×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026
Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026

तीनकुने प्रकरणमा कठघरामा गृहमन्त्री,मृतकका परिवारलाई १० लाख

१९ चैत्र २०८१

२० चैत , एजेन्सी ।

चैत १५ गतेको दिन संघीय राजधानीको तीनकुनेमा इतिहासले कहिल्यै नबिर्सने घटना घट्यो। राजावादी प्रदर्शनको रुप धारण गरेको भिड उग्र बन्यो, स्थिति नियन्त्रण बाहिर गयो र अन्ततः नेपाल प्रहरीले गोली चलाउनुप¥यो।

Advertisement
Advertisement

परिणाम दुई जनाले ज्यान गुमाए,दर्जनौँ घाइते भए तोडफोड र आगजनीबाट करोडौंको क्षति भएको छ । यो घटनाको छायाँ संसद्देखि सडकसम्म फैलिएको छ। सुरक्षाकर्मीमाथि अनावश्यक बल प्रयोगको आरोप छ, सरकारमाथि कमजोरी लुकाएको र दमन गरेको गुनासो छ भने यसको न्यायिक छानबिनको माग चर्किएको छ।

यही बेला नेपाल प्रहरीले उत्तेजित भिडलाई नियन्त्रणमा लिन तीनकुनेमा गोली चलाउनुपरेको स्पष्टीकरण दिएको छ । चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा गोली चलाइएको घटनाबारे प्रहरीले आज पत्रकार सम्मेलन गरेर स्पष्टीकरण दिएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार, प्रहरीले चैत १५ गते शुक्रबार दिउँसो २ः५४ बजे गोली चलाएको थियो । उनले अवस्थालाई नियन्त्रणमा लिन गोली चलाइएको बताएका छन् । सबै उत्तेजित भिडका कारण घटेको घटना हो ।

अवस्था नियन्त्रणमा लिन गोली चलाउनुपरेको हो । घटनाबारे जानकारी दिन बुधबार प्रहरी क्लब भृकुटीमण्डमा आयोजित पत्रकार सम्मेलनमा डीआईजी आचार्यले राजावादी आन्दोलनका क्रममा मञ्चमा राष्ट्रिय गान बज्दाबज्दै टियर ग्यास हानेको आरोप खण्डन गरे ।

उनले अर्को ठाउँमा हानेको टियर ग्यास उछिट्टीएर मञ्चमा पुगेको हुन सक्ने बताए । उनले भने, ‘कार्यक्रममा प्रहरीले अनावश्यक बल प्रयोग गरेको छैन । कार्यक्रम सुरु हुनुभन्दा अगाडि राष्ट्रिय गान बज्दा टियर ग्यास हानेको भन्ने होइन ।

त्यो डिप फेक भिडियो हो । कार्यक्रम नै सुरु भएको छैन, कसरी राष्ट्रिय गान बज्छ ? एउटा पनि भिडिओ छैन जहाँ कार्यक्रम सुरु भइसकेको अवस्था देखिन्छ । राष्ट्रिय गान बजेको भनिएको छ त्यस्तो केही पनि होइन ।

झडप हुने क्रममा, टियर ग्यास हान्ने क्रममा त्यहाँ पनि पुगेको हो । एउटा टियर ग्यास एक ठाउँबाट अर्को ठाउँमा पुग्न सक्छ । प्रहरी कम्फर्टेबल स्थितिमा थिएन । हतारोमा कहिलेकाहीँं एंगल मिल्दैन ।

आन्दोलनका क्रममा २० जनामाथि गोली चलेको पनि उनले पुष्टि गरेका छन् । गोली लाग्नेमध्ये २ महिला र १८ पुरुष छन् । गोली लागेर घाइते भएकामध्ये १३ जना अस्पतालमा उपचाररत रहेको आचार्यले बताए ।

आचार्यका अनुसार आन्दोलनका क्रममा जम्मा ५८ राउन्ड गोली प्रहार भयो । यस्तै, टियर ग्यास ७४६ राउन्ड, ब्ल्यांक फायर १९२ पटक भएको थियो । दुईवटा गोली पेस्तोलबाट प्रहार भएको उनले बताए ।

प्रदर्शनकारीको आक्रमणमा परी ५५ नेपाल प्रहरी २३ सशस्त्र प्रहरी घाइते भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रहरीको बल प्रयोगबाट प्रदर्शनकारी ५३ जना घाइते भएको आचार्यले बताए ।

