×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026

नेपालको पछिल्लो राजनीति बारे भारत के सोच्दैछ ?

१७ चैत्र २०८१

१८ चैत, विराटनगर ।

शुक्रवारको राजावादीको प्रदर्शन हिंसात्मक भएपछि सरकार कडाइका साथ धरपकडमा उत्रिएको छ । २ जनाको ज्यान जाने गरी भएको हिंसापछि केही राजावादी पक्राउ परेका छन् । आन्दोलनका जनकमान्डर भनिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ फरार छन् ।

Advertisement
Advertisement

त्यही आन्दोलनमा पक्राउ परेकाहरुलाई विना शर्त छाड्नु पर्ने माग राख्दै राप्रपा सडकमा उत्रिएको छ । उसले आजपनि सडक प्रर्दशन गरेको छ। संसदमा पनि राजावादीहरुका स्वर गुन्जिएका छन् । सामाजिक सञ्जालमा पनि राजावादीहरू उग्र बनिरहेका छन् ।

गणतन्त्रवादीहरू एकै ठाउँमा उभिने भन्दै सर्वदलीय बैठकमा जुटेका छन् । राजावादीको आन्दोलन चर्के सँगै एउटा प्रश्न उब्जिएको छ कि भारत यति बेला के गरी रहेको छ ? के भारतीय पक्षले नेपालको गणतन्त्र नरुचाएकै हो त ?

पछिल्लो समय समाजवादी मोर्चा र प्रधानमन्त्रीसम्मले विदेशी शक्तिलाई विभिन्न रुपमा जोडेर हेरेपछि यो प्रश्नले जबरजस्ती स्थान पाएको छ । हुन पनि हो, नेपालमा हुने स–साना राजनीतिक घटना क्रममा आफ्नो भूमिका खोज्ने भारत अहिले चाही के गर्दै छ त ? फेरि पनि पानीलाई धमिलो बनाएर माछा मार्ने दाउमा त भारत छैन ?

भन्ने प्रश्नलाई गएको फागुन २५ गते पूर्व राजा पोखराबाट फर्कने क्रममा काठमाण्डौंमा उनको स्वागतका लागि जम्मा भएको भिडमा देखिएको भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटोले पुष्टी गरेको छ ।

पछिल्लो पटक प्रधानमन्त्री बनेका केपीशर्मा ओलीलाई ८ महिना बित्न लाग्दा भारतले भ्रमणका लागि निम्ता न गर्नुले पनि ओली सँग भारत सन्तुष्ट छैन भन्ने प्रस्ट हुन्छ । भारतको रिजर्भेसन चाँही प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र बोली प्रति हो ।

अर्को कुरा संविधान जारी गर्दा पनि भारतलाई मन परेको थिएन । त्यस माथि हिन्दु राष्ट्रको पक्षमा भारत पहिलादेखि नै खुल्दै आएको छ । तर एक पछि अर्को छिमेकी देशसँग भारतको बिग्रँदो सम्बन्धले नेपालमा अहिले नै भारतले कुनै पनि कदम चाली हाल्छ भन्न सक्ने अवस्था छैन ।

यति बेला भारतकालागि नेपालभन्दा पनि अमेरिकासँगको सम्बन्ध र बङ्गलादेशको स्थायित्व अनि रुससँगको सम्बन्ध बढी महत्त्वपूर्ण छ । कतिपयले नेपालमा राजतन्त्र फर्काउन भारत, अमेरिका, रुस र चीनलागेका हल्लापनि फैलाइ रहेका छन् ।

तर भारतीय नेताहरूले भने नेपालको गणतन्त्र मासेर राजतन्त्रतर्फ भारत सरकार र जनताको नजर नरहेको सन्देश राजनीतिक दलहरूलाई दिई सकेका छन् । भारतीय सत्तारुढ दल र सरकारले कुनै पनि मुलुकको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्ने उनीहरुले दाबी गरेका छन् ।

राजनीतिक दलहरू आफैँ निकम्मा भएका कारण राजावादी चलमलाएको आकलन भारतीय नेताहरूको छ। भारतीय अधिकारीले नेताहरूलाई सन्देश प्रवाह गरेपछि प्रमुख दलका नेताहरू आफ्नो सम्पर्क सञ्जालमा रहेका भारतीयसँग छलफल गर्न थालेका छन्।

