×

NEPAL TIMES UPDATES

Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026
Playing
परराष्ट्रमन्त्रीको ५दिने यात्राः जयशंकरसंगै अन्य समकक्षीहरुसंग ’साइडलाइन’ || Nepal Times
Apr 09, 2026
Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026

प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा को–को परे ?

१६ चैत्र २०८१

१७ चैत , एजेन्सी ।

विश्वकप लिग–२ को आगामी सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले ४८ खेलाडीलाई प्रारम्भिक चरणका लागि छनोट गरेको छ। आगामी जुनमा स्कटल्याण्डमा हुने त्रिकोणात्मक सिरिजका लागि प्रारम्भिक छनोट गरिएको हो ।

Advertisement

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार टोलीको प्रारम्भिक छनोट गरिएको जनाएको छ । क्यानका अनुसार छनोट भएका ४८ खेलाडीलाई नेपाल निलो, नेपाल रातो, नेपाल हरियो र नेपाल पहेँलो गरी ४ समूहमा विभाजन गरी तयारी खेलहरु संचालन गरिने छ ।

आगामी जुनमा नेपालले स्कटल्याण्डमा घरेलु टोली र नेदरल्याण्ड्ससँग लिग टु’को चौथो सिरिज खेल्ने छ । नवनियुक्त प्रमुख प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा तयारी खेलहरू सञ्चालन गरिने क्यानले जनाएको छ ।

छनोटका खेलहरु आगामी साता हुने हङकङ सिरिज पश्चात हुनेछ । शनिबार सकिएको प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगितामा गरेको प्रर्दशनका आधारमा धेरै खेलाडीहरु छनोट गरिएको हो ।

प्रारम्भिक चरणमा छानिएका खेलाडीहरुमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल, गुल्सनकुमार झा, करण केसी रहेका छन् ।

यसैगरी ललित नारायण जोशी, अनिलकुमार साह, सन्दीप जोरा, आरिफ शेख, भीम सार्की, कुशल मल्ल, सागर ढकाल, लोकेश बम, शाहब आलम, आकाश चन्द छन् । यस्तै विवेककुमार यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिस जिसी, अविनाश बोहरा, मयन यादव, अर्जुन घर्ती, हेमन्त धामी समेटिएका छन् ।

दीपेशप्रसाद कँडेल, रुपेशकुमार सिंह, अर्जुन कुमाल, शुभ कंसाकार, किरण ठगुन्ना, ईशान पाण्डे, शेर मल्ल, प्रज्वल थापा, तृतराज दास, दीपेन्द्र रावत, नन्दन यादवका साथै सुजन थपलिया, दिलीप नाथ, आकाश त्रिपाठी, विशाल पटेल, शाकिब हक, विनोद भण्डारी, पवन सर्राफ, राशिद खान, अर्जुन साउद रहेका छन् ।

नवनियुक्त प्रमुख प्रशिक्षक स्टुअर्ट लको यो पहिलो परीक्षा हुनेछ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय पुरुष टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी अष्ट्रेलियन प्रशिक्षक स्टुअर्ट ललाई दिएको छ । प्रशिक्षक स्टुअर्टले अब आगामी २ वर्ष नेपाली टोली सम्हाल्नेछन् ।

नेपाली टोलीको मुख्य प्रशिक्षक बन्न ७० जनाले इच्छा जाहेर गरेका थिए । तर, त्यसमा सर्टलिष्ट र अन्तर्वार्ता हुँदै स्टुअर्ट छानिए । ५६ वर्षीय स्टुअर्ट अष्ट्रेलियाका पूर्वक्रिकेटर हुन् । उनले सन् १९९४ देखि १९९९ सम्म अष्ट्रेलियाबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए ।

उनले अष्ट्रेलियाका लागि एउटा टेष्ट र ५४ ओडिआई खेलेका थिए । उनले थुप्रै घरेलु लिग खेलेका छन् । स्टुअर्टले सन् २०११ बाट श्रीलंकाको सहायक प्रशिक्षकको रुपमा प्रशिक्षणको यात्रा सुरु गरेका थिए ।

हालसम्म उनले श्रीलंका, वेस्टइन्डिज, बंगलादेश, अफगानिस्तान र अमेरिकामा प्रशिक्षकको रूपमा काम गरिसकेका छन् । उनकै प्रशिक्षणमा अमेरिकाले सन् २०२४ को टी(२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै सुपर–८ यात्रा तय गरेको थियो ।

पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेको थियो । सन् २०२४ को अक्टोबरमा भएको आइसीसी विश्वकप लिग(२ अन्तर्गत स्कटल्याण्डसँग १० विकेटको हार बेहोरेपछी अमेरिकी क्रिकेट बोर्डले स्टुअर्टलाई मुख्य प्रशिक्षकको पदबाट हटाएको थियो ।

त्यसपछि उनी नेपाली टोलीको प्रशिक्षक बन्न आइपुगेका हुन् । अब नेपाली टोली सम्हालेका स्टुअर्टलाई आईसीसी विश्वकप लिग–२ मा प्रदर्शन सुधार्ने जिम्मेवारी रहनेछ । लिग–२ मा १२ खेल खेलेको नेपाल पछाडीबाट दोस्रो स्थानमा छ । यस्तै विभिन्न सिरिज र टी–२० विश्वकपमा छनोट हुने चुनौती नवनियुक्त प्रशिक्षक स्टुअर्टमा हुनेछ ।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top