×

NEPAL TIMES UPDATES

Playing
जोगबनी नाका पार गर्न किन अनिवार्य भयो परिचयपत्र ?|| Nepal Times
May 10, 2026
Playing
कतार नजिक मालवाहक जहाजमा प्रोजेक्टाइल हम*ला, उर्जा संकट थप बढ्ने || Nepal Times
May 10, 2026
Playing
बालेनसँगको सम्बन्धदेखि सुकुम्बासीका प्रश्नसम्म रविले दिए सबैको जवाफ|| Nepal Times
May 10, 2026
Playing
संसारका समुद्र फेरि उम्लिन थाले, नयाँ रेकर्डको खतरा || Nepal Times
May 10, 2026
Playing
क्यानलाई कारवाही गर्न राखेपलाई मन्त्रालयको पत्र, कहाँ भयो गल्ती ? || Nepal Times
May 10, 2026
Playing
World News:गो*लीका*ण्डले अमेरिकामा ४४ हजारबढीको मृ*त्यु, दिल्लीमा आ*तंक*बादी ह*म*लाको ध*म्की
May 10, 2026
Playing
हर्कको कन्फिडेन्स, कोशीको मुख्यमन्त्री अहिले नै भागबण्डा || Nepal Times
May 10, 2026
Playing
Thalapathy vijay तमिलनाडुको मुख्यमन्त्री, झुटा वाचा नगर्ने वचन || Nepal Times
May 10, 2026
Playing
शपथको भोलिपल्टै ’बल्खु’ पुग्ने मनोज शर्माको विगत|| Nepal Times
May 10, 2026
Playing
बजेट निर्माणका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालन || Nepal Times
May 10, 2026

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

२ बैशाख २०८३

२ वैशाख, काठमाण्डौ।

पहिलो चारणको वार्ता निष्कर्षविहनि भएपनि इरानसँगको युद्धविराम यथावत रहेको अवस्थामा अमेरिकाले इरानमाथि नाकाबन्दी लगाएपछि युद्ध चर्किने आशंकाका बीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग फेरि पाकिस्तानमा चाँडै वार्ता हुने संकेत गरेका छन्।

Advertisement
Advertisement

मंगलबार न्युयोर्क पोस्टसँग उनले अमेरिका र इरानबिच ‘आगामी दुई दिनमा’ पुनः वार्ता सुरु हुन सक्ने बताएका हुन्। उनले भनेका छन्, ‘आगामी दुई दिनमा केही हुन सक्छ र हामी त्यहाँ (पाकिस्तान) जान इच्छुक छौँ।’ यसअघि गत शनिबार पाकिस्तानको इस्लामाबादमा अमेरिका र इरानबिच २१ घण्टा लामो वार्ता भए पनि निष्कर्षविहीन भएको थियो।

जुन वार्तामा अमेरिकाका तर्फबाट उपराष्ट्रपति जेडी भान्स र इरानबाट संसद्का सभामुख मोहम्मद बाकर कालिबाफले नेतृत्व गरेका थिए। यसअघि मंगलबार इरानको सरकारी सञ्चारमाध्यमले पनि इरान र पाकिस्तानबिच सन्देश आदानप्रदान भएको तर अमेरिकासँग थप वार्ताबारे ‘कुनै जानकारी’ नभएको उल्लेख गरेको थियो ।

यही बीच अमेरिकाका राष्ट्रपति ट्रम्पले मंगलबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेका छन्। मोदीले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार ट्रम्पले फोन गरेर द्विपक्षीय सम्बन्ध तथा होर्मुज स्ट्रेटसहित विभिन्न विषयमा कुरा गरेका हुन्।

‘मलाई मेरा मित्र राष्ट्रपति डोनाल्ड ट्रम्पको फोन आयो। हामीले विभिन्न क्षेत्रमा हाम्रो द्विपक्षीय सहयोगमा भएका उल्लेखनीय प्रगतिको समीक्षा ग¥यौँ’, मोदीले एक्समा लेखेका छन्, ‘हामी सबै क्षेत्रमा हाम्रो व्यापक विश्वव्यापी रणनीतिक साझेदारीलाई अझ बलियो बनाउन प्रतिबद्ध छौँ। हामीले पश्चिम एसियाको अवस्थाबारे पनि छलफल ग¥यौँ र होर्मुज स्ट्रेट खुला र सुरक्षित राख्नुपर्ने आवश्यकतामा जोड दियौँ।’