नेपालका राजनीतिक दलका मुख्य नेता प्रतिपक्षमा हुँदा भारतको घोर विरोधी हुने र सत्तापक्षमा रहँदा भारत परस्त हुने अनि सत्ताकालागि भारतका सामु नतमस्तक रहने प्रवृत्ति पनि जनमानसमा गढेको एउटा तीतो यथार्थ हो ।

यसबाट हामीले के मनन गर्न सक्नुपर्दछ भने समस्या हामी आफैमा छ, भारतमा होइन । नेपालको भौगोलिक अवस्था, आर्थिक परिवेश र सामाजिक संरचनाको नाजायज फाइदा भारतले लिन्छ भन्नेहरूको जमात पनि ठूलो नै छ ।

यसमा केही हदसम्म भाइ फुटे गँवार लुटे भन्ने उक्ति पनि चरितार्थ हुन आउँछ । फेरी पनि नेपालमा भाइभाइ बिच द्धन्दको बीजारोपण भएको छ । धमिलो पानीमा माछा मार्ने भारतको दाउ सधैँ रही रहन्छ ।

भनिन्छ, छिमेकी गतिलो भए सुख र साथ पाइन्छ । छिमेकी धनी, सम्पन्न र शिक्षित भए आवश्यक सहयोग, पारिवारिक उन्नति र सहकार्य बढेर जान्छ । भोलिको भारतलाई प्रकोप आइपर्दा नेपाललाई सहयोग गर्न सक्ने अवस्थामा पु¥याएमा नेपाल र भारत दुवैलाई लाभ हुन्छ ।

चीनको छिमेकी समृद्ध पार्दै जाने परराष्ट्र नीति र भारतको हस्तक्षेपकारी नीति बीचमा दुवै शक्तिउन्मुख एसियाका राष्ट्रहरूमा चीनले आफ्नो प्रभुत्व जमाउँदै गई रहेको छ । यो भारतलाई पटकै मन परेको छैन ।

हुन त पछिल्लो समय भारतको छिमेकी देशहरू सँगको सम्बन्ध राम्रो छैन । सबै कुरामा सफल देखिएका भारतीयप्रधानमन्त्री नरेन्द्र मोदी छिमेकीहरू सँगको सम्बन्धमा एक पछि अर्को गर्दै असफल बन्दै गईरहेका छन् ।

चीन र पाकिस्तान भारतका लागि सधैँ टाउको दुखाइ हुन् । हिजो सम्मआफ्नै इसारामा चलेको बङ्गलादेश र माल्दिभ्स भारतको हातबाट फुत्की सकेका छन् । श्रीलङ्कामा अहिले पनि भारत विरोधी भावना कायम छ । यस्तै अवस्थामा माल्दिभ्ससँग पनि रहेको छ ।

त्याहा चीन निकट राष्ट्रपतिको उदय पछि भारत र माल्दिभ्सको सम्बन्ध तनावपूर्ण बनेको छ । पछिल्लो समय नेपाल, पाकिस्तान, चीन, अफगानिस्तान मात्र हैन बङ्गलादेश जस्ता महत्त्वपूर्ण छिमेकीसँग भारतको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ ।

भारतले छिमेकी राष्ट्र सँगको सम्बन्ध सुधारका लागि ठुलो धनराशि खर्च गर्ने गर्छ । बङ्गलादेशमा शेख हसिना र भारतमा नरेन्द्र मोदीको सरकार बनेपछि दुई देशबिचको सम्बन्ध थप प्रगाढ बनेको थियो ।

बङ्गलादेशमा भएको पछिल्लो विद्रोहले हसिनालाई पदबाट मात्र हटाएन देश नै छोड्न बाध्य बनायो । यहाँपनि मोदी सरकार चुकेको देखिन्छ । हसिना अहिले भारतमा आश्रय लिएर बसेकी छिन् ।

