×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

लिङ्देनले हिरो नबन्नु भनेपछि #

२६ चैत्र २०८१

२६ चैत , काठमाण्डौ ।

राजसंस्थासहितको नविन समझदारीका लागि तयार हुन् भन्दै खबरदारी गर्न आन्दोलनमा होमिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन टाउको दुखाई बनेका छन् । पूर्वराजालाई समेत कसूरदार ठहराई सकेका बालेनले आफूहरुलाई पनि नछाड्ने भन्दै राजावादीहरु सचेत भएका छन् ।

Advertisement
Advertisement

गएको चैत १५को तीनकुने प्रर्दशनका क्रममा फोहोर गरेर वातावरण प्रदूषण गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई समेत करिब ८ लाखको जरिवाना पत्र काटेका बालेन आफूहरुलाई पनि पत्र काट्न सक्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बालेनलाई आफ्नो पार्टीले आयोजना गरेको सभामा फोहोर नगरिएको सन्देश दिएका छन् ।

राप्रपाले फोहोर गरेको भनेर पत्र नकाट्न उनले चेतावनी दिए । आजको सभामा आफ्नो भाषण सिध्याइसकेका लिङदेन एउटा कुरा भन्न छुटेछ भन्दै पुनः माइकमा फर्किएका थिए। उनले भने, ‘एउटा सुचना दिन बिर्सिएछ । हाम्रो बालेनजीलाई।। यो काठमाडामैं महानगरभित्र पर्छ होइन ? बालनजीलाई आजको कार्यक्रमका बारेमा धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु र हाम्रो साथीहरुलाई आफैं सफा गरेर जान आग्रह गर्छु । एउटा केही फोहोर रहनेवाला छैन । पत्रकार नागरिक समाजले अनुगमन गर्नुहोला, भोलि फोहोर गरेवापत भनेर चिठी नआओस ।’

लिङ्देन अघि पनि मञ्चबाट उद्घोषकले नै फोहोर नगर्न आग्रह गरेका थिए । पार्टी उपाध्यक्ष रोशन कार्कीको भाषण सकिएपछि उद्घोषकले पार्टीको सन्देश सुनाएका थिए । पानीको बोतल जथाभावी नफ्याँक्न उनले सहभागीहरुलाई निर्देशित गरेका थिए , उनले भनेका थिए, ‘एउटा सूचना प्राप्त भएको छ । अलिअलि गरम छ । साथी भाइहरुले पानी पिइराख्नुभएको होला । बोतललाई व्यवस्थित ढंगले राखिदिनुहोला । जथाभावी नफ्याँकिदिनु होला । फेरि एकजना पत्र काट्न तयार भएर बसेको छ । त्यो पत्र आउँछ । पानीको बोतल तपाईंले बोक्नुभएको भए पनि तपाईंको नाम थाहा नभएर राप्रपामा पत्र आउँछ । किन राप्रपालाई पत्र काट्ने बनाउनुहुन्छ ? राष्ट्रवादी कसरी कार्यक्रम गर्छन् भन्ने दृष्टान्त पनि दिनुछ ।’

लिङदेन र आयोजकको फोहोररहित बनाउने सुचना र त्यसको कार्यान्वयनबाट बालेनपनि खुशी भएका छन् । राप्रपाको कार्यक्रम फोहोररहित भएपछि बालेनले धन्यवादसहित भनेका छन्, कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुदैन । सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ । राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ ।

यसअघि महानगरबाट बालेनले पूर्वराजालाई चैत १५ को काठमाडौं तीनकुनेको राजा फर्काउने भनिएको आन्दोलनका क्रममा ज्ञानेन्द्रकै निर्देशनमा राजावादी प्रदर्शन भएको भन्दै महानगरको क्षेत्राधिकारभित्रका सार्वजनिक सम्पत्तिमा तोडफोड गरेको र फोहोरमैला गरेको भन्दै ७ लाख ९३ हजार जरिवाना तोकेका थिए ।

तर काठमाडौं महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरिएको जरिवाना तोकेको पत्र निर्मल निवासले फर्काइदिएको थियो । सो जरिवाना पत्र महानगरले हुलाक मार्फत पठाएको छ। तीनकुने प्रर्दशनका क्रममा पूर्वराजालाई जरिवना पत्र काटिएको भन्दै लिङदेनसहित राजावादीहरुले बालेनको आलोचना गर्दै आएका छन् ।

यसअघि बालेनले फागुन २५ को ज्ञानेन्द्रको स्वागत गर्ने कार्यक्रममा समेत फोहोर गरिएको भन्दै राप्रपालाई १ लाख जरिवाना तिराएका थिए । सो जरिवाना पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले नै बुझाएका थिए ।

Advertisement

त्यसअघि एमालेले दरबारमार्गमा गरेको शक्ति प्रर्दशनमा समेत फोहोर गरेको भन्दै १ लाख जरिवानाको पत्र काटिएको थियो । तर एमालेले अहिलेसम्म पनि त्यो जरिवाना तिरेको छैन् ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top