मलेसियामा ग्यास पाइपलाइनमा भयानक विस्फोट

१९ चैत, एजेन्सी।
मलेसियामा ग्यास पाइलाइनमा भयानक दुर्घटना भएको छ । क्वालालम्पुर बाहिर एक उपनगरमा भीषण आगलागी भएको हो । आगलागीको कारण ग्यास पाइपलाइन विस्फोट बताइएको छ । यसपछि मानिसहरू आत्तिएर यताउता भाग्न थाले ।

आगोका कारण वरपरका क्षेत्रका घरहरू खाली गरिएको छ। यो खबर लिएर अहिले हामी नेपाल टाइम्स अनलाइन समाचारमा उपस्थित भएका छौं । मलेसियाको राजधानी क्वालालम्पुर नजिकै रहेको सेलंगोर राज्यमा ग्यास पाइपलाइन विस्फोट हुँदा भयानक दुर्घटना भएको छ।

रिपोर्टअनुसार, पुत्रा हाइट्समा मंगलबार एउटा ग्यास पाइपलाइनमा आगलागी भएपछि भीषण विस्फोट भएको छ । घटनाछि अधिकारीहरूले आसपासका आवासीय क्षेत्र खाली गर्न आदेश दिएका छन्।

Advertisement

मलेसियाली मिडिया रिपोर्टहरूका अनुसार, सेलंगोर राज्यको बीचमा रहेको पुत्रा हाइट्समा रहेको एउटा ग्यास स्टेशन नजिक आगलागी भएको थियो । आगोको मुस्लो धेरै किलोमिटर टाढाबाटै देख्न सकिने बताइएको छ।

आगलागी नियन्त्रण गर्न अग्निनियन्त्रक टोली खटाइएको छ भने मेडिकल टोली पनि घटनास्थलतर्फ पठाइएको छ। स्थानीय अधिकारीहरूको भनाइ उद्धृत गर्दै मलेसियाली मिडियाले उक्त विस्फोटमा १२ जना गम्भीर घाइते भएको र ८२ जनालाई उद्दार गरिएको जनाएको छ।

मलेसियामा नेपालीसहित विभिन्न देशका आप्रवासीहरु समेत कामदारका रुपमा पुगेकाले यो घटनामा घाईते भएकाहरुको पहिचान अहिलेसम्म खुलेको छैन् । यस विस्फोटको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा आगोको ठूलो मुस्लो आकाशतर्फ उडिरहेको देख्न सकिन्छ।

द स्टार पत्रिकाले अग्निनियन्त्रण विभागका निर्देशक वान मोहम्मद रजाली वान इस्माइललाई उद्धृत गर्दै लेखेको छ कि दर्जनौं अग्निनियन्त्रक कर्मचारीलाई तुरुन्तै उद्दार कार्यका लागि घटनास्थल पठाइएको छ।

टोलीले आगलागीको कारण फुटेको पाइपलाइन रहेको निष्कर्ष निकालेको छ।रिपोर्टअनुसार, विस्फोट मलेसियाली समयअनुसार बिहान ८ः१० बजे भएको हो। आगलागी र विस्फोटको कारण पेट्रोनास ग्यास पाइपलाइनको लिक हुनु रहेको बताइएको छ। पाइपलाइनको करिब ५०० मिटर भाग आगोको चपेटामा परेको छ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top