त्यसैले भारत बङ्गलादेश सँगको संम्बन्धमा दरार छदै छ । एसियाको वर्तमान रणनीतिक अवस्थालगायत चीन र पाकिस्तान जस्ता छिमेकीहरूसँग बढ्दो तनावलाई ध्यानमा राख्दै नेपाल, बङ्गलादेश, श्रीलङ्का जस्ता मुलुकसँगको सम्बन्ध सुमधुर होस भन्ने भारतको चाहना त छ तर बेला बेला भारतीय स्वार्थ हाबी हुँदा सम्बन्धमा दरार आइरहन्छ ।

भारतको छिमेकी राष्ट्रहरुसँगको कटुता विशेष गरी पाकिस्तानसँगको सम्बन्धलाई लिएर दक्षिण एसियाली सहयोग सङ्गठन सार्क अहिले प्रभावकारी छैन तर भारतले आफूसँगै बङ्गलादेश भुटान र नेपाललाई जोड्ने गरी ‘बीबीआईएन’नामक सहयोग सञ्जाललाई बलियो बनाउने प्रयास गरिरहेको छ ।

भारतीय थिंक–ट्याङ्कहरू भारतसँग खुल्ला सिमानाभएका देशहरू सँग चीनको उपस्थिति भारतका लागि ठुलो खतरा बन्न सक्ने बताउँछन् । यसकालागिभारत जहिले पनि चनाखो हुनु पर्ने उनीहरूको तर्क छ ।

भारतले भुटानलाई आफ्ना छिमेकीमुलुकमध्ये प्राथमिक सूचीमा राखेको छ । भुटानको परराष्ट्र सम्बन्ध सूचीमाभारतको उपस्थिति अनिवार्य बनेको छ । भारतले भुटानलाई स्वतन्त्र रूपले काम गर्न दिने वातावरण बन्न सक्दैन ।

भारतको भुटान नीति सत्ता केन्द्रित छ । यस कारण पनि हरेक समस्यामाभारतले भुटानको सरकारलाई सहयोग गरेको छ । भारतको भुटान नीतिमा रहेको नदेखिने पाटो भनेको आर्थिक अवसरवाद हो ।

तिब्बत गाभेपछि चीनले दक्षिणका अरू देशमाथि आँखा लगायो, जसले भारतलाई नेपाल, सिक्किम र भुटानका सम्बन्धमा बढी चनाखो रहन बाध्य बनायो । यी र अरू धेरै कारणले पनि भारतले भुटानको परराष्ट्र नीतिमाथि अङ्कुश लगाएको विश्लेषण गरिन्छ ।

यस्तो अवस्थामा आफ्ना धेरैजसो छिमेकीसँग उतारचढावको सम्बन्ध अघि बढाइरहेको भारतीय पक्ष अहिले नेपालको आन्तरिक मामिलामा कुनैपनि निष्कर्षमा पुगि नसकेको विश्लेषण गरिएको छ।

सम्बन्धको आरोहअवरोह स्वाभाविक भए पनि भारतका लागि आफ्ना छिमेकीहरूसँगको सम्बन्ध केवल कूटनीतिक होइन, भूराजनीतिक र आर्थिक स्वार्थसँग पनि गासिएको छ। दक्षिण एसियामा चीनको बढ्दो प्रभाव, पाकिस्तानसँगको पुरानो कटुता, बङ्गलादेश र माल्दिभ्ससँग चिसिँदो सम्बन्ध, श्रीलङ्कामा प्रभाव गुमाउने डरले भारतलाई झन् सतर्क बनाएको छ।

नेपालप्रति भारतको दृष्टिकोण बेला–बेला परिवर्तन भएझैँ देखिए पनि त्यसको केन्द्रबिन्दु जहिल्यै भारतीय स्वार्थ नै रहन्छ। त्यसैले, नेपालको स्थायित्व, सार्वभौमिकता र भूराजनीतिक सन्तुलन नेपालकै कूटनीतिक क्षमतामा निर्भर रहनेछ।

भारतको रणनीति जति चलाख भए पनि नेपालको आन्तरिक स्थायित्व, नेतृत्वको परिपक्वता, र कूटनीतिक दूरदृष्टिले मात्र दीर्घकालीन स्वाधीनता सुनिश्चित गर्न सक्नेछ। यसबारे तपाईका टिप्पणी अवश्य ब्यक्त गर्नुहोला ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top