×

NEPAL TIMES UPDATES

Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026

ह्यारी केनलाई बालोन डी’ओर ?मेसी र केभिनको जोडी

२५ चैत्र २०८१

२६ चैत , एजेन्सी ।

बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनलाई आगामी बालोन डी’ओर अर्वाडको मुख्य दाबेदारमध्ये एक मानिनुपर्ने माग गरिएको छ । यस्तो माग जर्मनीका पूर्वस्ट्राइकर जुर्गेन क्लिन्समानले गरेका हुन् । सन् १९९० विश्वकप विजेता क्लिन्समानले भने, ‘बालोन डी ओरको शीर्ष तीनमा ह्यारी केन पक्कै पनि हुनु पर्छ।’

Advertisement
Advertisement

विश्वकै उत्कृष्ट फुटबल खेलाडीलाई दिइने यो अर्वाडका लागि उनले केनको सम्भावनालाई थप बलियो बनाउन च्याम्पियन्स लिगको अन्तिम चरणसम्मको यात्रा निर्णायक मानेका छन् । बायर्न च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा मंगलबार इन्टर मिलानसँग खेल्दैछ ।

‘कम्तीमा सेमिफाइनलमा पुग्यो र सम्भवतः च्याम्पियन्स लिग जिते भने बालोन डी’ओर पनि साथमै आउँछ,’ क्लिन्समानले लस एन्जलसस्थित आफ्नो घरबाट कुराकानी गर्दै बताएका छन् । केनले टोटनह्यामबाट बायर्नमा सर्दै गर्दा आफ्नो खेल जीवनसँग समानता देखिएको उनले उल्लेख गरे ।

‘क्लब स्तरमा मेरो अवस्था पनि लगभग त्यस्तै थियो । म टोटनह्याम छाडेर बायर्न आएपछि मात्रै क्लब टाइटल जित्ने मौका पाएको थिएँ । म सधैं भन्थें यदि ह्यारीले कुनै समयमा टोटनह्याम छाडे भने क्लबस्तरमा उपाधि जित्ने अवसर पाउनेछन्,’ उनले भने ।

हाल बायर्न बुन्डेसलिगामा शीर्ष स्थानमा छ र डिफेन्डिङ च्याम्पियन बायर लेभरकुजेनभन्दा ६ अंकले अगाडि छ । बाँकी ६ खेल बाँकी रहेकोले केनको पहिलो करिअर ‘टाइटल’ जित्ने सम्भावना बलियो देखिन्छ । क्लिन्समान आफैंले कहिल्यै बालोन डी’ओर जित्न सकेनन् ।

तर, सन् १९९५ मा दोस्रो स्थानमा पुगेका थिए । ६० वर्षीय क्लिन्समानले हाँस्दै भने, ‘मैले त्यो पुरस्कार नजित्नुको कारण समयको असहयोग थियो, प्रतिभाको कमी होइन । त्यो वर्ष पहिलोपटक बालोन डी’ओर युरोप बाहिरका खेलाडीहरूलाई पनि खुला गरिएको थियो ।

त्यसपछि एक जना जर्ज वेआ आए, जसले एसी मिलानका लागि उत्कृष्ट प्रदर्शन गरे।’ लाइबेरियाका वेआ सन् १९९५ मा बालोन डी’ओर जित्ने पहिलो (२०२५ सम्म एक मात्र) अफ्रिकी खेलाडी बनेका थिए । हाल म्यानचेस्टर सिटी र स्पेनका मिडफिल्डर रोड्री बलोन डी’ओर विजेता हुन् ।

यस सिजनको अवार्ड आउँदो शरद ऋतुमा प्रदान गरिनेछ । यसबीच यता विश्व विजेता लियोनल मेसी र केभिन डि ब्रुएनाको सुपरस्टार जोडी बन्न लागेको चर्चा बढेको छ । इन्टर मियामीले केभिन डि ब्रुएनालाई अनुबन्ध गर्ने तयारी गरिरहेको छ ।

योसँगै लिओनल मेसीसँग उनको सुपरस्टार जोडी बन्ने सम्भावना बढेको हो । ३३ वर्षीय डि ब्रुएनाले गत साता यो सिजनको अन्त्यपछि इङ्लिस क्लब म्यानचेस्टर सिटीबाटमा विदा लिने घोषणा गरेका थिए ।

अब मायामीले उनलाई भित्र्याउने सम्भावनाको अध्ययन गरिरहेको छ । तर, अर्जेन्टिनी स्टार एञ्जल डि मारिया पनि मियामी भित्रिने सम्भावित खेलाडीको सूचीमा अगाडि छन् । अमेरिकन सकर लिग (एमएलएस) क्लबले यी दुईमध्ये एक जनालाई मात्र अनुबन्ध गर्ने बताइएको छ ।

डि मारिया मेसीका राष्ट्रिय टोलीका साथी हुन् र उनीहरूबीच निकै राम्रो मित्रता पनि छ । हाल डि मारिया पोर्चुगलको बेन्फिकामा खेलिरहेका छन् । यता पछिल्लो वर्ष डि ब्रुएनाप्रति साउदी प्रो लिगको चासो देखिएको थियो ।

तर, उनले सिटीमै आफ्नो १०औं सिजन खेल्ने निर्णय गरेका थिए । हाल मायामीसँग मेसी, सर्जियो बुस्केट्स र जोर्डी अल्बा गरी तीनजना ‘डिजिग्नेटेड प्लेयर’ (तलब सीमा बाहिरका खेलाडी) छन् । जसले गर्दा थप एकजना स्टार खेलाडी ल्याउन क्लबलाई योजना बनाउनुपर्नेछ ।

अहिले पनि क्लबमा मेस्सी र लुइज सुवारेजको जोडीलाई पनि दर्शकले रुचाएका छन् । अर्कातर्फ डि ब्रुएना सिटीसँगको अनुबन्ध ३० जुनमा समाप्त भएपछि स्वतन्त्र खेलाडी हुनेछन् । मायामीका सह–मालिक तथा अध्यक्ष बेकह्याम उनलाई फ्लोरिडा ल्याउने सोचमा छन्।

जुलाई २०२३ मा फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी)बाट मायामी आएका मेसी क्लबका मुख्य स्टार खेलाडी हुन् । जुलाईमा खुल्ने स्थानान्तरण विन्डोमार्फत मियामीले टोलिको दोस्रो आधा सिजनका लागि आवश्यक समायोजन गर्न सक्नेछ ।

यस सिजनको सुरुआतमा मायामीले खेलेका पहिलो ६ खेलमा अपराजित रहँदै राम्रो प्रदर्शन गरिरहेको छ । गत सिजन क्लबले स्पोट्र्स शिल्ड जितेको थियो। तर, प्लेअफमा एटलान्टा युनाइटेडसँग हार बेहोरेको थियो ।

Advertisement
Advertisement

स्पोट्र्स शिल्ड जितेको उपलब्धिपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले मेसी र उनको टोलीलाई यस समरको क्लब विश्वकपमा वाइल्डकार्ड प्रवेश दिएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top