×

NEPAL TIMES UPDATES

Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026

रवीन्द्र र धवलशमशेर थप १५ दिन हिरासतमा,बल्खुमा बखान

२५ चैत्र २०८१

२६ चैत ,काठमाण्डौ।

राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा पक्राउ गरिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित २० जनालाई अदालतले थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

Advertisement
Advertisement

राप्रपाले आजै खबरदारी सभामार्फत उनीहरुलाई तत्काल रिहा गर्न माग गरिरहेको अवस्थामा अदालतले अनुसन्धानका लागि थप १५ दिनको समय दिएको छ । उनीहरू अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् ।

तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा मिश्र र जबरा त्यसैदिन पक्राउ परेका थिए । मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायले उनीहरूलाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।

राज्यविरुद्ध कसुर गरेको आरोपमा मिश्र र जबरासहित २० जना थुनामा छन् । यसअघि उनीहरूविरुद्ध क्रमशः ५ दिन र ६ दिन म्याद थप गरिएको थियो । आपराधिक उपद्रव सम्बन्धी कसुरमा ५३ जना थुनामा छन् ।

सो घटनामा नेतृत्वदायी भूमिका खेलेको आरोप लागेका दुर्गा प्रसाई भने अहिले सम्म पक्राउ पर्न सकेका छैनन् । यता आज सभामा राप्रपाका नेता बुद्धिमान तामाङले पार्टीका नेताहरु धवलशमशेर राणा र रविन्द्र मिश्रहरु ढुंगा हान्ने, आगो लगाउने र तोडफोड गर्ने मानिस हुन् भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

खवरदारी सभालाई सम्बोधन गर्दै उनले यदि राणा र मिश्रहरुलाई संविधान विरोधी भनेर मुद्दा लगाउने हो भने प्रचण्ड र केपी ओलीहरुलाई पनि लगाउनुपर्ने बताए । उनले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले समेत संविधान विपरित अभिव्यक्ति र गतिविधि गरिरहेको बताए ।

‘माननीय धवनलशमशेर के ढुंगा हान्ने, आगो लगाउने र पसल लुट्ने मान्छे हो ? ’, प्रश्न गर्दै तामाङले भने, ‘गाउँलाई शहर बनाउने र देश कसरी विकास गर्न सकिन्छ भनेर प्रयास गर्ने मान्छे हो उहाँ । नेपालगञ्जमा उहाँले नै विकास गर्नुभएको छ ।’

तामाङले भने– तर उहाँहरुलाई आगो लगायो, तोडफोड गर्यो भनेर सरकारले झुठा आरोपसहित मुद्दा लगाएको बताए । त्यस्तै रविन्द्र मिश्र पनि त्यति लामो समय बीबीसीमा काम गरेर ख्याति कमाएको मानिसलाई सरकारले लगाएको आरोप सत्य हुनै नसक्ने उनको दावी थियो ।

यस्तै राप्रपाका नेता ज्ञानेन्द्रबहादुर शाहीले आफ्नो पार्टीका नेताहरूलाई झूटा मुद्दा लगाएर थुन्ने कोसिस गरिए लाखौँ जनताले गणतन्त्रवादी नेताहरूको घर घेर्ने चेतावनी दिएका छन्। खबरदारी सभालाई सम्बोधन शाहीले यस्तो चेतावनी दिएका हुन् ।

उनले आफ्नो पार्टीका नेताहरूलाई थुनिएको तर तीनकुने लगायत जडीबुटीमा आगजनी गर्ने पूर्व माओवादी कार्यकर्ता भएको पुष्टि भएको भन्दै गणतन्त्रवादीहरूले विभिन्न भ्रष्टाचार काण्ड मच्चाएको बताए । ‘यो १६ वर्षमा यिनीहरूले १४ वटा सरकार फेरे ।

१ हजार मन्त्री भए, करिब ३ हजार सांसद भए,३१ मुख्यमन्त्री र गाउँगाउँमा लुटेराहरूले देश लुटे’, उनले प्रश्न गर्दै भने ‘२५ वटा अस्पताल राजाले बनाए । यिनीहरूले के बनाए ? यसकैविरुद्ध हामीले आन्दोलन गरेका हौँ ।’

शाहीले गणतन्त्र आएपछि देशमा आर्थिक प्रगति भएको भनेर कांग्रेस एमाले र माओवादीलगायत गणतन्त्रवादी नेताहरूले बताउने गरे पनि भ्रष्टाचार र लुटतन्त्र मच्चाएर देश बर्बाद पारिरहेको आरोप लगाए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशका कारागारहरू सुविधाजनक बनाएर राख्न गणतन्त्रवादी नेताहरूलाई सुझाव दिएका छन् । आफ्ना पार्टीका नेताहरूलाई फरक मत राखेकै कारण जेल हालिएकोलाई इखको रुपमा लिएको बताए ।

लिङदेनले थुनामा रहेका नेताहरूलाई निशर्त छोड्न आग्रह गरे । राजा चाहिन्छ भनेकै आधारमा थुन्ने हो भने लाखौं मानिसहरु थुननि तयार रहेको भन्दै जेलहरु खाली गर्न सुझाव दिए । केपी ओली र रमेश लेखकजी, हाम्रा नेताहरू पक्राउ गरिएकोलाई हामीले ईखको रूपमा लिएका छौं ।

चुनाव जितेको जनताको प्रतिनिधिलाई खोरमा अपमानित ढंगले राख्नुभएको छ, हाम्रो उपाध्यक्षलाई हत्कडी लगाएर दुनियाँलाई देखिस् भनेर हिँडाउनुभएको छ । यसले हामी होचिएका छैनौं । ईखको रूपमा लिएका छौं ।

राजा चाहिन्छ भनेका कारण मानिसहरू थुन्ने हो भने हामी लाखौं थुनिन तयार छौं । हाम्रा लागि जेल खाली गर्नुस् । यो सँगसँगै याद राख्नुस्, तपाईंहरूले देशमा लुटतन्त्र मच्चाएर राख्नुभएको छ, त्यसलाई राम्रोसँग हेरेका छौं । तपाईंहरू जेल राम्रो बनाएर राख्नुस, पछि आफू नै बस्ने हो । त्यो दिन आउँछ आउँछ । त

पाईंहरु जीवनको उत्तराद्र्धमा जेल बस्ने नै हो । मन्त्री, प्रधानमन्त्री भएर बस्ने सुविधासम्पन्न क्वाटरमात्र होइन जीवनको उत्तराद्र्धमा बस्ने जेल पनि सुविधाजनक बनाएर राख्नुस् । म भन्न चाहन्छु सत्ता सँधैभरि तपाईंहरूको हातमा हुँदैन ।

Advertisement
Advertisement

जनता तपाईंको गोठको गाइवस्तु होइन । हाम्रा नेताहरूलाई निशर्त छोड्नुस । दुःख दिएँ, चाखिस् भन्नुहोला । जति दिन थुन्नुहुन्छ यो जनमत दिन दुईगुना रात चौगुना बढेर जान्छ । राजा चाहिन्छ हिन्दू, राष्ट्र चाहिन्छ भन्नु संगठित अपराध हो ?

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top