गत शनिबार पाकिस्तानमा अमेरिका र इरानबिच भएको वार्ता निष्कर्षहीन भएपछि अमेरिकाले होर्मुज स्ट्रेटमा नाकाबन्दी लगाएको छ। इरानी क्षेत्रमा पर्ने होर्मुज स्ट्रेट भएर विश्वव्यापी ऊर्जा व्यापारको २० प्रतिशत ढुवानी हुन्छ। अमेरिकी सेनाले होर्मुजको जलडमरूमलाई नाकाबन्दी गर्न १० हजारभन्दा बढी सेना र करिब १२ नौसैनिक जहाजहरू तैनाथ गरेको दाबी गरेको छ ।

अमेरिकी केन्द्रीय कमान्डका अनुसार नाकाबन्दीको पहिलो २४ घण्टामा कुनै पनि जहाजले मार्ग पार गर्न सकेका छैनन् । अमेरिकी सेनाको आदेशमा छ वटा व्यापारिक जहाजहरू फिर्ता पठाइएका थिए । अमेरिकी सेनाका अनुसार यो कारबाही इरानी बन्दरगाहहरूमा प्रवेश गर्ने वा छोड्ने सबै जहाजहरूमा लागू हुन्छ ।

अधिकांश युरोपेली देशहरूले इरानी समुद्री यातायातमा नाकाबन्दी लगाउने अमेरिकी निर्णयको विपक्षमा देखिएका छन् । ति देशहरुले कूटनीतिक समाधानमा जोड दिँदै र होर्मुजको जलडमरूममा बढ्दो तनाव विरुद्ध चेतावनी समेत दिएका छन् । यसबाट ट्रम्प दबाबमा छन् ।

अमेरिकाले नाकाबन्दी लागू गर्न थालेको दिन नै यूरोपेली देशहरुको अभिव्यक्ति बाहिर आएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि कुनै पनि इरानी जहाज होर्मुजको जलडमरूममा अमेरिकी नाकाबन्दीको नजिक आयो भने अमेरिकी सेनाले बताएका छन् ।

यसअघि, नेटोका महासचिव मार्क रुटले अमेरिकाले होर्मुजको जलडमरूम सुरक्षित गर्न युरोपेली सहयोगीहरूबाट ठोस प्रतिबद्धताहरू खोजिरहेको संकेत गरेका थिए। यद्यपि, युरोपेली सरकारहरू अमेरिकी निर्णयको विपक्षमा उभिएका छन् ।

बेलायती प्रधानमन्त्री केयर स्टारमरले ट्रम्पद्वारा होर्मुजको जलडमरूमको नाकाबन्दीको धम्कीलाई अस्वीकार गरेका छन् । स्पेनी रक्षामन्त्री मार्गारीटा रोबल्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको होर्मुज जलडमरूमा नौसेना नाकाबन्दी लगाउने धम्की ‘मूर्खतापूर्ण’ भएको बताइन् ।

टर्कीएका विदेशमन्त्री हाकान फिदानले शान्तिपूर्ण कूटनीतिक प्रयासहरू मार्फत होर्मुज जलडमरूबाट निर्बाध समुद्री व्यापार सुनिश्चित गर्न सबै पक्षहरूलाई आग्रह गरे । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले लेबनान आगोमा जलिरहेको बेला मध्यपूर्वमा स्थिरता हुन नसक्ने बताउँदै हर्मुज जलडमरूमा जलयात्राको स्वतन्त्रता पुनस्र्थापित गर्नु ‘अत्यन्त महत्त्वपूर्ण’ भएको बताए ।

हालको संकटले ईयूमा ठूलो आर्थिक प्रभाव पारेको छ । मध्य पूर्वमा पछिल्लो द्वन्द्व सुरु भएदेखि जीवाश्म इन्धन आयातको लागि ब्लकको बिल २२ अर्ब युरोले बढेको छ । तनावका बीच चीनका राष्ट्रपति शी जिनपिङले इरानसँगको युद्ध अन्त्य गर्न चार बुँदे प्रस्ताव सार्वजनिक गरेका छन्।

