NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
देउवाले राजनीतिक विश्राम लिनेमा शंका  मङ्लबार असार १७ , २०८२
रौनको कीर्तिमानी शतक र विपिनको बलिङले नेपालको शानदार जित मङ्लबार असार १७ , २०८२
इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन मङ्लबार असार १७ , २०८२
पेट्रोल ५ र डिजल ४ रूपैयाँले महँगियो, हवाई भाडा बढ्ने मङ्लबार असार १७ , २०८२
सार्कको ठाउँमा चिनियाँ नेतृत्वमा नयाँ संगठन मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

राजावादीले अब सामूहिक गिरफ्तारी दिने, माग राजा होइन

बुधबार चैत्र २७ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
लिङ्देनले हिरो नबन्नु भनेपछि #
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२६ चैत , काठमाण्डौ ।
राजसंस्था पुनःस्थापनाका लागि जारी रहेको राजावादीहरुको आन्दोलनले थप तरंग निम्त्याउने संभावना देखिएको छ । राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले तीनकुने आन्दोलनपछि समातिएका नेताहरूलाई रिहा नगरे सामूहिक गिरफ्तारी दिने घोषणा गरेका छन् ।

उनले उनीहरुलाई रिहा गर्नका लागि सरकारलाई वैशाख २१ गतेसम्मको अल्टिमेटम दिएका छन् । सरकारले आफूहरूको माग सुनवाइ नगरेको खण्डमा २२ गते सामूहिक गिरफ्तारी दिने उनले घोषणा गरेका छन् ।

आज समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा गुरुङले सो घोषणा गरेका हुन् । उनले सामूहिक गिरफ्तारीका लागि सबैभन्दा अगाडि आफू उभिने समेत बताए । गुरुङले भने, ‘वैशाख २१ गतेसम्म नवराज सुवेदीको नजरबन्द फुकुवा र हाम्रा साथीहरूको मुद्दा खारेज गरेर रिहाइ भएन भने २२ गते तीनकुनेमा सहादत प्राप्त भएका वीर सहिदको रगत लत्पतिएको माटोको टीका लगाएर सामूहिक गिरफ्तारी दिनेछौं । हामी ज्यानको माया मारेर अगाडि बढ्ने छौं । सबैभन्दा अगाडि म हुन्छ । तपाईंहरू को–को आउनुहुन्छ आउनुस्।’

आफूहरूको आन्दोलन भद्र अवज्ञा स्वरूपको हुने उनले प्रष्ट पारे । गुरुङले थ पभनेका छन्, ‘केही साथीहरू सशस्त्र आन्दोलनको कुरा पनि गर्नुहुन्छ । तर, अहिले सशस्त्र आन्दोलनको अवस्था होइन । महात्मा गान्धीले भद्र अवज्ञा आन्दोलन गरेर नै अंग्रेजलाई जितेका थिए । हामी पनि भद्र अवज्ञामा जान्छौं । २१ गते घोषणा हुन्छ ।’

तीनकुने घटनामा सम्लग्न रहेको भन्दै सरकारले राप्रपामा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेरसहित ६० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको छ । मिश्र र धवलसहितलाई हिजो मात्रै थप अनुसनधान गर्नका लागि अदालतले थप १५ दिनको समय दिएको छ ।

राज्यविरुद्ध कसुर गरेको आरोपमा मिश्र र जबरासहित २० जनालाई अनुसन्धानका लागि समय थप गरिएको हो । यसअघि उनीहरूविरुद्ध क्रमशः ५ दिन र ६ दिन म्याद थप गरिएको थियो । यस्तै जगमानले तीनकुने आन्दोलनपछि राजावादीहरू भागे भन्ने गलत हल्ला फैलिएको उनले बताए ।

‘राजावादी डराएर भागे भन्ने हल्ला फैलिएको छ । राजा अब आउँदैन भन्ने छ । तर, त्यो होइन । हामी आन्दोलनमै छौं । पछि हटेका छैनौं,’ उनले भनेका छन् । हिजो मात्रै पनि राप्रपाले जनदबाबसभाको आयोजना गरी पक्राउ परेका आफ्ना नेताहरुलाई तत्काल रिहा गर्न माग गरेको छ ।

सभामा राप्रपाका नेता बुद्धिमान तामाङले पार्टीका नेताहरु धवलशमशेर राणा र रविन्द्र मिश्रहरु ढुंगा हान्ने, आगो लगाउने र तोडफोड गर्ने मानिस हुन् भन्दै सरकारलाई प्रश्न गरेका छन् । खवरदारी सभालाई सम्बोधन गर्दै उनले यदि राणा र मिश्रहरुलाई संविधान विरोधी भनेर मुद्दा लगाउने हो भने प्रचण्ड र केपी ओलीहरुलाई पनि लगाउनुपर्ने बताए ।

उनले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले समेत संविधान विपरित अभिव्यक्ति र गतिविधि गरिरहेको बताए । यस्तै राप्रपाका नेता ज्ञानेन्द्रबहादुर शाहीले आफ्नो पार्टीका नेताहरूलाई झूटा मुद्दा लगाएर थुन्ने कोसिस गरिए लाखौँ जनताले गणतन्त्रवादी नेताहरूको घर घेर्ने चेतावनी दिएका छन् ।

