×

NEPAL TIMES UPDATES

Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

१ बैशाख २०८३

१ वैशाख , काठमाण्डौ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि युद्ध बेला बेला मैदानमा मात्रै होइन सामाजिक संजालमा पनि उनको बारैमासे युद्ध चलिरहेको हुन्छ । फरक यति हो, यहाँ शब्दवाण चल्छन्, विवाद र आरोपप्रत्यारोपको श्रृंखला चल्छन् । जति युद्धको मैदानमा ट्रम्पले सुपर पावरको धोँस जमाउँछन्, सामाजिक संजालमा पनि उनले ईश्वरलाई समेत छाड्दैनन् ।

Advertisement
Advertisement

धर्मगुरुहरुलाई त उनले योग्य नै ठान्दैनन्, र विवादमा परिरहन्छन् । रोचक के छ भने, उनी सामाजिक संजालमा कहिले पोपको अवतारमा प्रकट हुन्छन् त कहिले जिजसकै । त्यसपछि विवाद उग्र हुन्छ अनि कहिले एआईको दोष लगाएर पन्छिछन् त कहिले डिलिट हान्न पुग्छन् । अहिले फेरि यस्तै विवादमा परेका छन् अमेरिकी राष्ट्रपति ।

यसपटक उनले आफूलाई यशु ख्रिष्ट (जिसस)को अवतारमा पोष्ट गरेका छन् । जिसससँग तुलना गरिएको विवादास्पद तस्बिर आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोष्ट गरेका छन् र आलोचनाले घेरिएपछि हटाएका पनि छन् । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट बनाइएको उक्त तस्बिरमा ट्रम्पले अस्पतालको शय्यामा रहेका एक बिरामीलाई निको पारिरहेको देखाइएको थियो ।

यो तस्बिर सार्वजनिक भएलगत्तै अमेरिकाको राजनीतिक वृत्त र धार्मिक समुदायबाट कडा आलोचना भएपछि उनले पोस्ट हटाउन बाध्य भएका हुन् । विवादास्पद तस्बिरमा ट्रम्पले सेतो वस्त्र लगाएका छन् र उनको हातबाट निस्किएको प्रकाशले बिरामीको निधार छोएको देखिन्छ। यो दृश्य धार्मिक चित्रहरूमा यशुले बिरामी निको पारेको शैलीसँग मिल्दोजुल्दो थियो ।

तस्बिरको पृष्ठभूमिमा स्ट्याच्यु अफ लिबर्टी, अमेरिकी झण्डा, लडाकु विमान, ईगल (गरुड), नर्स र प्रार्थना गरिरहेकी एक महिला देखिन्थे। ट्रम्पले भने यसलाई बचाउ गर्दै आफूले आफूलाई डाक्टरको रूपमा मात्र प्रस्तुत गर्न खोजेको दाबी गरेका छन्। उनले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘मैले त मानिसहरूलाई राम्रो बनाइरहेको डाक्टरको रूपमा सो तस्बिर राखेको थिएँ, म मानिसहरूलाई साँच्चै धेरै राम्रो बनाउँछु।’

यद्यपि, मानिसहरू झुक्किएकाले मात्र आफूले तस्बिर हटाएको उनले सीबीएस न्युजलाई बताएका छन्। ट्रम्पका कट्टर समर्थक मानिने धार्मिक व्यक्तित्वहरूले समेत यो तस्बिरको कडा विरोध गरेका छन्। क्रिस्चियन अभियन्ता सिन फ्युचले यसलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने भन्दै तत्काल हटाउन माग गरेका थिए भने अर्की कन्जरभेटिभ अभियन्ता रिली गेन्सले भगवानको खिल्ली उडाउनु हुँदैन भन्दै टिप्पणी गरेकी थिइन्।

क्रिस्चियन ब्रोडकास्टिङ नेटवर्कका पत्रकार डेभिड ब्रोडीले पनि ट्रम्पलाई समर्थन गर्नेहरूले समेत यस्तो हर्कतलाई अस्वीकार गर्नुपर्ने बताएका छन् । यो विवाद हुनुभन्दा केही समयअघि मात्र ट्रम्पले क्याथोलिक धर्मगुरु पोप लियो १४ औँको कडा आलोचना गरेका थिए ।

इरानमा जारी अमेरिकी र इजरायली सैन्य अपरेशनको विरोध गरेपछि ट्रम्पले पोपलाई ‘अपराध नियन्त्रणमा कमजोर’ र ‘परराष्ट्र नीतिमा भयानक’ व्यक्तिको संज्ञा दिएका थिए । पहिलो अमेरिकी पोपका रूपमा चिनिने लियो १४ औँले इरान युद्धलाई अमानवीय हिंसा भन्दै कडा निन्दा गर्दै आएका छन्।

ट्रम्पले पोपका कुराहरू गलत भएको भन्दै आणविक शक्ति सम्पन्न इरान आफूलाई स्वीकार्य नहुने अडान दोहो¥याएका छन् । ट्रम्पको एकाउन्टबाट यस्तो विवादास्पद सामग्री पोस्ट भएको यो पहिलो पटक भने होइन; यसअघि फेब्रुअरीमा ओबामा दम्पतीप्रति लक्षित रंगभेदी भिडियो राखेर पछि हटाइएको थियो ।

Advertisement
Advertisement

उता, पोप लियोले भने ट्रम्पसँगको विवादमा नअल्झिने संकेत दिएका छन् । पहिलो अमेरिकी मूलका पादरी पोप लियो ११ दिने अफ्रिकी भ्रमणका क्रममा अल्जियर्स जाने क्रममा थिए । उनले पत्रकारसँग भने, “म उहाँसँग बहस गर्न चाहन्न।” पोपले थपे, “म युद्धको विरुद्धमा निरन्तर बोल्नेछु । शान्ति, संवाद र राज्यबीचको बहुपक्षीय सम्बन्ध प्रवद्र्धन गर्दै समस्याको न्यायपूर्ण समाधान खोज्न मेरो आवाज जारी रहनेछ । आज संसारमा धेरै मानिसहरू पीडित छन्, निर्दोषहरू मारिएका छन् । कसै न कसैले उभिएर यो भन्दा राम्रो बाटो छ भनेर भन्नैपर्छ ।”

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top