×

NEPAL TIMES UPDATES

Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026
Playing
नेपालमा कति छ युरेनियम ?कसले लगायो बक्रदृष्टि? बालेन सरकारसँग मागियो जवाफ || Nepal Times
Apr 17, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-04-2083 || Nepal Times
Apr 17, 2026
Playing
छोराको बिल तिर्न नसक्दा अस्पतालले डिस्चार्ज दिएन,पैसा खोज्न हिडेकी आमा सम्पर्कविहीन || Nepal Times
Apr 17, 2026

खाली भयो राष्ट्र बैंक, नयाँ गभर्नर को ?

२४ चैत्र २०८१

२५ चैत , काठमाण्डौ।

२०७६ चैत २५ मा नेपाल राष्ट्र बैंकको गभर्नरको पदभार सम्हालेका महाप्रसाद अधिकारी २०८१ चैत २४ मा ५ वर्षे कार्यकाल पूरा गरेर बिदा भइसकेका छन् । आइतबार सार्वजनिक बिदा भएका कारण गभर्नर अधिकारी शुक्रबार नै राष्ट्र बैंकबाट बिदा भए ।

Advertisement
Advertisement

यता सरकारले भने नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति बनाए पनि नयाँ गभर्नर नियुक्त गरेको छैन । ऐनअनुसार १ महिना अघि नै गभर्नर नियुक्त गरी सो को जानकारी सूचना प्रकाशित गरी गराउनु पर्ने व्यवस्था छ ।

यस्तै सरकारले महाप्रसाद अधिकारीलाई नै अर्को एक कार्यकालको लागि गभर्नर नियुक्त गर्नसक्ने व्यवस्था पनि ऐनले गरेको छ । तर त्यसका लागि हिजै सरकारले निर्णय गर्नु पथ्र्यो । तर हिजोसम्म गभर्नर नियुक्त हुनु पर्ने भएपनि अर्को गभर्नर नियुक्त नहुँदासम्मको लागि कायम मुकायम गभर्नरको जिम्मेवारी तोक्नुपर्ने थियो, त्यो पनि सरकारले गरेन।

यहाँसम्म कि राष्ट्र बैंक गभर्नरविहीन बनिसक्दा पनि सिफारिस समितिले पहिलो बैठकसमेत राख्न सकेको छैन । अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बनेको तीन सदस्यीय सिफारिस समितिको अहिलेसम्म पहिलो बैठक नै बस्न नसकेको हो ।

मन्त्रिपरिषद्ले चैत १८ गते अर्थमन्त्री पौडेल संयोजक रहने गरी पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेललाई सिफारिस समिति सदस्यमा नियुक्त गरेको थियो । गभर्नर पद खाली नराख्न कार्यकाल सकिनु एक महिनाअगावै सरकारले नयाँ नियुक्तिको काम अगाडि बढाउनुपर्नेमा सोहीअनुसार गभर्नर बनाउन दलहरूले आन्तरिक सक्रियता देखाए पनि सरकारले एक हप्ताअगाडि मात्र समिति गठन गरी औपचारिक रूपमा नियुक्ति प्रक्रिया थालेको थियो ।

ढिलो गरी नियुक्ति प्रक्रिया सुरु गरिए पनि समिति बनेको एक हप्ता बितिसक्दा समेत संयोजक रहेका अर्थमन्त्री पौडेलले बैठक नै नडाकेका हुन् । यद्यपि आज भने समितिले गभर्नर सिफारिस गर्ने बताइएको छ ।

जसको आधारमा आज दिउँसो बस्ने मन्त्रीपरिषद् बैठकले नयाँ गभर्नर नियुक्त गर्ने सम्भावना छ । बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको मन्त्रिपरिषद्ले गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको एक मन्त्रीले बताएका छन् । अहिले सत्ता साझेदार दलहरू भावी गभर्नरको भागबण्डामा आन्तरिक रूपमा लागेका छन् । तर उनीहरुबीच यसबारे निर्णय हुन नसकेपछि अर्थमन्त्रीले बैठक नबोलाएका हुन् ।

