×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ताइवान निल्ने अन्तिम दाउमा चीन

१८ चैत्र २०८१

१९ चैत, विराटनगर।

चीनले ताइवानमा शक्तिशाली आक्रमणको तयारी थाल्दा यता हङकङलाई लिएर पनि अमेरिकाले चीनलाई चिढ्याउन थालेको छ । अमेरिकाले हङकङको संदर्भमा एक नयाँ रिपोर्ट जारी गरेको छ, जसलाई लिएर चीन रिसाएको छ ।

Advertisement
Advertisement

अमेरिकी विदेश मंत्रालयले हालै हङकङ र तिब्बतलाई लिएर कडा कदम उठाएको छ । यसले रुष्ट बनेको चीनले पनि कडा प्रतिक्रिया दिएको छ । अमेरिकाले सो रिपोर्टमा हङकङको स्वायत्तता अन्त्य गरेकोमा चीनको आलोचना गरेको छ ।

यस्तै अमेरिकी विदेश मंत्री मार्को रुबियोले तिब्बतमा अमेरिकी कुटनीतिज्ञहरुको पहुंच सीमित गरेकोमा पनि चिनियाँ अधिकारीहरुमाथि निशाना साधेका छन् । यी आरोपहरुका साथै उनले नयाँ प्रतिबंधहरुको पनि घोषणा गरेका छन्, जसले दुवै देशका बीच तनाव थप बढाएको छ ।

अमेरिकी विदेश विभागको हङकङ नीति अधिनियम रिपोर्ट २०२५ मा भनिएको छ कि चीनले हङकङको स्वायत्ततालाई पूर्णरुपमा कुल्चिएको छ । रिपोर्टमा हङकङमा मार्च २०२४ मा लागू भएको ‘राष्ट्रीय सुरक्षा अध्यादेश’ र २०२० को राष्ट्रीय सुरक्षा कानूनलाई लिएर गहिरो चिन्ता व्यक्त गरिएको छ ।

यसमा भनिएको छ कि यी कानूनहरुका माध्यमले हङकङ प्रशासनले लोकतंत्र समर्थकहरु, पत्रकारहरु र सामान्य नागरिकहरुको अधिकार हनन गरेको छ । खास कुरा के छ भने रिपोर्टले पहिलो पटक विदेशी न्यायाधिसहरुको राजीनामा र जेलमा रिमांडमा राखिएको कैदिहरुको संख्यालाई हङकङमा कानूनी शासनको अन्त्य भएको प्रमाणका रुपमा उल्लेख गरिएको छ ।

यसको अलावा, रिपोर्टमा हङकङ पुलिसका तर्फबाट विदेशमा रहेका छ लोकतंत्र समर्थकहरुविरुद्ध गिरफ्तारी वारेन्ट र १ लाख २७ हजार डलरभन्दा धेरै उनीहरुको टाउकोको मूल्य राखिएको विषय पनि उल्लेख छ ।

साथै सात अन्य कार्यकर्ताहरुको पासपोर्ट रद्द गर्ने विषय ‘अंतर्राष्ट्रिय दमन’को उदाहरण भएको बताइएको छ । जसमा केही अमेरिकामा बस्दै आएका छन् । खासगरी तिब्बतमा अमेरिकी कुटनीतिज्ञहरुको पहुँच रोकेकोमा अमेरिका धेरै रिसाएको हो ।

उसले पनि चिनियाँ अधिकारीमाथि वीजा प्रतिबंध लगाएको छ । अमेरिकी विदेश मंत्रीले चीनप्रति असन्तुष्टि जनाउँदै ट्विट गरेका छन् । जसमा उनले भनेका छन्, ‘आज म ती चिनियाँ अधिकारीहरुमाथि वीजा प्रतिबंध लगाउँदै छु जो तिब्बत क्षेत्रमा हामीलाई पहुंच सीमित गर्नका लागि जिम्मेवार रहेका छन् ।

चीनले हाम्रा कुटनीतिज्ञहरु र अन्य मानिसहरुलाई पनि तिब्बतमा त्यस्तै पहुंच दिनुपर्छ जस्तो उनीहरुका कुटनीतिज्ञहरुलाई अमेरिकामा दिइन्छ’ । अर्को ट्वीटमा उनले हङकङमा ध्यान केंद्रित गर्दै भने, ‘नवीनतम हङकङ नीति अधिनियम रिपोर्टबाट थाहा हुन्छ कि चीनले हङकङका मानिसहरुसंग गरेको बाचा तोडेको छ ।

त्यसैले हामीले पनि ६ जनालाई प्रतिबंध लगाएका छौं जसले हङकङको स्वायत्ततालाई कमजोर गर्ने, मानिसहरुको स्वतन्त्रता खोस्ने र अमेरिकी धर्तीमा कार्यकर्ताहरुविरुद्ध अंतर्राष्ट्रिय दमन गरेका छन्’ । यी बयानबाजी हेर्दा यो स्पष्ट हुन्छ कि अमेरिकाले चीनमाथि दबाव बढाउनका लागि यो रणनीति अपनाएको हो ।

यता चीनले यो रिपोर्ट र प्रतिबंधहरुमा कडा असन्तुष्टि जनाएको छ । ग्लोबल टाइम्सको रिपोर्टका अनुसार अमेरिकामा रहेको चीनीयाँ दूतावासले एक बयान जारी गरेको छ जसमा भनिएको छ, ‘हामी अमेरिकाको नयाँ हङकङ रिपोर्ट र छ चिनियाँ अधिकारीहरुमाथि लगाइएको प्रतिबंधहरुको कडा शब्दमा निन्दा गर्दछौं र यसको विरोध गर्दछौं ।

