NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्प विरु द्ध उर्लिए अमेरिकी, देशैभर ‘नो किङ्स’ प्रदर्शन आइतवार कार्तिक २ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम आइतवार कार्तिक २ , २०८२
ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै आइतवार कार्तिक २ , २०८२
रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ? आइतवार कार्तिक २ , २०८२
नेपाली टोली यूएईमा, अनिलको पुनरागमन आइतवार कार्तिक २ , २०८२
Next
Prev

समाचार

दुर्गा प्रसाईँ प्रहरीको हातबाट कसरी फुत्किए ?

आइतवार चैत्र १७ , २०८१
Reading Time: 1 min read
A A
दुर्गा प्रसाईँ प्रहरीको हातबाट कसरी फुत्किए ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१७ चैत ,काठमाण्डौ ।

राजतन्त्रको पक्षमा हुने भनिएको प्रदर्शन जब हिंसात्मक बन्छ त्यसपछि काठमाण्डौंको तीनकुने स्थित आफूहरुकै लागि बनाएको मञ्चबाट आफ्ना निजी अङ्गरक्षक सहित केही युवालाई सेता गाडीमा राखेर जनकमान्डर भनिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ प्रहरीको ब्यारिकेट तोड्दै सुरक्षाकर्मीलाई नै किचौला जस्तो गरी गैरीगाँउको पेट्रोल पम्प तिर हुइँकिन्छन् ।

त्यहाँ प्रहरीले उनलाई रोक्ने प्रयास गर्छ । गाडीको बाहिर उभिएका मान्छेहरू प्रहरीले लाठीचार्ज गरेपछि भुईँमा खस्छन् । प्रसाईँको गाडीमा पनि प्रहरीले दोस्रो ब्यारिकेटमा पुगेपछि लाड्ठी चार्ज गर्छ । गाडीका सिसा फुटेको भिडियोमा देख्न सकिन्छ तर उनी त्यहाँबाट पनि अघि बढ्छन् ।

शुक्रवार साँझबाट फरार भएका दुर्गा प्रसाईँलाई सुरक्षा फौजले सबै शक्ति लगाएर पक्राउ गर्न खोजीरहेको छ । तर प्रहरीले अहिलेसम्म उनका बारे सुईको समेत पाउन नसकेको अवस्थामा आइतबार दिउँसो १ बजे प्रसाईँ सामाजिक सञ्जालमा देखा परेका छन् ।

प्रसाईँ कुनै एउटा मन्दिरको सिडीमा बसेर बोलेका छन् । आधा बाउले सटमा देखिएका प्रसाईँको अनुसार मलिन देखिन्छ । अरू बेला जस्तो जोश उनको बोलीमा छैन् । उनले भिडिओमा आफू नभागेको तर आफ्नो ज्यान जोगाउन काठमाडौँकै कुनै एक मन्दिरमा सुरक्षित भएर बसेको बताएका छन् ।

‘म सुरक्षाकर्मीहरूलाई भन्न चाहन्छु, म तपाईँहरूभन्दा टाढा छैन । म भागेको छैन् । पुलिस प्रशासनले मलाई खोज्न पर्दैन । मलाई भेटेको ठाउँमा गोली हान्ने आदेश भएकाले म सुरक्षित मात्र भएर बसेको हुँ । म भाग्नलाई जन्मेको होइन ।’ उनले विगतमा आफू भाग्दै भाग्दिन भनेर भनिएका भिडिओहरु भाइरल बनिरहेका बेला उनले आजपनि आफू नभागेको दाबी गरेका छन् ।

नेपालका प्रधानमन्त्रीले आफूलाई गोली हान्ने आदेश दिएका कारण यसो गर्नु परेको उनको भनाइ छ । उनले शुक्रवार तीनकुनेमा कार्यक्रम स्थल पुग्नुभन्दा अघि नै स्टेजमा बाटोबाटै गोली र टियर ग्यास हान्न थालेको दाबी गरेका छन् ।

आफ्नै गाडीमा टियर ग्यास हानेपछि कि त यिनीहरूले मलाई पेरुको गोन्जालो जस्तो थुन्नुप¥यो कि त मार्ने षडयन्त्र गरेको हो भन्ने थाहा पाएपछि पुलिसको ब्यारिकेड तोडेर सुरक्षित स्थानमा मात्र पुगेको उनको जिकिर छ ।

उनको खोजीमा प्रहरीका ३ युनिट खटिएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला पहरी परिसर काठमाडौँ र प्रहरी प्रधान कार्यालयको टोलीले उनको खोजी तीव्र बनाएको भएपनि दुई दिन भई सक्दा पनि उनको पत्तो लगाउन सकेको छैन ।

प्रसाईँ चक्रपथ हुँदै ललितपुर तर्फ लागेको सम्मको सूचना प्रहरीलाई छ । यति बेला प्रहरीको ध्यान ‘ललितपुरमा केन्द्रित छ । तर प्रसाईँ हात लाग्न सकेका छैनन् ।जनकमाण्डर भनिएका दुर्गा प्रसाईँ आफैँले सवारी चलाएर सुरक्षाकर्मीलाई सेतो रङ्गको गाडीले पेल्दै अगाडी बढेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