उनले आफ्नो पार्टीका नेताहरूलाई थुनिएको तर तीनकुने लगायत जडीबुटीमा आगजनी गर्ने पूर्व माओवादी कार्यकर्ता भएको पुष्टि भएको भन्दै गणतन्त्रवादीहरूले विभिन्न भ्रष्टाचार काण्ड मच्चाएको बताए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशका कारागारहरू सुविधाजनक बनाएर राख्न गणतन्त्रवादी नेताहरूलाई सुझाव दिएका छन् । आफ्ना पार्टीका नेताहरूलाई फरक मत राखेकै कारण जेल हालिएकोलाई इखको रुपमा लिएको बताए ।

लिङदेनले थुनामा रहेका नेताहरूलाई निशर्त छोड्न आग्रह गरेका छन् । राजा चाहिन्छ भनेकै आधारमा थुन्ने हो भने लाखौं मानिसहरु थुनिन तयार रहेको भन्दै जेलहरु खाली गर्न सुझाव दिएका छन् ।

केपी ओली र रमेश लेखकजी, हाम्रा नेताहरू पक्राउ गरिएकोलाई हामीले ईखको रूपमा लिएका छौं । उनले भनेका छन्, चुनाव जितेको जनताको प्रतिनिधिलाई खोरमा अपमानित ढंगले राख्नुभएको छ, हाम्रो उपाध्यक्षलाई हत्कडी लगाएर दुनियाँलाई देखिस् भनेर हिँडाउनुभएको छ ।

यसले हामी होचिएका छैनौं । ईखको रूपमा लिएका छौं । राजा चाहिन्छ भनेका कारण मानिसहरू थुन्ने हो भने हामी लाखौं थुनिन तयार छौं । हाम्रा लागि जेल खाली गर्नुस् । चैत १५ को तीनकुनको प्रर्दशन हिसांत्मक र अराजक बनेको थियो ।

प्रहरीले अश्रुल ग्यास, पानीको फोहोरा र गोली नै प्रहार गरेपनि तितरवितर भएका राजावादीहरु आगजनी, तोडफोड र लुटपाटमा समेत सम्लग्न भएका थिए । सो घटनामा २ जनाको ज्यान गएको छ भने दजर्नाै घाइते भएका छन् ।

तीनकुनेकै प्रर्दशनमा जनकमाण्डर बनेका दुर्गा प्रसाईँ भने अहिले प्रहरीको फरार सूचीमा छन् । तीनकुने प्रर्दशन सरकारले बिथोलेको राजावादीहरुले आरोप लगाएका छन् भने सरकारले यसको सम्पूर्ण जिम्मा पूर्वराजाले लिनुपर्ने निष्कर्ष निकालेको छ ।

Tags: #राजावादीको आन्दोलन सम्हाल्नै नसकिने ?#राजावादीले अब सामूहिक गिरफ्तारी दिने#सामूहिक गिरफ्तारी

लोकप्रीय

चैत १५मा गणतन्त्रवादी र राजतन्त्रवादीको भेट

देउवाले राजनीतिक विश्राम लिनेमा शंका 

मङ्लबार असार १७ , २०८२
रौनको कीर्तिमानी शतक र विपिनको बलिङले नेपालको शानदार जित

रौनको कीर्तिमानी शतक र विपिनको बलिङले नेपालको शानदार जित

मङ्लबार असार १७ , २०८२
इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन

इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन

मङ्लबार असार १७ , २०८२

विचार

चैत १५मा गणतन्त्रवादी र राजतन्त्रवादीको भेट

देउवाले राजनीतिक विश्राम लिनेमा शंका 

मङ्लबार असार १७ , २०८२
रौनको कीर्तिमानी शतक र विपिनको बलिङले नेपालको शानदार जित

रौनको कीर्तिमानी शतक र विपिनको बलिङले नेपालको शानदार जित

मङ्लबार असार १७ , २०८२
इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन

इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन

मङ्लबार असार १७ , २०८२

थप समाचार

चैत १५मा गणतन्त्रवादी र राजतन्त्रवादीको भेट
ताजा समाचार

देउवाले राजनीतिक विश्राम लिनेमा शंका 

मङ्लबार असार १७ , २०८२
रौनको कीर्तिमानी शतक र विपिनको बलिङले नेपालको शानदार जित
खेलकुद

रौनको कीर्तिमानी शतक र विपिनको बलिङले नेपालको शानदार जित

मङ्लबार असार १७ , २०८२
इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन
खेलकुद

इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन

मङ्लबार असार १७ , २०८२
पेट्रोल ५ र डिजल ४ रूपैयाँले महँगियो, हवाई भाडा बढ्ने
आर्थिक

पेट्रोल ५ र डिजल ४ रूपैयाँले महँगियो, हवाई भाडा बढ्ने

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

चैत १५मा गणतन्त्रवादी र राजतन्त्रवादीको भेट

देउवाले राजनीतिक विश्राम लिनेमा शंका 

मङ्लबार असार १७ , २०८२
रौनको कीर्तिमानी शतक र विपिनको बलिङले नेपालको शानदार जित

रौनको कीर्तिमानी शतक र विपिनको बलिङले नेपालको शानदार जित

मङ्लबार असार १७ , २०८२
इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन

इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.