NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कोशी–वाग्मती–गण्डकीका पहाडी भेगमा भारी वर्षा  बिहिबार भदौ ५ , २०८२
सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित बुधबार भदौ ४ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ बुधबार भदौ ४ , २०८२
नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा बुधबार भदौ ४ , २०८२
फिनल्याण्डका ३० वर्षीय सांसदले गरे संसदभित्रै आत्महत्या बुधबार भदौ ४ , २०८२
Next
Prev

समाचार

ह्यारी केनलाई बालोन डी’ओर ?मेसी र केभिनको जोडी

मङ्लबार चैत्र २६ , २०८१
Reading Time: 1 min read
A A
ह्यारी केनलाई बालोन डी’ओर ?मेसी र केभिनको जोडी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२६ चैत , एजेन्सी ।

बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनलाई आगामी बालोन डी’ओर अर्वाडको मुख्य दाबेदारमध्ये एक मानिनुपर्ने माग गरिएको छ । यस्तो माग जर्मनीका पूर्वस्ट्राइकर जुर्गेन क्लिन्समानले गरेका हुन् । सन् १९९० विश्वकप विजेता क्लिन्समानले भने, ‘बालोन डी ओरको शीर्ष तीनमा ह्यारी केन पक्कै पनि हुनु पर्छ।’

विश्वकै उत्कृष्ट फुटबल खेलाडीलाई दिइने यो अर्वाडका लागि उनले केनको सम्भावनालाई थप बलियो बनाउन च्याम्पियन्स लिगको अन्तिम चरणसम्मको यात्रा निर्णायक मानेका छन् । बायर्न च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा मंगलबार इन्टर मिलानसँग खेल्दैछ ।

LS Auto

‘कम्तीमा सेमिफाइनलमा पुग्यो र सम्भवतः च्याम्पियन्स लिग जिते भने बालोन डी’ओर पनि साथमै आउँछ,’ क्लिन्समानले लस एन्जलसस्थित आफ्नो घरबाट कुराकानी गर्दै बताएका छन् । केनले टोटनह्यामबाट बायर्नमा सर्दै गर्दा आफ्नो खेल जीवनसँग समानता देखिएको उनले उल्लेख गरे ।

‘क्लब स्तरमा मेरो अवस्था पनि लगभग त्यस्तै थियो । म टोटनह्याम छाडेर बायर्न आएपछि मात्रै क्लब टाइटल जित्ने मौका पाएको थिएँ । म सधैं भन्थें यदि ह्यारीले कुनै समयमा टोटनह्याम छाडे भने क्लबस्तरमा उपाधि जित्ने अवसर पाउनेछन्,’ उनले भने ।

हाल बायर्न बुन्डेसलिगामा शीर्ष स्थानमा छ र डिफेन्डिङ च्याम्पियन बायर लेभरकुजेनभन्दा ६ अंकले अगाडि छ । बाँकी ६ खेल बाँकी रहेकोले केनको पहिलो करिअर ‘टाइटल’ जित्ने सम्भावना बलियो देखिन्छ । क्लिन्समान आफैंले कहिल्यै बालोन डी’ओर जित्न सकेनन् ।

तर, सन् १९९५ मा दोस्रो स्थानमा पुगेका थिए । ६० वर्षीय क्लिन्समानले हाँस्दै भने, ‘मैले त्यो पुरस्कार नजित्नुको कारण समयको असहयोग थियो, प्रतिभाको कमी होइन । त्यो वर्ष पहिलोपटक बालोन डी’ओर युरोप बाहिरका खेलाडीहरूलाई पनि खुला गरिएको थियो ।

त्यसपछि एक जना जर्ज वेआ आए, जसले एसी मिलानका लागि उत्कृष्ट प्रदर्शन गरे।’ लाइबेरियाका वेआ सन् १९९५ मा बालोन डी’ओर जित्ने पहिलो (२०२५ सम्म एक मात्र) अफ्रिकी खेलाडी बनेका थिए । हाल म्यानचेस्टर सिटी र स्पेनका मिडफिल्डर रोड्री बलोन डी’ओर विजेता हुन् ।

यस सिजनको अवार्ड आउँदो शरद ऋतुमा प्रदान गरिनेछ । यसबीच यता विश्व विजेता लियोनल मेसी र केभिन डि ब्रुएनाको सुपरस्टार जोडी बन्न लागेको चर्चा बढेको छ । इन्टर मियामीले केभिन डि ब्रुएनालाई अनुबन्ध गर्ने तयारी गरिरहेको छ ।