नेपाल राष्ट्र बैंक ऐनअनुसार मन्त्रिपरिषद्द्वारा गठित गभर्नर सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद बैठकमा सिफारिस गर्नुपर्छ । जसमा गभर्नरमा डेपुटी गभर्नर नीलम ढुंगाना र कार्यकारी निर्देशक गुणाकर भट्ट मुख्य उम्मेदवारको सूचीमा छन् ।

राष्ट्र बैंककै हाल सञ्चालक सदस्य रवीन्द्र पाण्डे र पूर्वमूख्यसचिव राजेन्द्र किशोर क्षेत्री पनि कसरतमा छन्। तर शीर्ष नेता नै तयार नभएपछि स्वार्थ समूहले बोकेका भनिएका क्षेत्री पछाडि परेका छन्। कांग्रेसको एउटा पक्षले प्रयास गरेपनि पाण्डेलाई गभर्नर बनाउन प्रधानमन्त्री र अर्थमन्त्री तयार छैनन् ।

नीलमलाई गभर्नर बनाउन स्वार्थ समूहको समेत पहलमा प्रधानमन्त्री स्वयं लागिपरिरहेका छन् भने कांग्रेस सभापति शेरबहादुर देउवा गुणाकरको पक्षमा छन् । त्यसो त राष्ट्र बैंकका अर्का डेपुटी गभर्नर बमबहादुर मिश्र, भर्खरै राजीनामा दिएर गभर्नरको दौडमा आएका राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाश कुमार श्रेष्ठ र नबिल बैंकको सीईओबाट राजीनामा दिएर गभर्नर बन्न कस्सिएका ज्ञानेन्द्र ढुंगाना पनि दाबेदारको रूपमा छन् ।

एमालेको सुरुको प्रस्तावमा रहेका डा प्रकाश कुमार श्रेष्ठलाई कांग्रेसले नमान्दा प्रधानमन्त्री र अर्थमन्त्री नीलमको पक्षमा उभिएको बताइएको छ । जसमा कांग्रेस पनि अन्तमा सहमत हुन सक्नेछ ।

यदि कांग्रेसकै सिफारिसअनुसार गभर्नर नियुक्त हुँदा गुणाकर भट्टले बाजी मार्न सक्ने देखिएको छ । यस्तो गञ्जागोलका बीच कांग्रेसकै सांसद डा. शेखर कोइरालाले भने अहिले राष्ट्र बैंकको गभर्नर बनाउन बिचौलियाहरू सक्रिय भएको गुनासो गरेका छन् ।

Advertisement

उनले भने ’अहिले हामी सबैले सुन्दैछौँ एउटा कुरा– हुँदा हुँदा राष्ट्र बैंकको गभर्नर बनाउन पनि बिचौलियाहरू चलखेल गर्दैछन् । त्यो हो भने म त वार्न गर्दछु सरकारलाई,’ उनले भने, ’यस्तो भए सरकारको लागि त दुर्भाग्य हुन्छ नै । नेपालको लागि नै दुर्भाग्य हुन्छ । यो अत्यन्त गम्भीर विषय हो । देशको अर्थतन्त्रसँग यसरी खेल्ने, मजाक गर्ने अधिकार उहाँहरू कसैलाई पनि छैन । त्यसपछि उहाँहरूले के भन्नुभयो भने हामी सुशासन दिन्छौँ, भ्रष्टाचार न्यूनीकरण गर्छौं भन्नुभयो। सुशासन कस्तो अवस्थामा छ, मैले भनिरहनु पर्दैन । औचित्य हामीले सावित गर्न सकिरहेका छैनौँ। उपायहरू छ त्यसको लागि राजनीतिक इच्छाशक्ति नेताहरूमा, नेतृत्वमा हुनुपर्छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top