राजावादीले आयोजना गरेको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो । पत्रकार सुरेश रजकको आगोमा जलेर र कीर्तिपुरका सविन महर्जनको गोली लागेर ज्यान गएको थियो ।

अनावश्यक बल प्रयोग गरेको भन्दै कतिपयले प्रहरीको आलोचना भइरहेको अवस्थामा सरकारले ज्यान गुमाएका २ जनाको परिवारलाई १०÷१० लाख दिने निर्णय गरेको छ । गृहमन्त्री स्तरीय बैठकले उक्त निर्णय लिएको उनको सचिवालयले जनाएको छ ।

दुबै जनाका परिवारलाई १०÷१० लाख रुपैयाँ दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जनाएको छ । सो रकम निकासाका लागि मन्त्रालयले अर्थलाई सिफारिस गरिसकेको छ ।
यता प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले चैत १५ गते को घटनाबारे सरकारको जवाफ माग गर्ने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको बैठकमा समिति सदस्यहरूले राजावादीको प्रदर्शनका भएको घटनाका विषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरेपछि समितिले चैत २२ गते शुक्रबारको बैठकमा गृहमन्त्रीलाई बोलाउने निर्णय गरेको हो ।

बैठकमा सांसदहरूले चैत १५ गते शुक्रबार भएको घटनाका बारेमा सरकारले स्पष्ट पार्नुपर्ने बताएका थिए । साथै उनीहरूले उक्त घटनाको न्यायिक छानबिनसमेत माग गरेका छन् । कांग्रेस सांसद विश्वप्रकाश शर्माले तीनकुने घटनाको छानबिनका लागि सरकारले न्यायिक छानिबन समिति बनाउनुपर्ने बताए ।

उनले तीनकुने घटनामा सरकारको बुझाइ समितिसमक्ष आउनुपर्ने बताए । त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने घटनामा सरकारको कमजोरी देखिएको भन्दै गृहमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

आफ्नै प्रहरीले घेरामा रहेका बेलामा दुर्गा प्रसाईंलाई समात्न नसक्ने र अहिले छिटो पक्राउ गर्छौं भन्दा कसैले पत्याउन नसक्ने टिप्पणी गरे । त्यस्तै राप्रपाका सांसद बुद्धिमान तामाङले १५ गतेको घटनामा एकपक्षीयरूपमा राजावादीप्रति खनिएको भन्दै निष्पक्ष न्यायिक छानबिनको माग गरे ।

राप्रपाका नेताहरू समेत उक्त प्रदर्शनमा जाने तयारी गरेपनि दुर्गा प्रसाईंको फोटो देखेपछि नगएको तामाङको भनाइ छ । प्रहरीले खण्डन गरेपनि कार्यक्रम सुरू नहुँदै मञ्चमा अश्रुग्यास प्रहार गरेको देखिएको सांसद तामाङले बताएका छन् ।

यता शुक्रबार भएको राजावादीको प्रदर्शनमा घाइते भएका सबै ५४ जना प्रहरी कर्मचारी अस्पतालबाट डिस्चार्ज भएका छन् । सामान्य उपचारपछि उनीहरु डिस्चार्ज भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराले बताएका छन् ।

घटनामा घाइते भएका ५४ जना आन्दोलनकारीमध्ये ४१ डिस्चार्ज भइसकेका छन् । गोली र गोलीको छर्रा लागेका १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रवक्ता बोहराले बताएका छन् । चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा घाइते भएकी रेबिका क्षेत्रीको स्वास्थ्य अवस्था जटिल रहेको छ ।

सिभिल अस्पतालमा उपचार उनी हल्का बोल्न सक्ने अवस्थामा छिन् । रेबिकामाथि प्रहरीले गोली हानेको विषयलाई लिएर ब्यापक आलोचना भइरहेको छ । यी घटनामा सम्लग्नताको आरोपमा प्रहरीले ५ दर्जन ब्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ ।

जसमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ,महामन्त्री धवलशम्शेर जबरा सहित रहेका छन् । प्रहरीले मुख्य आरोपी मानेका १५ गतेको आन्दोलनका जनकमाण्डर बनाइएका दुर्गा प्रसाईं भने अहिलेसम्म प्रहरीको नियन्त्रणमा आउन सकेका छैनन्

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top