मेघा टेली सिरियल ‘डियर जिन्दगी’ घटस्थापनाको दिन देखि, ट्रेलर सार्वजनिक

मेघा टेली सिरियल ‘डियर जिन्दगी’ घटस्थापनाको दिन देखि, ट्रेलर सार्वजनिक

काठमाडौँ,असोज १६
सुनिल थापा,पुष्कर जङ्ग थापा,श्रेया कार्की,सुष्मा कार्की,सुवाश पराजुली,अर्जुन गौतम,राम कृष्ण बिसी,डीबी बम्जन,एलिना खनाल,वसन्त पोखरेल,सुरेश काफ्ले लगायतका कलाकारको अभिनय रहने ‘डियर जिन्दगी’ को टाइटल गीत तथा ट्रेलर सार्वजनिक गरिएको छ ।

कि इन्टरटेन्टमेन्टको प्रस्तुतिमा पिएनपी मिडियाको प्रोडक्सनमा निर्माण भएको मेघा टेली सिरियल ‘डियर जिन्दगी’को राजधानी काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ट्रेलर तथा गीत सार्वजनिक गरिएको हो ।

जनक दीप पराजुलीको कथा र निर्देशनमा बनेको मेघा टेली सिरियल ‘डियर जिन्दगी’ मा जनक दीप पराजुलीको गीत जुनु गौतम र विल्सन श्रेष्ठको गायन डिजे एलेक्सको संगीत रहेको छ ।

च्यानल प्रोडुसर साजन घिमिरे,एसोसियट प्रोडुसर रबिन्द्र कुमार रिजाल ‘शशि’ रहेका छन् भने प्रोडुसर रामकृष्ण बिसी,कार्यकारी प्रोडुसर युबराज खत्री र को प्रोडुसर रघुनाथ सापकोटा रहेका छन् ।

वसन्त पोखरेलको लेखन तथा मुख्य सहायक निर्देशन रहेको मेघा सिरियललाइ जीवन पराजुलीले छायांकन तथा धुर्ब राज पराजुलीले सम्पादन गरेका छन् भने सुमन कोइराला सह सम्पादक रहेका छन् ।

मेघा टेली सिरियल ‘डियर जिन्दगी’ घटस्थापनाको दिन देखि प्रत्येक बुधबार साँझ नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ र त्यस दिन बाट नै पिएनपी मिडियाको अफिसियल यु ट्युब च्यानल मार्फत पनि सार्वजनिक हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.