NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विपिनको परिवारलाई १० लाख सहयोग आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता आइतवार भदौ ८ , २०८२
नेपालमा एक महिनामै साढे तीन अर्बको स्मार्टफोन भित्रियो आइतवार भदौ ८ , २०८२
सडकमा सुटकेसभित्र शव,कसले राख्यो ?माइतमै बस्थिन महिला आइतवार भदौ ८ , २०८२
Next
Prev

समाचार

प्रसाईंँ खोज्न हिँडेको प्रहरीले गाडी भेट्यो ?उनको स्टाटस कसले हटायो ?

शुक्रबार चैत्र २२ , २०८१
Reading Time: 1 min read
A A
कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२२ चैत , काठमाण्डौ।

काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि प्रहरीको सर्वाधिक खोजीमा रहेका राजसंस्था पुर्नस्थापना समितिका जनकमाण्डर तोकिएका दुर्गा प्रसाईं अझै फरार छन् । प्रसाईँको ब्यापक खोजीमा रहेको प्रहरीले प्रसाईँलाई नभई उनी चढेर भागेको भनिएको गाडी चाँही नियन्त्रणमा लिएको छ। प्रहरीले इटहरीबाट बिएबी ४२०८ नम्बरको एसयुभी नियन्त्रणमा लिएको हो। सो गाडी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।

गाडी अहिले कार्यालयकै परिसरमा राखिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी टेक तामाङले बताएका छन् । इटहरीबाट नियन्त्रणमा लिइएको गाडी काठमाडौं पुर्याइपनि प्रसाईँका विषयमा भने प्रहरी अहिलेसम्म बेखबर रहेको छ ।

’यहाँ काठमाडौंबाट भाग्नका लागि चढेको जुन गाडी हो, त्यही गाडी इटहरीमा फेला परेको हो। उनले भनेका छन्, अहिले गाडी काठमाडौं ल्याइसकिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गाडी धनीलाई पनि पक्राउ गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिकास्थित काँडाघारी घर भएका मुकुन्द दाहाललाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । तीनकुनेबाट प्रसाईं सवार गाडी ईश्वर विकले हाँकेका थिए । प्रसाईंलाई झापास्थित बिएण्डसी अस्पतालमा लगेर छाडेको चालकले प्रहरीलाई बताएका छन् ।

गाडीमा चढ्नुअघि प्रसाईं सटरभित्र लुकेको र पछि उनका सहयोगीहरूले गाडीमा पु¥याइदिएका भिडिओहरू पनि सामाजिक सञ्जालमा देखिएका थिए। इटहरीमा गाडी फेला परेसँगै प्रसाईं भारत भागेको आशंका छ।

प्रसाईं तीनकुनेबाट प्रहरीको घेरा तोड्दै भागेका उनी पहिले धर्मगुरू भनिने पुष्कर खतिवडाको इमाडोलस्थित घरमा पुगेका थिए। त्यहाँ फलफूल खाएर, त्यही गाडी चढेर प्रसाईं काठमाडौं उपत्यका बाहिर निस्किएको प्रहरीले जनाएको छ।

चैत १६ गते प्रहरीले खतिवडालाई पनि पक्राउ गरेको थियो भने प्रसाई अझैसम्म प्रहरीको हात लाग्न सकेका छैनन् । यसअघि प्रसाईको महाअभियान संस्थापक सचिवालयको नाम रहेको फेसबुक पेजबाट उनको भिडिओ सार्वजनिक भएको थियो ।

जहाँ उनले आफूलाई देख्नै वित्तिकै गोली हान्ने आदेश दिइएको भन्दै ज्यान जोगाउनमा मन्दिरमा शरण लिएर बसेको बताएका छन् । उनको आधिकारिक फेसबुक पेज निष्क्रिय देखिएपनि उनको नामसहितको महाअभियान संस्थापक सचिवालयको पेज भने सक्रिय रहेको छ ।

जहाँ हिजो मात्रै केही समाचार र भिडिओ लिङहरु शेयर गरिएको छ । यस्तै त्याहा आफ्नो स्टाटस सरकारले हटाएको उल्लेख गरेका छन् । सरकारले हटाएको भनिएको स्टाटसमा उनले आफू नेपालमै रहेको दाबी गरेका छन् ।

उनले आफू सिंह भएको दाबी गर्दै अहिले भावी रणनीति तयार गर्न जुटेको दाबी गरेका छन् । उनले आफूले नेपालमै लुक्ने ठाउँ भेटेको भन्दै तर नेताहरुले भविष्यमा त्यस्तो ठाउँ भेट्न नसक्ने बताएका छन्

उनले भनेका छन्, ‘सिकार गर्नु भन्दा पहिला सिंह पनि एक कदम पछि हट्छ, अनि पुनः आक्रमण गर्छ ! दुर्गा प्रसाई सिंह नै हो ,अब छिट्टै तिमीहरूको मलामी लिएर आउँदैछ, भ्रष्टाचारी हो ! मैले त लुक्ने ठाउँ भेटेको छु, नेपाल मै छु, भावी रणनीति तयार गर्दैछु, तर तिमीहरूले त्यो पनि पाउँदैनौ, बुझिराख !’

गएको शुक्रबार तीनकुनको प्रर्दशनका क्रममा भएको हिंसात्मक गतिविधिका लागि प्रमुख अभियुक्तका रुपमा प्रहरीले उनको खोजी गरिरहेको छ । तर पछिल्लो समय यस घटनाको न्यायिक छानविन गर्नुपर्ने माग बढ्दै गएको छ ।

सत्तापक्षका सांसदहरुले समेत खुलेर तीनकुनेमा राजावादीहरुको आन्दोृलन बिथोल्न प्रहरीले भूमिका खेलेको भन्दै यसको दोष सरकारले लिनु पर्ने बताउन थालेका छन् ।

Tags: #दुर्गा प्रसाईं#दुर्गा प्रसाईँको गाडी भेटियो

लोकप्रीय

विपिनको परिवारलाई १० लाख सहयोग

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२

विचार

विपिनको परिवारलाई १० लाख सहयोग

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२

थप समाचार

विपिनको परिवारलाई १० लाख सहयोग
ताजा समाचार

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल
अन्तर्राष्ट्रिय

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता
अन्तर्राष्ट्रिय

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
नेपालमा एक महिनामै साढे तीन अर्बको स्मार्टफोन भित्रियो
आर्थिक

नेपालमा एक महिनामै साढे तीन अर्बको स्मार्टफोन भित्रियो

आइतवार भदौ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

00:24:37

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

00:14:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

विपिनको परिवारलाई १० लाख सहयोग

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.