×

NEPAL TIMES UPDATES

Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

१ बैशाख २०८३

१ वैशाख , काठमाण्डौ ।

बागमतीको किनारमा, संध्याको ओझेलिँदै गएको उज्यालोमा

Advertisement
Advertisement

आकाश राततिर ढल्दैथ्यो, तर मेरो मन भने दिनमै अड्किएको

धूप, बत्ती , शंख र आरतीका धुनबीच

म आफैँलाई खोज्दै उभिएको थिए

टाढाबाट घर छोडी बिरानो ठाउँमा आएकी एक अपरिचित आत्मा

यो कतै रहरै रहर अनि कतै बाध्यताले भरिएको शहरमा

जहाँ मान्छे धेरै छन्, तर आफ्ना कोही छैनन्

जहाँ सडकहरु चिच्याउँछन्, गाडीहरु कराउँछन्

तर मनभित्रको शुन्यता अझ गहिरो बन्दै जान्छन्

तर व्यक्त गर्ने ठाउँ कहाँ छन् त खोई ?

२०८२ सजिलो थिएन यो वर्ष, अह अलिकत्ति पनि सजिलो थिएन

घर छोडेर हिँडेको त्यो जेठ १५ को त्यो झिस्मिसे बिहानी

आमाको आँखामा टिलपिल भएर लुकेको आँसु, बुबाको मौन आशिष अनि बहिनीको मौनता

कर्यौ सपना पोको पारी काँधमा झुण्डिएको झोला अझै पनि साथमै छ

सपना बोकेर आएको थिएँ म, तर यहाँ सपनाहरूले पनि परीक्षा लिँदा रहेछन्

समयले यति धेरै पिरोल्यो कि किताबका पाना मात्र पल्ट्याई हिँडेकी म

जीवनका पानाहरू पल्टाउन मात्रै हैन् उल्टाउन नै सिक्नुप¥यो

त्यो पनि एक्लै, बिना कसैको साथ !

ओहो, आफनो घर अनि न्यायो ओछ्यान छोडेपछिका ति रातहरु कति लामा हुन्थे

होस्टेलको चिसो कोठा,झ्याल बाहिर टहटह टल्किने बत्तीहरू तर भित्र निभ्दै गरेको मन

घर सम्झँदा, मोबाइलको वालपेपरमा भएको बा आमाको फोटो ,

त्यो फोटो भित्र थामिएको मुस्कान र भित्र भने भक्कानो फुट्न खोज्ने रुवाइँ

कति रात, कति पटक दबाएँ, मैले कसैलाई नसुनाउने गरी त्यो भनि साध्य नै छैन्

साथीहरू नभएका हैनन् ,थिए , तर आफ्नोपन थिएन

भिड थियो, तर आत्मीयता थिएन

हाँसो थियो, तर त्यो मेरो थिएन।

तर, त्यही एक्लोपनले मलाई आफैँसँग चिनायो

मभित्रको डर, कमजोरी, अनि नबोलेका पीडाहरू

एक–एक गर्दै सतहमा ल्यायो

कहिलेकाहीँ लाग्थ्यो के म सही बाटोमा छु?

के यी संघर्षहरू सार्थक छन्?

तर उत्तर कहीँबाट आउँदैनथ्यो

केवल मौनता मात्र फर्किन्थ्यो।

आज, यही बागमतीको किनारमा उभिएर

ती सबै दिनहरू सम्झिदै छु,

हरेक आँसु, हरेक हार, हरेक प्रयास

सबैलाई यो बगिरहेको पानीमा सुम्पिन खोज्दैछु

मनलाई सम्झाउदै कि हेर, कसरी बग्छ जल?

निरन्तर न रोकिने, न फर्किने

त्यसैगरी मेरा पीडा पनि

समयसँगै टाढा बगून्

किनारमा टाँसिएका हिलोझैँ

ती नकारात्मक सोचहरू

“म सक्दिनँ”, “म एक्लो छु”, “म हराएँ”

आज पखालिँदैछन्, बग्दैछन्, हराउँदैछन्

पशुपतिनाथको आरतीको धुन गुन्जदै गर्दाको त्यो ज्योति

मात्र बाहिरको उज्यालोलाई नभइ,

म भित्रको अँध्यारोलाई पनि छुन आयो

त्यो अग्निको रापमा हात थाप्दै गर्दा

आशाको ताप लिदै आत्मालाई फेरि एकचोटि ब्यूँझाएको महशुस भयो

म भित्रको दुश्चक्र—अहंकार, डर, आत्म–संशय

क्रोध, ईष्र्या, तुलना यी सबैलाई आज यही अग्निमा सुम्पिएको छु

जलून्, खरानी बनून् र हावासँगै उडून

जहाँबाट कहिल्यै फर्केर आउन नसकून्

शिव, तिमी साक्षी बस ,यो केवल विश्वास र आस्था होइन

यो मेरो रूपान्तरण हो

बागमतीको जलमा बगाएको मेरो पुरानो ‘म’ हो

जो डराउँथ्यो, भाग्थ्यो, लुक्थ्यो

र यो अग्निमा जलाएको मेरो अँध्यारो हो

जो आफैँलाई सानो ठान्थ्यो

अब जुन बाँकी रहन्छ ,त्यो चोटले बनेको शक्ति हो

त्यो एक्लोपनले सिकाएको आत्म–संवाद हो

त्यो संघर्षले जन्माएको साहस हो ।

तयार हौं, अब म २०८३ मा पाइला टेक्दैछु

भागेर होइन, लुकेर हैन डटेर, बुझेर, स्वीकारेर

शुद्ध भएर, शान्त भएर

नयाँ दृष्टिले हेर्नेछु यो संसार

जहाँ काठमाडौं अब केवल भिड होइन

अवसर पनि हो, सम्भावना पनि

बागमतीले जस्तै बगिरहुँ

नअड्किई, निरन्तर

आरतीको ज्वाला जस्तै बलिरहुँ

अन्धकारसँग नडराइकन

र जब फेरि घर फर्किनेछु कुनै दिन

म उही मान्छे हुनेछैन्

म त्यहीँबाट हिँडेको, तर फरक भइसकेको हुनेछु

किनकि,

२०८२ ले मलाई तोडेन बरु बनायो

लडायो , हरायो अनि एक्लै उठ्न पनि सिकायो

निडर बनायो , कसैको साथ बिना हिड्न सिकायो

त्यसैले अब हाँस्दै स्वागत गर्नेछु,

आउने हरेक आँधी र चुनौती,

हरेक संघर्षसँग मित्रता,

ढले पनि फेरि उठ्नेछु

किनकि २०८२ ले त्यो आँट मभित्र भरिदिएको छ,

२०८३ का हरेक मोडमा आफूलाई प्रमाणित गर्ने आगो सल्काएको छ

त्यसैले म तयार छु,नयाँ यात्रा र संघर्षहरूलाई निडरताका साथ अँगाल्न

हर हर महादेव !

✍️ संचिता श्रेष्ठ

Advertisement
Advertisement

 

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top