×

NEPAL TIMES UPDATES

Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुदन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026

राजावादीले अब सामूहिक गिरफ्तारी दिने, माग राजा होइन

२६ चैत्र २०८१

२६ चैत , काठमाण्डौ ।
राजसंस्था पुनःस्थापनाका लागि जारी रहेको राजावादीहरुको आन्दोलनले थप तरंग निम्त्याउने संभावना देखिएको छ । राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले तीनकुने आन्दोलनपछि समातिएका नेताहरूलाई रिहा नगरे सामूहिक गिरफ्तारी दिने घोषणा गरेका छन् ।

उनले उनीहरुलाई रिहा गर्नका लागि सरकारलाई वैशाख २१ गतेसम्मको अल्टिमेटम दिएका छन् । सरकारले आफूहरूको माग सुनवाइ नगरेको खण्डमा २२ गते सामूहिक गिरफ्तारी दिने उनले घोषणा गरेका छन् ।

Advertisement
Advertisement

आज समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा गुरुङले सो घोषणा गरेका हुन् । उनले सामूहिक गिरफ्तारीका लागि सबैभन्दा अगाडि आफू उभिने समेत बताए । गुरुङले भने, ‘वैशाख २१ गतेसम्म नवराज सुवेदीको नजरबन्द फुकुवा र हाम्रा साथीहरूको मुद्दा खारेज गरेर रिहाइ भएन भने २२ गते तीनकुनेमा सहादत प्राप्त भएका वीर सहिदको रगत लत्पतिएको माटोको टीका लगाएर सामूहिक गिरफ्तारी दिनेछौं । हामी ज्यानको माया मारेर अगाडि बढ्ने छौं । सबैभन्दा अगाडि म हुन्छ । तपाईंहरू को–को आउनुहुन्छ आउनुस्।’

आफूहरूको आन्दोलन भद्र अवज्ञा स्वरूपको हुने उनले प्रष्ट पारे । गुरुङले थ पभनेका छन्, ‘केही साथीहरू सशस्त्र आन्दोलनको कुरा पनि गर्नुहुन्छ । तर, अहिले सशस्त्र आन्दोलनको अवस्था होइन । महात्मा गान्धीले भद्र अवज्ञा आन्दोलन गरेर नै अंग्रेजलाई जितेका थिए । हामी पनि भद्र अवज्ञामा जान्छौं । २१ गते घोषणा हुन्छ ।’

तीनकुने घटनामा सम्लग्न रहेको भन्दै सरकारले राप्रपामा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेरसहित ६० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको छ । मिश्र र धवलसहितलाई हिजो मात्रै थप अनुसनधान गर्नका लागि अदालतले थप १५ दिनको समय दिएको छ ।

राज्यविरुद्ध कसुर गरेको आरोपमा मिश्र र जबरासहित २० जनालाई अनुसन्धानका लागि समय थप गरिएको हो । यसअघि उनीहरूविरुद्ध क्रमशः ५ दिन र ६ दिन म्याद थप गरिएको थियो । यस्तै जगमानले तीनकुने आन्दोलनपछि राजावादीहरू भागे भन्ने गलत हल्ला फैलिएको उनले बताए ।

‘राजावादी डराएर भागे भन्ने हल्ला फैलिएको छ । राजा अब आउँदैन भन्ने छ । तर, त्यो होइन । हामी आन्दोलनमै छौं । पछि हटेका छैनौं,’ उनले भनेका छन् । हिजो मात्रै पनि राप्रपाले जनदबाबसभाको आयोजना गरी पक्राउ परेका आफ्ना नेताहरुलाई तत्काल रिहा गर्न माग गरेको छ ।

सभामा राप्रपाका नेता बुद्धिमान तामाङले पार्टीका नेताहरु धवलशमशेर राणा र रविन्द्र मिश्रहरु ढुंगा हान्ने, आगो लगाउने र तोडफोड गर्ने मानिस हुन् भन्दै सरकारलाई प्रश्न गरेका छन् । खवरदारी सभालाई सम्बोधन गर्दै उनले यदि राणा र मिश्रहरुलाई संविधान विरोधी भनेर मुद्दा लगाउने हो भने प्रचण्ड र केपी ओलीहरुलाई पनि लगाउनुपर्ने बताए ।

उनले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले समेत संविधान विपरित अभिव्यक्ति र गतिविधि गरिरहेको बताए । यस्तै राप्रपाका नेता ज्ञानेन्द्रबहादुर शाहीले आफ्नो पार्टीका नेताहरूलाई झूटा मुद्दा लगाएर थुन्ने कोसिस गरिए लाखौँ जनताले गणतन्त्रवादी नेताहरूको घर घेर्ने चेतावनी दिएका छन् ।

उनले आफ्नो पार्टीका नेताहरूलाई थुनिएको तर तीनकुने लगायत जडीबुटीमा आगजनी गर्ने पूर्व माओवादी कार्यकर्ता भएको पुष्टि भएको भन्दै गणतन्त्रवादीहरूले विभिन्न भ्रष्टाचार काण्ड मच्चाएको बताए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशका कारागारहरू सुविधाजनक बनाएर राख्न गणतन्त्रवादी नेताहरूलाई सुझाव दिएका छन् । आफ्ना पार्टीका नेताहरूलाई फरक मत राखेकै कारण जेल हालिएकोलाई इखको रुपमा लिएको बताए ।

लिङदेनले थुनामा रहेका नेताहरूलाई निशर्त छोड्न आग्रह गरेका छन् । राजा चाहिन्छ भनेकै आधारमा थुन्ने हो भने लाखौं मानिसहरु थुनिन तयार रहेको भन्दै जेलहरु खाली गर्न सुझाव दिएका छन् ।

केपी ओली र रमेश लेखकजी, हाम्रा नेताहरू पक्राउ गरिएकोलाई हामीले ईखको रूपमा लिएका छौं । उनले भनेका छन्, चुनाव जितेको जनताको प्रतिनिधिलाई खोरमा अपमानित ढंगले राख्नुभएको छ, हाम्रो उपाध्यक्षलाई हत्कडी लगाएर दुनियाँलाई देखिस् भनेर हिँडाउनुभएको छ ।

यसले हामी होचिएका छैनौं । ईखको रूपमा लिएका छौं । राजा चाहिन्छ भनेका कारण मानिसहरू थुन्ने हो भने हामी लाखौं थुनिन तयार छौं । हाम्रा लागि जेल खाली गर्नुस् । चैत १५ को तीनकुनको प्रर्दशन हिसांत्मक र अराजक बनेको थियो ।

प्रहरीले अश्रुल ग्यास, पानीको फोहोरा र गोली नै प्रहार गरेपनि तितरवितर भएका राजावादीहरु आगजनी, तोडफोड र लुटपाटमा समेत सम्लग्न भएका थिए । सो घटनामा २ जनाको ज्यान गएको छ भने दजर्नाै घाइते भएका छन् ।

तीनकुनेकै प्रर्दशनमा जनकमाण्डर बनेका दुर्गा प्रसाईँ भने अहिले प्रहरीको फरार सूचीमा छन् । तीनकुने प्रर्दशन सरकारले बिथोलेको राजावादीहरुले आरोप लगाएका छन् भने सरकारले यसको सम्पूर्ण जिम्मा पूर्वराजाले लिनुपर्ने निष्कर्ष निकालेको छ ।

Advertisement

भर्खरको समाचार

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

सम्बन्धित खबरहरु

Scroll to Top