काठमाडौँ,असोज १६
सुनिल थापा,पुष्कर जङ्ग थापा,श्रेया कार्की,सुष्मा कार्की,सुवाश पराजुली,अर्जुन गौतम,राम कृष्ण बिसी,डीबी बम्जन,एलिना खनाल,वसन्त पोखरेल,सुरेश काफ्ले लगायतका कलाकारको अभिनय रहने ‘डियर जिन्दगी’ को टाइटल गीत तथा ट्रेलर सार्वजनिक गरिएको छ ।
कि इन्टरटेन्टमेन्टको प्रस्तुतिमा पिएनपी मिडियाको प्रोडक्सनमा निर्माण भएको मेघा टेली सिरियल ‘डियर जिन्दगी’को राजधानी काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ट्रेलर तथा गीत सार्वजनिक गरिएको हो ।
जनक दीप पराजुलीको कथा र निर्देशनमा बनेको मेघा टेली सिरियल ‘डियर जिन्दगी’ मा जनक दीप पराजुलीको गीत जुनु गौतम र विल्सन श्रेष्ठको गायन डिजे एलेक्सको संगीत रहेको छ ।
च्यानल प्रोडुसर साजन घिमिरे,एसोसियट प्रोडुसर रबिन्द्र कुमार रिजाल ‘शशि’ रहेका छन् भने प्रोडुसर रामकृष्ण बिसी,कार्यकारी प्रोडुसर युबराज खत्री र को प्रोडुसर रघुनाथ सापकोटा रहेका छन् ।
वसन्त पोखरेलको लेखन तथा मुख्य सहायक निर्देशन रहेको मेघा सिरियललाइ जीवन पराजुलीले छायांकन तथा धुर्ब राज पराजुलीले सम्पादन गरेका छन् भने सुमन कोइराला सह सम्पादक रहेका छन् ।
मेघा टेली सिरियल ‘डियर जिन्दगी’ घटस्थापनाको दिन देखि प्रत्येक बुधबार साँझ नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ र त्यस दिन बाट नै पिएनपी मिडियाको अफिसियल यु ट्युब च्यानल मार्फत पनि सार्वजनिक हुनेछ ।