योसँगै लिओनल मेसीसँग उनको सुपरस्टार जोडी बन्ने सम्भावना बढेको हो । ३३ वर्षीय डि ब्रुएनाले गत साता यो सिजनको अन्त्यपछि इङ्लिस क्लब म्यानचेस्टर सिटीबाटमा विदा लिने घोषणा गरेका थिए ।

अब मायामीले उनलाई भित्र्याउने सम्भावनाको अध्ययन गरिरहेको छ । तर, अर्जेन्टिनी स्टार एञ्जल डि मारिया पनि मियामी भित्रिने सम्भावित खेलाडीको सूचीमा अगाडि छन् । अमेरिकन सकर लिग (एमएलएस) क्लबले यी दुईमध्ये एक जनालाई मात्र अनुबन्ध गर्ने बताइएको छ ।

डि मारिया मेसीका राष्ट्रिय टोलीका साथी हुन् र उनीहरूबीच निकै राम्रो मित्रता पनि छ । हाल डि मारिया पोर्चुगलको बेन्फिकामा खेलिरहेका छन् । यता पछिल्लो वर्ष डि ब्रुएनाप्रति साउदी प्रो लिगको चासो देखिएको थियो ।

तर, उनले सिटीमै आफ्नो १०औं सिजन खेल्ने निर्णय गरेका थिए । हाल मायामीसँग मेसी, सर्जियो बुस्केट्स र जोर्डी अल्बा गरी तीनजना ‘डिजिग्नेटेड प्लेयर’ (तलब सीमा बाहिरका खेलाडी) छन् । जसले गर्दा थप एकजना स्टार खेलाडी ल्याउन क्लबलाई योजना बनाउनुपर्नेछ ।

अहिले पनि क्लबमा मेस्सी र लुइज सुवारेजको जोडीलाई पनि दर्शकले रुचाएका छन् । अर्कातर्फ डि ब्रुएना सिटीसँगको अनुबन्ध ३० जुनमा समाप्त भएपछि स्वतन्त्र खेलाडी हुनेछन् । मायामीका सह–मालिक तथा अध्यक्ष बेकह्याम उनलाई फ्लोरिडा ल्याउने सोचमा छन्।

जुलाई २०२३ मा फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी)बाट मायामी आएका मेसी क्लबका मुख्य स्टार खेलाडी हुन् । जुलाईमा खुल्ने स्थानान्तरण विन्डोमार्फत मियामीले टोलिको दोस्रो आधा सिजनका लागि आवश्यक समायोजन गर्न सक्नेछ ।

यस सिजनको सुरुआतमा मायामीले खेलेका पहिलो ६ खेलमा अपराजित रहँदै राम्रो प्रदर्शन गरिरहेको छ । गत सिजन क्लबले स्पोट्र्स शिल्ड जितेको थियो। तर, प्लेअफमा एटलान्टा युनाइटेडसँग हार बेहोरेको थियो ।

स्पोट्र्स शिल्ड जितेको उपलब्धिपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले मेसी र उनको टोलीलाई यस समरको क्लब विश्वकपमा वाइल्डकार्ड प्रवेश दिएका छन् ।

Tags: #अबको बालोन डी’ओर#बन्ला मेसी र डि ब्रुएनाको सुपरस्टार जोडी ?#बायर्न म्युनिख#ह्यारी केनलाई बालोन डी’ओर ?

लोकप्रीय

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशी–वाग्मती–गण्डकीका पहाडी भेगमा भारी वर्षा 

बिहिबार भदौ ५ , २०८२
सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित

सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित

बुधबार भदौ ४ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२

विचार

थप समाचार

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

कोशी–वाग्मती–गण्डकीका पहाडी भेगमा भारी वर्षा 

बिहिबार भदौ ५ , २०८२
सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित
खेलकुद

नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा
अन्तर्राष्ट्रिय

नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा

बुधबार भदौ ४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

00:14:58

World News: पाकिस्तानमा बाढीको महाविनाश, २०३६ अघि रुस शुक्रमा पुग्ने || Nepal Times

00:14:14

World News: जम्मू कश्मीरमा फेरि ‘क्लाउड ब्रष्ट’, पाकिस्तानमा बाढी–पहिरोमा ३५० जनाको ज्या*न गयो

00:12:41

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे

अब छुट्दै छन् बिपिन,बन्धक रिहा गर्न हमास सहमत

मङ्लबार भदौ ३ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

बाहिर सिंहजस्तै गर्जिए पनि, भित्रभित्रै आत्तिएका छन् रवि?

सोमवार भदौ २ , २०८२

हालका पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशी–वाग्मती–गण्डकीका पहाडी भेगमा भारी वर्षा 

बिहिबार भदौ ५ , २०८२
सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित

सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित

बुधबार भदौ ४ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.