NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ईश्वरलाई महेशको चुनौती,ओलीलाई सहयोग गर्नु नभए बिदा लिनु शुक्रबार मंसिर १२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली शुक्रबार मंसिर १२ , २०८२
युक्रेनमा शान्तिको प्रयासमा भाँजो हाल्दै युरोप शुक्रबार मंसिर १२ , २०८२
बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ? बिहिबार मंसिर ११ , २०८२
बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने बिहिबार मंसिर ११ , २०८२
Next
Prev

समाचार

कुलमानमाथि अर्बौं घोटालाको आरोपः छानबिनमा लेखा समिति

मङ्लबार चैत्र १२ , २०८१
Reading Time: 1 min read
A A
कुलमानका पक्षमा देखावटी नाटक कसले देखाए ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१३ चैत , काठमाण्डौ ।

नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकको पद खोसेसंगै सरकारले अब कुलमान घिसिङमाथि लगाइएको अभियोगहरुको पनि छानबिन गर्ने भएको छ । सरकारले घिसिङको संलग्नताका विभिन्न आयोजनामा भएको अर्बौं घोटालाको विषयमा छानबिन सुरु भएको बताएको छ ।

संसदको सार्वजनिक लेखा समितिले कुलमान माथिको अर्बौं रुपैयाँको घोटालामा छानबिन सुरु गरेको छ । लेखा समितिले संसद सदस्य प्रेमबहादुर आलेको संयोजकत्वमा अमनलाल मोदी र श्यामकुमार घिमिरे सदस्य रहेको उपसमिति गठन गरेर कुलमानले नेतृत्व गरेको प्राधिकरणका आयोजनामाथि छानबिन सुरु गरेको हो ।

LS Auto

लेखा समितिमा नेपाल विद्युत् प्राधिकरणविरुद्ध ६ वटा उजुरी परेका छन् । विद्युत् प्राधिकरणका विभिन्न आयोजनाबाट गरिएका बोलपत्र एकैप्रकारका भए पनि १ अर्ब रुपैयाँभन्दा कमको प्याकेज बनाई ठेकेदारसँग मिलेमतो गरी फलामजन्य सामग्रीको मूल्य अस्वभाविकरूपमा बढाएर खरिद सम्झौता गरी राज्यलाई अर्बौं रुपैयाँ बराबरको नोक्सानी भएको विषयमा छानविनको माग गर्दै उजुरी परेको थियो ।

हेटौँडा ढल्केबर इनरुवा ४०० केभी विद्युत् प्रसारण लाइन निर्माणमा अनियमितता भएको भन्दै सरिता गिरीले समितिमा उजुरी हालेकी छिन् । प्राधिकरणमा सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्णयानुसार पुनः मूल्याङ्कन गर्दा साविकको समितिबाट गराउनुपर्नेमा आफ्नो निकटको निर्देशकको संयोजकत्वमा नयाँ मूल्याङ्कन समिति गठन गरी भ्रष्टाचार गरेकोले छानविन गर्नुपर्ने भन्दै रमेशबहादुर स्वाँरको उजुरी समितिमा परेको छ ।

विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशकले गरेको ‘पिपिएम’ घोटाला र प्राधिकरणको नक्कली नाफाबारे छानबिनको माग गर्दै बाबुराम भुषालले उजुरी दर्ता गरेको समितिमा डेडिकेटेड फिडर र ट्रंक लाईन विद्युत् महशुल बम्यौताको विषय पनि हालसम्म टुङ्नि सकेको छैन ।

प्राधिकरणले अघि बढाएको कर्णाली चिसापानी बहुउद्दश्यीय आयोजनाको विस्तृत इन्जिनियरिङ बोलपत्रमा छानविन गरिनुपर्ने मागसहित अर्को उजुरी परेको छ । यता कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ ।

सडकदेखि सामाजिक संजालसम्मै विरोध जनाइएका छन् । यसबीच दिउँसो राजधानीको माइतीघरमा विरोध प्रदर्शन भएको छ । ‘नेपाली जनताको’ नाममा भएको भनिएको प्रदर्शनमा सहभागीहरूले कुलमानको पक्षमा विभिन्न नारा अङ्कित प्लेकार्ड बोकेका थिए ।

