२५ चैत , एजेन्सी ।
एप्पलले फोल्ड गर्न मिल्ने आइफोन ल्याउँदै छ । आइफोनको २०औँ वार्षिकोत्सवको सन्दर्भ पारेर यसको डिजाइनमा ठूलो परिवर्तन गर्ने तयारी गरिरहेको ब्लुमबर्गले जनाएको छ । सोही परिवर्तनअन्तर्गत फोल्ड गर्न मिल्ने आइफोन तयार गर्ने अपेक्षा गरिएको छ ।
यस्तो आइफोन तयार गर्ने परियोजना वर्षौंदेखि सञ्चालनमा रहेको बताइएको छ । यसबाहेक काँचको व्यापक प्रयोगमार्फत एउटा नयाँ प्रो मोडेल पनि तयार हुन सक्ने बताइएको छ। उपभोक्ताले भने आइफोनमा ठूलो परिवर्तन रुचाउने सम्भावना कम रहेको बताइएको छ ।
अपेक्षाअनुसार नै एप्पलको आइफोन प्रो १७ मोडल प्रो १६ जस्तो देखिनेछ । साथै, आइफोन १७ को अगाडिको भाग प्रो १६ मोडेलजस्तै देखिनेछ । तर, पछाडिको क्यामेरा फोनको चौडाइसम्म फैलिएको नयाँ प्यानलमा राखिनेछ ।
यसबाहेक आइफोन १७ प्रोको पछाडि दुई रङको डिजाइन हुने छैन । क्यामेरा क्षेत्र बाँकी भागजस्तै एउटै रङको हुनेछ । आइफोन १७ प्रो हालका मोडेलभन्दा धेरै फरक छैन । एप्पलले विगतमा झैँ आइफोन १७ (आइफोन १७ एयरसहित) आउँदो सेप्टेम्बरमा ल्याउने अपेक्षा छ ।
आइफोन १७ आइफोन १६ जस्तै देखिने भए पनि यसभित्र धेरै परिवर्तन हुने बताइएको छ । यता मेटा प्लेटफर्मले नयाँ एआई मोडल ‘एललामा फोर’ सार्वजनिक गरेको छ । कम्पनीले लार्ज ल्याङ्ग्वेज मोडल(एलएलएम) भर्जनको लेटेस्ट एललामा फोर स्काउट र एललामा फोर माभेरिक लञ्च गरेको हो ।
मेटाले एललामा मल्टिपल एआई प्रणाली भएको जनाएको छ । मेल्टिमोडल सिस्टम टेक्स्ट, भिडियो, इमेज र अडियो जस्ता विभिन्न विभिन्न प्रकारको डेटा प्रोसेसिङ र इन्टिग्रेटिङ गर्न र कन्टेन्टहरुलाई यी फम्र्याटमा रुपान्तरण गर्न सक्षम भएको कम्पनीले जनाएको छ ।
यी मोडहहरु अहिलेसम्मकै उन्नत मोडल भएको कम्पनीको दाबी छ । यी मोडलहरु ओपन सोर्स सफ्टवेयर हुने कम्पनीको भनाई छ । यस्तै कम्पनीले ‘एललामा फोर बेहिमोथ’ पनि सार्वजनिक गर्ने जनाएको छ ।
जसलाई कम्पनीले विश्वकै सबैभन्दा स्मार्ट र शक्तिशाली एलएलएमको संज्ञा दिएको छ । यतिबेला ठूला प्राविधिक कम्पनीहरुले एआई क्षेत्रको पूर्वाधारमा आक्रामक लगानी बढाएका छन् ।
आइफोन इन्टरनेट तथा मल्टीमीडिया चलाउन मिल्ने एप्पल आइएनसीद्वारा बनाइएको तथा बजारमा ल्याइएको एउटा आधुनिक स्मार्टफोन हो । पहिलो आइफोन ९ जनवरी २००७ मा एप्पल आइएनसीका प्रमुख कार्यकारी अधिकृत स्टिभ जब्सले सार्वजनिक गरेका थिए ।