×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

’आयो आयो नेविसंघ आयो’ भन्दै विद्यार्थीमाथि कुटपिट

५ चैत्र २०८१

६ चैत ,  काठमाण्डौ ।

यो दृश्य कुनै टोले गुण्डाहरुबीचको झगडाको होइन । न त यी लठ्ठी लिएर लखेट्ने युवाहरु नै कुनै होटलका बाउन्सर हुन् । यीनीहरु सुधारगृहमा राखिएका युवा पनि होइनन् । यो अभिनयका लागि खिचिएको भिडियो पनि होइन । यो त भोलिका दिनमा नेपालको स्वास्थक्षेत्र आफ्नो काँधमा बोक्ने जमात हो ।

Advertisement
Advertisement

यो नेपालीलाई स्वस्थ बनाउन, जीवन बचाउन, रोगबाट मुक्त गर्न शिक्षा आर्जन गर्दै गरेको मेडिकल कलेजका विद्यार्थीहरुको समूह हो । जो आपसमा यसरी भिड्दैछन् । त्यो पनि पढाइका लागि होइन, व्यक्तिगत कारणले पनि होइन ।

यो लडाइँको कारण हो क्याम्पसमा भएको विद्यार्थीहरुको चुनाव । जसमा हार्ने पक्ष र जित्नेपक्षबीच यो हदसम्मको स्थिति निम्तिएको छ । महाराजगञ्ज मेडिकल कलेजमा चुनावपछि विद्यार्थीहरुले अनुभव गरेको अवस्था हो यो । खासमा यो कलेजमा नेविसंघले स्ववियु अध्यक्ष जितेको छ ।

अनेरास्ववियुका उम्मेदवार पंकज गुप्तालाई १३० मतान्तरले पराजित गर्दै नेविसंघका उम्मेदवार विवेककुमार यादव विजयी भएका हुन् । उनी विजयी भएसँगै नेविसंघका नेता कार्यकर्ता अराजक बन्न थाले। उनीहरूले अनेरास्ववियु तथा अखिल क्रान्तिकारीका उम्मेदवारहरूमाथि कुटपिट गर्न थाले ।

उनीहरुले होस्टेलमा बसिरहेका बेला अनेरास्ववियुको तर्फबाट स्ववियु सचिवका उम्मेदवार बनेका रूपसिंह सुनारमाथि आक्रमण गरे । विजयी र्याली मनाउँदै नेविसंघका नेता कार्यकर्ता होस्टेलका कोठा कोठामा पुगेका थिए । त्यही बेला कोठाभित्र बसेकाहरू विपक्षीमाथि ढोकामा लात्तीले हान्ने, वियरका बोतल प्रहार गर्ने जस्ता अराजक गतिविधि गर्दै आएको विद्यार्थीहरूको आरोप छ ।

जुन यो भिडियोमा देखिएको छ । जसमा होस्टेल बाहिर बसिरहेका व्यक्तिहरूमा सामूहिक आक्रमण गरेको देखिन्छ । आयो आयो नेविसंघ आयो भन्दै नाराबाजी गर्दै हिडेका नेविसंघका कार्यकर्ताहरूले ढोकामा लात्ताले हानेर फुटाएका हुन् ।

Advertisement

करिब २०० जनाको संख्यामा रहेका नेविसंघका नेता कार्यकर्ताहरू विद्यार्थी बसिरहेका होस्टेलमा गएर अनेरास्वयिवु, अखिल क्रान्तिकारीका उम्मेद्वार तथा नेता कार्यकर्तामाथि कुटपिटमा उत्रिएका हुन् । यो विषयमा आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले समेत उठाएका छन् ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top