उनीहरूले ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर’, ‘सिंगो नेपाल के भन्छ, कुलमान घिसिङ ल्याऊ भन्छ’, ‘देशलाई अन्धकारमा धकेल्न पाइँदैन’ लगायतका प्लेकार्ड प्रदर्शनकारीले बोकेर सरकारको निर्णयको विरोध गरेका थिए ।

नेपाली जनताका नाममा नयाँ बानेश्वर क्षेत्रमा पनि प्रर्दशन भएको छ । यता सत्तारुढ दल कांग्रेसबाटै कुलमानलाई हटाउने निर्णयको विरोध भइरहेको छ । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उनलाई हटाउने निर्णय पार्टीको नभएको पनि बताएका छन् ।

यसैबीच नेता शेखर कोइरालाले पनि कुलमानलाई हटाउने निर्णयको स्वामित्व सरकारले नलिने बताएका छन् । नेता कोइरालाले उक्त निर्णय ’सरकारको कुशासनको निरन्तरताको अर्को कडी’ भएको बताएका छन् ।

उनले लेखेका छन्, ’कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कतिदिन चल्ने र चलाउने ? विनाशकाले विपरीत बुद्धि ।’

सरकारको यो निर्णयको प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, रास्वपा सभापति रवि लामछिाने , राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि विरोध जनाएका छन् । प्रचण्डले सरकारको निर्णयविरुद्ध प्रतिकारमा उत्रिन आह्वान गरेका छन् भने रविले कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिने बताएका छन् ।

सरकारले कुलमानलाई हटाएर नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।

Tags: # कुलमानलाई अझै सताउने प्रपन्च#कुलमान घिसिङ#कुलमानमाथि अर्बौं घोटालाको आरोप#नेपाल विद्युत् प्राधिकरण

लोकप्रीय

ईश्वरलाई महेशको चुनौती,ओलीलाई सहयोग गर्नु नभए बिदा लिनु

ईश्वरलाई महेशको चुनौती,ओलीलाई सहयोग गर्नु नभए बिदा लिनु

शुक्रबार मंसिर १२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

शुक्रबार मंसिर १२ , २०८२
युक्रेनमा शान्तिको प्रयासमा भाँजो हाल्दै युरोप

युक्रेनमा शान्तिको प्रयासमा भाँजो हाल्दै युरोप

शुक्रबार मंसिर १२ , २०८२

विचार

थप समाचार

ईश्वरलाई महेशको चुनौती,ओलीलाई सहयोग गर्नु नभए बिदा लिनु
ताजा समाचार

ईश्वरलाई महेशको चुनौती,ओलीलाई सहयोग गर्नु नभए बिदा लिनु

शुक्रबार मंसिर १२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

शुक्रबार मंसिर १२ , २०८२
युक्रेनमा शान्तिको प्रयासमा भाँजो हाल्दै युरोप
अन्तर्राष्ट्रिय

युक्रेनमा शान्तिको प्रयासमा भाँजो हाल्दै युरोप

शुक्रबार मंसिर १२ , २०८२
बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?
अन्तर्राष्ट्रिय

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: टाइम म्यागेजिनमा ज*लेको सिंहदरबार,हङकङमा भीषण आग*ला*गी र रेल दु*र्घ*टना || Nepal Times

World News: टाइम म्यागेजिनमा ज*लेको सिंहदरबार,हङकङमा भीषण आग*ला*गी र रेल दु*र्घ*टना || Nepal Times

00:18:37

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२

हालका पोस्टहरू

ईश्वरलाई महेशको चुनौती,ओलीलाई सहयोग गर्नु नभए बिदा लिनु

ईश्वरलाई महेशको चुनौती,ओलीलाई सहयोग गर्नु नभए बिदा लिनु

शुक्रबार मंसिर १२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

शुक्रबार मंसिर १२ , २०८२
युक्रेनमा शान्तिको प्रयासमा भाँजो हाल्दै युरोप

युक्रेनमा शान्तिको प्रयासमा भाँजो हाल्दै युरोप

शुक्रबार मंसिर १२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.