×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

बहादुरी देखाउने गार्डलाई ५ लाखसहित सम्मान,प्रसाईं गुण्डा

१९ चैत्र २०८१

२० चैत , काठमाण्डौ ।

गत चैत्र १५ गते, भाटभटेनी सुपरमार्केटका लागि एक साधारण दिन अचानक असाधारणमा परिणत भएको थियो। जब लुटेराहरूको आतंकको शैलीले त्यहाँको शान्ति भङ्ग ग¥यो, सुरक्षा गार्ड दुलप्रसाद पराजुलीको एक वीरता उजागर भयो ।

Advertisement

उनले एक्लै लुटेराहरूको सामना गर्दै, आफ्नो ज्यानको परवाह नगरी सुरक्षा र साहसको अद्वितीय उदाहरण प्रस्तुत गरे। लुटेराहरूले भाटभटेनीको स्टोरमा प्रवेश गर्दा, पराजुलीले निडरता देखाउँदै उनीहरूको प्रतिकार गरे।

उनको साहसिक भिडियो संसारभर फैलियो, जसको धेरैले प्रशंसा गरेका छन् । आज, भाटभटेनी सुपरमार्केटले पराजुलीलाई विशेष सम्मान प्रदान गर्दै, ५ लाख १ हजार १ सय ११ रुपैयाँको नगद, एक फूली र पाँच ग्रेडको बढुवा दिएको छ ।

लुटपाट गर्न गएका लुटेराहरूसंग बहादुरीपूर्बक लडेर उनीहरुलाई लखेट्ने बीर सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई भाटभटेनी सुपर स्टोरले उच्च सम्मान गरेको छ । ५ तह बढुवा सहित नगद ५ लाख रुपैया प्रदान गरेको छ ।

उनलाई आज एक कार्यक्रमबीच ५ लाख १ हजार १ सय ११ नगद रुपैयाँ पुरस्कार, एक फूली र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरिएको हो ।भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले उनलाई दुबोको मालासहित पराजुलीलाई सम्मान गरेका छन् ।

कार्यक्रममा सो दिन भएको लुटपाट र तोडफोडमा भाटभटेनीलाई जोगाउन भूमिका खेल्ने अन्य तीन सुरक्षा गार्ड सूर्य गिरी, दीपेश खड्का, सोमबहादुर भुजेललाई २५ हजार १ रुपैयाँ र एक ग्रेड बढुवा गरिएको छ ।

यस्तै ग्रोसरी सिनियर सुपरभाइजर सागर गुरुङलाई ५१ हजार एक सय ११ को चेक र दुई ग्रेड बढुवा प्राप्त गरेका छन् । सुरक्षा गार्ड पराजुलीले त्यस दिन लुटपाट गर्नेहरूको एक्लै प्रतिकार गरेका थिए ।

उनले लुटेराहरूलाई पिटेर लखेटेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ । पराजुली २२ वर्षदेखि भाटभटेनीमा काम गर्दै आइरहेका छन् ।यस्तै भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङले गत चैत १५ गतेको घटनामा मृत्यु भएका दुई युवाको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

उनले पत्रकार सुरेश रजक र सवारी मजदुर सविन महर्जनको परिवारलाई आर्थिक राहत दिने बताएका हुन् । उनले सुरेशको परिवारलाई ५ लाख र सविनको परिवारलाई ३ लाख दिने घोषणा गरे ।

सो अवसरमा गुरुङले राजासंस्था फर्काउने आन्दोलनका जनकमान्डर बनाइएका दुर्गा प्रसाईँलाई गुण्डानाइकेको संज्ञा दिएका छन् । राज्यले उनलाई पुलपुल्याउँदा अहिले वितण्डा निम्तिएको उनको भनाइ छ ।

सरकारले व्यवसायीको सुरक्षा गर्न नसकेको भन्दै उनले आक्रोश पनि पोखेका छन् । ‘हामीले वर्षेनी ट्याक्स तिर्छौँ सरकारलाई । हाम्रो ट्याक्सबाट सरकारले सुरक्षामा खर्च गर्छ । तर, हामीलाई सुरक्षा खोइ ? हाम्रा दशौँ हजार भाइबहिनीको सुरक्षा खोइ ? दुलप्रसाद पराजुलीले मात्रै गरेर सुरक्षा हुन्छ ?’

राज्यले एउटा डनलाई पुल्पल्याएर राखेको हुँदा यो परिणाम आएको उनले बताए । उनको क्रियाकलापले राजसंस्था नआउने गुरुङले ठोकुवा गरे । ‘मारवाडीले यस्तो ग¥यो, त्यस्तो ग¥यो भन्दै हिँड्छ । मारवाडी देशको नागरिक होइन ? मारवाडी भगाउन सम्भव छ ? देश कंगाल बनाउने ? दुर्गा प्रसाईँ गुण्डा नाइके हो ।

राज्यले पुलपुल्याउँदा आज यो परिणाम देखियो । उसको क्रियाले राजसंस्था फर्किँदैन, म ठोकुवा दिएर भन्छु । भाटभटेनीलाई लुटपाट गरेर राजसंस्था फर्किन्छ ? भाटभटेनीमा ढुंगा हानेर नेपालको संविधान संविधान मेटिन्छ ? हामी बुझ्दैनौँ ? यो सबै डकैत हो ।’

शुक्रबारको घटनामा ७० लाखभन्दा बढीको क्षति भएको समेत गुरुङले बताएका छन् । सम्मान कार्यक्रममा बहादुरी देखाएका पराजुलीले पनि सो दिनको घटना स्मरण गरेका थिए। उनले भने, त्यो दिन आतंककारी आए । ढुंगामुढा गर्न थाले । ज्यान त जोगाउनुप¥यो भनेर साइड लागेर बस्यौँ ।

हामी साइडमा बस्दाखेरि उनीहरू सबै पसेर लुट्न थाले । फलफूल, बियरका बोतल, वाइन, राइसकुकर फ्रिज सबै लिएर गए । लौ भएन भनेर हामी सबैजना टिम मिलेर यता आयौँ। अरू भित्रबाट लखट्ने, म चाहिँ बाहिर बसेर ड्याङ् कि ड्याङ हान्ने । बाहिर म एक्लै भए पनि डर लागेन ।

पराजुलीले २०५८ सालदेखि जागिर खाएको भन्दै यही जागिर खाएर जग्गा किनेको, घर बनाएको ,छोरा पढाएको , छोराको बिहे गरेको र गाडी समेत किनेको बताए । प्रसाईंको आह्वानमा राजसंस्था पुनस्र्थापनका लागि भन्दै चैत १५ गते तीनकुनेमा प्रदर्शन थियो।

Advertisement

सो क्रममा झडप भएको थियो। प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली चलाएको थियो भने प्रदर्शनकारीहरूले तोडफोड, आगजनी र लुटपाट गरेका थिए। सोही दिन कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट भवनमा ढुंगा प्रहार र लुटपाट भएको थियो ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top