिक समस्या का कारण उनीहरूको अन्तरिक्षयात्रा आठ दिनको सट्टा नौ महिनासम्म लम्बियो।

नासाले पुष्टि गरेको छ कि सबै अन्तरिक्षयात्रीहरू पूर्ण रूपमा सुरक्षित छन्। अब उनीहरू पुनर्वास प्रक्रियाबाट गुज्रेर आफ्नो सामान्य जीवनशैलीमा फर्किनेछन्। यस घटनाले अन्तरिक्ष यात्रा र यसको चुनौतीहरूप्रति विश्वव्यापी चासो पुनः बढाएको छ। अब, बोइङ र नासाले यस्तो समस्या दोहोरिन नदिने उपायहरू खोज्नुपर्ने समेत विश्वभरबाट सुझाव दिइएको छ।

Tags: #सुनिता र बुचलाई डल्फिनले गरे स्वागत#सुनिता र बुचले#सुनिता र बुचले अब हिड्न सिक्ने

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

00:18:44

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
९८६२२१३०५७
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.