त्यहाँबाट जनकमान्डर दुर्गा प्रसाईँ र पुष्कर खतिवडा नजिकैको एक सटरमा लुकेर बसेका थिए । आन्दोलन चर्किँदै गएपछि प्रसाईँ गाडी निकालेर प्रहरीको घेरा तोड्दै भागेका थिए । त्यसपछि उनी धर्मगुरु पुष्कर खतिवडाको घर पुगे ।

प्रहरीले गिरफ्तार गर्ने थाहा पाएसँगै फरार रहेका प्रसाईँ खतिवडाको घर ईमाडोलबाट पनि भागेका हुन् । प्रसाईँको मोबाइलको ट्रेसिङ गर्दा ईमाडोल देखाएको थियो । तर प्रहरीले धर्मगुरु खतिवडालाई पक्राउ गरे पनि प्रसाईँ भने ईमाडोलवाट पनि भाग्न सफल भए ।

प्रसाईँलाई नियन्त्रणमा लिएर फौजदारी मुद्दामा कारबाही गर्ने सरकारको तयारी छ । प्रदर्शनमा सहभागी अर्को आयोजक समूह ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नजरबन्द गरेको छ ।

प्रदर्शनमा नेतृत्वदायी भूमिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा, स्वागत नेपाल, सेफर्ड लिम्बु र सन्तोष तामाङ लाई प्रहरीले शुक्रबारराति नै पक्राउ गरी सकेको छ ।

प्रसाईँलाई प्रहरीको पक्राउ ग¥यो भने यसै वर्षको उनको यो तेस्रो तर समग्रमा चौथो पक्राउ हुनेछ । यस अघि गएको असोज ६ गते प्रसाईँलाई भक्तपुरस्थित घरबाटै प्रहरीले पक्राउ गरेको थियो ।

प्रसाईँमाथि विभिन्न व्यक्तिहरूलाई आरोपित गरेर आपत्तिजनक अभिव्यक्ति दिने गरेको आरोपमा साइबर अपराधको उजुरी परेपछि पक्राउ गरिएको थियो । त्यस बेला प्रसाईँलाई पक्राउ गर्न गएको प्रहरीलाई गेट नखोलेपछि भ¥याङ लगाएर प्रहरी घरभित्र प्रवेश गरी नियन्त्रणमा लिएको थियो ।

दोस्रो पटक मङ्सिर ४ गते फेरि प्रसाईँ पक्राउ परेका थिए । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले उनलाई पक्राउ गरेको थियो ।

‘सामाजिक सन्जालमार्फत् अफवाह फैलाएको भन्दै नियन्त्रणमा लिएको थियो । उनीमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायत विरुद्ध भ्रामक प्रचार गरेको आरोप थियो ।

साइबर अपराधको कसुरमा अदालतबाट छुटेका प्रसाईंलाई अदालतबाटै फेरि सार्वजनिक अपराधको अभियोगमा पक्राउ गरिएको थियो । तर समग्रमा यी तीन वटै आरोपमा उनी अदालतबाट धरौटीमा छुटेका थिए ।

झापाका मेडिकल व्यवसायी प्रसाईँले ठूलो बैङ्किङ रकम तिर्न बाँकी छ । उनी माओवादी, एमाले हुँदै राजतन्त्रको पक्षपाती भएर अहिले निस्केका हुन् । गतवर्षदेखि मात्रै उग्र राजावादी बनेका प्रसाईँ चार दिन अघि पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेपछि आन्दोलनको जनकमान्डर बनेका थिए ।

Tags: #कसरी भागे दुर्गा प्रसाईँ ?#कहाँ छन् दुर्गा प्रसाईँ ?

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्प विरु द्ध उर्लिए अमेरिकी, देशैभर ‘नो किङ्स’ प्रदर्शन

आइतवार कार्तिक २ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

आइतवार कार्तिक २ , २०८२
ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

आइतवार कार्तिक २ , २०८२

विचार

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ताजा समाचार

ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

आइतवार कार्तिक २ , २०८२
रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?
ताजा समाचार

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:एन्ड्रयूले त्यागे ’ड्यूक अफ योर्क’, चीनमा ९ शीर्ष जनरल निष्कासित

World News:एन्ड्रयूले त्यागे ’ड्यूक अफ योर्क’, चीनमा ९ शीर्ष जनरल निष्कासित

00:14:00

World News:हसिनालाई मृ त्युद ण्डको माग,ह मा सलाई समाप्तै गर्नुपर्ने|| Nepal Times

00:21:02

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

00:19:54

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

World News:फिलिपिनी जहाजमा चिनियाँ जहाजको ठक्कर, बग्राम एयरबेसको तनाव|| Nepal Times

00:12:46

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा

शुक्रबार अशोज ३१ , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्प विरु द्ध उर्लिए अमेरिकी, देशैभर ‘नो किङ्स’ प्रदर्शन

आइतवार कार्तिक २ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

आइतवार कार्तिक २ , २०८२
ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

आइतवार कार्तिक २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.