यो रिपोर्टले हङकङको लोकतंत्र, कानूनी शासन, मानवाधिकार र स्वतंत्रतालाई बदनाम गर्ने खालको पुरानै कुराहरुलाई दोहोर्याएको चीनले आरोप लगाएको छ । उसले यो चीनको आंतरिक मामिलाहरु र हङकङको मामिलाहरुमा हस्तक्षेप गरको भनेको छ जसले अन्तर्राष्ट्रिय कानून र सम्बन्धहरुको आधाभूत नियमहरुको उल्लंघन गरेको जनाएको छ ।

चिनियाँ दूतावासले अगाडि भनेको छ, हामी अमेरिकासंग तथ्यहरुको सम्मान गर्न, हङकङको मामिला र चीनको आन्तरिक मामिलाहरुमा हस्तक्षेप नगर्न पनि आग्रह गर्छौ । हामी अमेरिकासंग हङकङको लोकतंत्र वा कानूनी शासनलाई बदनाम गर्ने खालका बयानबाजीलाई बन्द गर्न पनि आग्रह गर्दछौं ।

उसले अगाडि भनेको छ चीनले अमेरिकाको गलत कदमहरुको जवाफ दिन कडा कदम उठाउने छ’ । हङकङ चीनको विशेष प्रशासनिक क्षेत्र हो, जसलाई १९९७ मा बेलायतले ‘एक देश, दुई व्यवस्था’ अन्तर्गत चीनलाई सुम्पिएको थियो ।

यस अन्तर्गत हङकङसंग २०४७ सम्म आफ्नो कानूनी व्यवस्था, स्वायत्तता र स्वतन्त्रता राख्ने अधिकार छ, जसमा विदेशी न्यायाधिसहरुको भूमिका पनि सामेल छ । तर अमेरिकी रिपोर्ट भन्छ कि बेजिंगले यी बाचाहरु तोडेको छ र हङकङलाई विस्तारै विस्तारै आफ्नो कब्जामा लिइरहेको छ ।

यसबीच यता चीनले भने ताइवानमाथि शक्तिशाली आक्रमणको तयारी गरेको छ । यसका लागि अहिलेसम्मकै ठूलो र सशक्त सैन्य अभ्यास शुरु गरिएको चिनिया सुरक्षा अधिकारीले बताएका छन् ।

पूर्वी थिएटर कमाण्डले आफ्नो सामाजिक सञ्जालमार्फत् यस्तो जानकारी दिएको हो, जसअनुसार चीनले आफ्नो स्थल सेना, जलसेना, वायु सेना तथा रकेट बल सहभागी गराएर कैयौँ दिशाबाट ताइवानमाथि आक्रमण गर्ने गरी संयुक्त अभ्यास शुरु गरेको छ ।

जानकारी अनुसार यो मुख्यरुपमा एकै साथ, जल, जमिन र आकाशबाट ताइवानमाथि नजिकको आक्रमण गर्ने र आफ्नो क्षमता परीक्षण गर्ने अभ्यास हो । चिनिया पिपुल्स लिबरेशन आर्मीले आफ्नो एक वक्तव्यमा यो अभ्यास स्वतन्त्र ताइवानको पृथकतावादी शक्तिविरुद्ध एक कडा चेतावनी र सशक्त प्रतिकार भएको बताएको छ ।

साथै आफ्नो सैन्य अभ्यासलाई चीनको सम्प्रभुता र राष्ट्रिय एकताको रक्षाका लागि वैधानिक कारबाहीको संज्ञा दिएको छ । चीनले ताइवानलाई आफ्नो अंग मान्ने गरे पनि ताइवानले भने आफू स्वतन्त्र देश भएको दाबी गर्ने गरेको छ ।

यसका कारण चीनले केही वर्षयता ताइवानमाथि दबाब बढाउन सामुद्रिक क्षेत्रमा सशक्त सैन्य अभ्यास गर्ने गरेको छ । अहिलेको यो अभ्यास अमेरिकी रक्षा मंत्री पीट हेगसेथको एशिया भ्रमण लगत्तै शुरू भएको हो, जसले सिधारुपमा अमेरिकालाई संदेश दिएको विश्लेषण गरिएको छ ।

गत साता अमेरिकी रक्षामन्त्रीले फिलीपींस र जापानमा चीनको आक्रामकतालाई रोक्नका लागि छलफल गरेका थिए । यसपछि चिनियाँ सेनाले पनि ताइवान आस–पास हावा र पानीमा नियमित गस्तीका साथै सैन्य अभ्यास पनि बढाएको हो ।

चिनियाँ राष्ट्रपति शी जिनपिंगले हरेक पटक ताइवान आफ्नो रहेको र यसलाई आवस्यकता अनुसार शान्ति वा बल प्रयोग गरेर भएपछि जुनसुकै बेला नियन्त्रणमा लिने बताउँदै आएका छन् । ताइवानमा चीनले घेरा हाल्दा उसका क्षेत्रहरु हङकङ र तिब्बतमा अमेरिकाले रिपोर्टका माध्यमले नुन छर्किएको संदर्भमा तपाइँका टिप्पणी के छन् अवस्य व्यक्त गर्नु होला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top