×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

तीनकुने घटनाको न्याय खोज्दै बालेन

२५ चैत्र २०८१

२६ चैत , काठमाण्डौ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले तीनकुने घटनामा ज्यान गुमाएका सबिन महर्जन र सुरेश रजकका परिवारलाई भेटेका छन्। महर्जनका परिवारलाई कीर्तिपुर र रजकका परिवारलाई डल्लु पुगेर भेट्दै उनले समवेदना व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

Advertisement
Advertisement

चैत्र १५ गते भएको राजावादी समूहको प्रदर्शनका क्रममा दुई युवाको ज्यान गएकोप्रति दुःख व्यक्त गर्दै मेयर शाहले कुनै पनि व्यक्तिले ज्यान गुमाउनु सामान्य विषय नभएको बताएका छन् । उनले अपराध जुनसुकै पक्षबाट भएको भए पनि त्यसको निष्पक्ष छानबिन हुनुपर्ने र दोषी उपर कडा कानुनी कारबाही गर्नुपर्नेमा जोड दिएका छन् ।

’राज्यले उक्त घटनाको बारेमा निष्पक्ष छानबिन गर्नुपर्छ। सरकारबाट न्यायिक अनुसन्धान भएर दोषीलाई कारबाही नभएमा पीडित परिवारलाई कानूनी उपचारमा सघाउन महानगरपालिका तयार छ,’ मेयर शाहले भनेका छन् ।

उनले पीडित परिवारको पक्षमा कानुनी सहायता उपलब्ध गराउने तथा महानगरको तर्फबाट नियमानुसार आर्थिक सहयोगसमेत प्रदान गरिने जानकारी दिएका छन् । बालेनका स्वकीय सचिव भूपदेव शाहका अनुसार बालेनले व्यक्तिले ज्यान गुमाउने कुरा सामान्य नभएको उल्लेख गर्दै यस्ता आपराधिक घटनाको न्यायिक छानबिन हुनुपर्ने बताएका हुन् ।

‘दोष कुनै पनि पक्षको त्यो तपशीलको कुरा निष्कर्ष न्यायिक छानबिन हुनुपर्छ । तर्क जे भए पनि कोहीले अनाहकमा ज्यान गुमाउनु भएन’, भूपदेवले भेटबारे जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन् ।

मेयर शाहले तीनकुने घटनामा ज्यान गुमाएका सविन र रजक दुवै परिवारका सदस्यसँग भेट गरेको बताएपनि स्वकीय सचिव भुपदेवले भने महर्जनको परिवारसँग भेट भएको तस्विर मात्रै सार्वजनिक गरेको छ।

यसअघि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तीनकुने–घटनामा मृत्युवरण गरेका पत्रकार सुरेश रजकका परिवारलाई भेटेका थिए । सभापति देउवाले रजकको डल्लुस्थित निवासमा पुगेर भेट गर्दै घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाहीका गर्ने आश्वासन दिएका थिए ।

चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा रिपोर्टिङ गर्दैगर्दा त्यहाँस्थित एक निजी घरमा लागेको आगोमा जलेर एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार रजकको मृत्यु भएको थियो भने महर्जनको प्रहरीको गोली लागेर ज्यान गएको थियो ।

तीनकुने घटनाका विषयमा न्यायिक छानविन गर्न सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, गगन थापा, सुनिल शर्मा लगायतसहित राप्रपाले माग गरिरहेका छन् । तर सरकारले न्यायिक छानविनको कुनै आवश्यकता नरहेको भन्दै यसको सम्पूर्ण दोष राजावादी र पूर्वराजाले लिनु पर्ने भन्दै उनीहरुमाथि नै थोपरिरहेको छ ।

यस घटनाका सम्लग्न भएको आरोपमा ६ दर्जन ब्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी अनुशन्धान गरिरहेको छ । जसमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणा समेत रहेका छन् । उनीहरुलाई राज्यविरुद्धको कसुर, आपराधि उपद्रव र संगठित अपराधमा प्रहरीले मुद्दा अगाडी बढाएको छ।

प्रहरीले तीनकुनेमा भएको अराजक गतिविधिमा संलग्न रहेको आरोपमा हिजोमात्रै थप ६ जना पक्राउ गरेको छ । सोमबार थप ६ जनालाई अदालतबाट म्याद लिएर हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्नेमा सर्लाहीको कबिलासी ६ घर भई हाल ललितपुरको टिकाथली बस्ने २२ वर्षका अमित शाह, सुनसरीको धरान घर भई हाल काठमाडौँ ३१ बस्ने २७ वर्षका दिवश बोगटी क्षेत्री, काभ्रेको नमोबुद्धकी ऐनी भन्ने ३० वर्षकी अनिता कुँवर र सिन्धुपाल्चोकको बाह्रबिसे ९ का ३० वर्षका कुमार तामाङ रहेका छन्।

Advertisement

उनीहरु आगजनी तथा तोडफोडमासमेत संलग्न रहेको प्रहरीको आरोप छ। सीसीटीभी फुटेज तथा अन्य भिडिओहरुमा त्यसदिन उनीहरुले गरेका आपराधि गतिविधिका आधारमा पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको जिल्ला प्हरी परिसर काठमाडौँका एसपी अपीलराज बोहराले बताएका छन् । आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईं भने अझै फरार छन्।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top