उनले मंगलबार अबुधाबीका क्राउन प्रिन्स शेख खालिद बिन मोहम्मद बिन जायद अल नाहयानसँग बेइजिङमा भएको भेटवार्ताका क्रममा पश्चिम एशियामा स्थायी शान्तिको आवश्यकता औँल्याउँदै उक्त प्रस्ताव अघि सारेका हुन्। अमेरिकाले होर्मुज स्ट्रेट अवरुद्ध गरेको र इस्लामाबादमा भएको वार्ता असफल भएपछि क्षेत्रीय तनाव बढिरहेका बेला चीनको प्रस्ताव आएको हो।

शी जिनपिङले अमेरिकी कदमको आलोचना गर्दै अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्नुपर्नेमा जोड दिएका छन्। उनले प्रस्तुत गरेका चार बुँदामा शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्त कायम राख्ने, राष्ट्रिय सार्वभौमिकताको सम्मान गर्ने, विकास र सुरक्षाबीच सन्तुलन कायम गर्ने र अन्तर्राष्ट्रिय नियममा आधारित व्यवस्थाको रक्षा गर्ने विषय समेटिएका छन्।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दोस्रो चरणको वार्ताको संकेत दिएका छन्। उनले युद्ध अन्त्य नजिक रहेको उल्लेख गर्दै छिट्टै सम्झौता हुन सक्ने बताएका छन्। तनावकै बीच इटालीले इजरायलसँगको लामो समयदेखिको रक्षा सम्झौता निलम्बन गर्ने निर्णय गरेको छ।

सैन्य उपकरणको आदानप्रदान र प्रविधि अनुसन्धानमा केन्द्रित रहेको उक्त महत्त्वपूर्ण सम्झौतालाई अगाडि नबढाउने निर्णय इटालीकी प्रधानमन्त्री जोर्जिया मेलानीले सार्वजनिक गरेकी हुन्। भेरोनामा आयोजित एक कार्यक्रमका क्रममा मेलानीले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सरकारले इजरायलसँगको रक्षा सम्झौताको स्वचालित नवीकरण प्रक्रिया रोक्ने निर्णय गरेको जानकारी दिइन्।

सन् २००६ मा इजरायलले अनुमोदन गरेको यो सम्झौता हरेक पाँच वर्षमा स्वतः नवीकरण हुने प्रावधान थियो। यस सम्झौताअन्तर्गत दुई देशबिच रक्षा उद्योग, सैन्य कर्मचारीको तालिम, अनुसन्धान तथा विकास र सूचना प्रविधिको क्षेत्रमा सहकार्य हुँदै आएको थियो। इटालीको यो दक्षिणपन्थी सरकारलाई पश्चिम एसियामा इजरायलको सबैभन्दा नजिकको सहयोगी मानिन्थ्यो।

तर, पछिल्ला केही हप्तादेखि लेबनानमाथि भइरहेको इजरायली आक्रमण र नागरिकको मृत्युलाई लिएर इटालीले इजरायलको कडा आलोचना गर्दै आएको छ। विशेष गरी लेबनानमा रहेका इटालियन शान्ति सैनिकको टोलीमाथि इजरायली सेनाले चेतावनी स्वरूप गोली प्रहार गरेपछि दुई देशबिचको सम्बन्धमा थप दरार उत्पन्न भएको हो।

उक्त घटनामा मानवीय क्षति नभए पनि इटालीका सैन्य सवारी साधनमा क्षति पुगेको थियो। सोही विषयमा विरोध जनाउन इटालीले इजरायली राजदूतलाई बोलाएर कडा आपत्ति प्रकट गरेको थियो। बदलामा इजरायलले पनि इटालियन राजदूतलाई बोलाएर इटालीका विदेश मन्त्रीको टिप्पणीप्रति असन्तुष्टि जनाएको छ।

Advertisement
Advertisement

इटालीको यो पछिल्लो निर्णयले इजरायललाई युरोपमा आफ्नो बलियो कूटनीतिक र सैन्य साझेदार गुमाउने जोखिममा पु¥याएको छ।

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top