×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

२८ चैत्र २०८१

२९ चैत , काठमाण्डौ।

चैत १५को घटनापछि प्रहरीको सर्वाधिक खोजीमा रहेका राजसंस्था पर्नस्थापन समितिका जनकमाण्डर बनेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अन्ततः प्रहरीको नियन्त्रणमा परेका छन् ।

Advertisement
Advertisement

नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले प्रसाईंलाई भारतको असामबाट पक्राउ गरेर काठमाडौं ल्याइपुर्याएको छ। बिहीबार साँझ ब्युरोको टोलीले प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई असामको बास्काबाट पक्राउ गरेको नेपाल प्रहरीले पुष्टि गरेको छ।

तर बिहीबार प्रसाईँ पक्राउ परेको खबर बाहिरिएपछि नेपाल प्रहरीले उनी पक्राउ नपरेको भन्दै झुटो वित्रपित् जारी गरेको थियो । आज फेरि प्रहरीले उनी अंगरक्षकसहित पक्राउ परेको विज्ञप्ति जारी गरेको छ ।

नेपाल र भारतबीच सुपुर्दगी सन्धि नभएका कारण प्रहरीले प्रसाईं पक्राउको बचाउ गरेको थियो । प्रसाईंलाई आज विहान झापाको भद्रपुरबाट औपचारिक रुपमा पक्राउ गरिएको प्रहरी प्रवक्ता एवं डीआईजी दिनेश आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भद्रपर प्रहरीलाई उनलाई जिल्ला प्रहरी कार्यालय पुर्याएर आजै काठमाडौं पठाएको छ। हत्कडीसहित भद्रपुर विमानस्थलमा पुर्याइएका प्रसाइँको हतकडी विमानमा भने खोलिएको थियो । उनले विमानस्थलमा पनि आफ्ना समर्थकहरुलाइ हात हल्लाएका थिए ।

भारतबाट नेपाल भित्र्याउदै गर्दा पनि उनका समर्थकहरुले झापाको मेचीपुलमा नाराबाजी गरेका थिए । यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले आयोजना गरेको प्रदर्शन हिंसामा परिणत भएको थियो । प्रसाईं प्रदर्शनका ‘कमान्डर’ थिए ।

अन्ततः प्रसाईं अराजक प्रदर्शन भएको १४ दिनमा पक्राउ परेका छन् । प्रदर्शनक्रममा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो । प्रदर्शनकारीले एक निजी घरमा आगजनी गर्दा जलेर पत्रकार सुरेश रजकको ज्यान गएको थियो ।

प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन १०० भन्दा बढी राउन्ड गोली चलाएको थियो । त्यस दिन प्रसाईं प्रहरीको ज्यान लिने शैलीमा गाडी कुदाउँदै बानेश्वर पुगेका थिए । प्रदर्शन हिंसात्मक भएपछि उनी भागे । भागेर प्रसाईंसहित उनका अंगरक्षक खड्का भारत पुगेका थिए ।

चैत १५ गते रातिदेखि नै ब्युरोको टोली प्रसाईंको खोजीमा लागेको थियो । प्रसाईं चैत १५ गते ललितपुरस्थित आफ्ना गुरु पुष्कर खतिवडाको घर पुगेको खुलेको थियो । पुष्करलाई ब्युरोकै टोलीले यसअघि नै पक्राउ गरिसकेको छ ।

प्रसाईं त्यही दिन राति फलफूल खाएर पुष्करको घरबाट बाहिरिएका थिए । प्रहरी अधिकारीका अनुसार, दुर्गा प्रसाईं सुरुमा नेपालबाट भारतको उत्तर प्रदेशस्थित प्रयागराज पुगेका थिए । प्रयागराजमा केही दिन बसेर उनी लखनऊ पुगेको खुलेको छ ।

नेपाल प्रहरीको टोली आफ्नो खोजीका निम्ति लखनऊ आएको सुइँको पाएपछि प्रसाईं त्यहाँबाट समेत भागेर नयाँ दिल्ली पुगेका थिए । प्रहरी अधिकारीका अनुसार, दिल्लीमा उनले भारतीय हिन्दु संगठन आरएसएसका केही उच्च तहका नेताकामा आश्रय खोजेका थिए ।

तर, आश्रय नपाएपछि असुरक्षित ठानेर उनी भारतकै राजस्थान पुगे । त्यहाँबाट असम आएका हुन् । त्यति बेलासम्म नेपाली प्रहरीको टोली उनलाई खोज्न भारतका विभिन्न ठाउँ पुगिसकेको थियो ।

प्रहरी प्रधान कार्यालयले आईजीपीको सिधा सम्पर्कमा खटिने विशेष ब्युरोका प्रमुख एवं डीआईजी सिद्धिविक्रम शाहलाई त्यसनिम्ति खटाएको थियो । शाह नेतृत्वको प्रहरी टोली भारतका विभिन्न सहर पुगेको थियो ।

प्रहरीस्रोतका अनुशार ब्युरोबाहेक उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली समेत भारत पुगेको थियो । अनुसन्धान कार्यालयको टोलीको ‘कमान्ड’ एसपी अंगुर जिसीले गरेका थिए ।

प्रसाईंबाहेक हिंसात्मक प्रदर्शन आरोपमा यसअघि प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवलशमशेर राणासहितलाई पक्राउ गरेको छ । उनीहरूमाथि राज्यविरुद्धको कसुर र संगठित अपराध मुद्दामा अनुसन्धान भइरहेको छ ।

प्रसाईंमाथि समेत प्रहरीले यही मुद्दामा अनुसन्धान गर्नेछ । मिश्र र राणासहितलाई अदालतले अनुशन्धानका लागि थप १५ दिनको समय दिएको छ । यता प्रसाई पक्राउ परेपछि प्रमुख सत्तारुढ दल नेकपा एमालेले अब पूर्वराजा ज्ञानेन्द्रलाई पनि कानूनी कारबाही गर्न माग गरेको छ ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौँलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि जवाफदेहिताको तहमा पनि ल्याइनुपर्ने बताएका हुन् । चैत १५ गते राजावादीहरुको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईले प्रहरीलाई मार्ने उद्देश्यले गाडी चलाएको दाबी गरेका छन् ।

कानून समितिको बैठकमा बोल्दै मार्ने उद्देश्यले प्रहरीमाथि गाडी चढाउन खोज्दा समेत प्रहरीले शालिनता प्रस्तुत गरेको बताए। उनले भने, ‘त्यहाँ ठूलो मानवीय क्षति हुनसक्ने हामीले भिडिओहरुबाट देख्छौं । दुर्गा प्रसाईंजी प्रहरीको नियन्त्रणमा आइपुगेको भन्ने हामीले सुनेका छौं ।

कोही कसैलाई पनि उन्मुक्ति नहोस्, कानून बमोजिम कारवाहीको दायरामा ल्याउनले कुरामा सरकारको दृढतापूर्वक पहलकदमी होस्।’ उनले भने, ‘फागुन ७ गते पूर्वराजाले जुन आह्वान गर्नुभयो । उहाँले बेला आएको जनताहरुले साथ दिनुपर्छ भन्नुभएको छ।

त्यसपछि घटनाहरु प्रारम्भ भएको देखिन्छ। यति ठूलो घटना हुँदा उहाँले सार्वजनिक गरेको आह्वानबाट उत्साही भएर जे घटना भइरहेका छन्, त्यो घटनासँग जोडेर कुनै प्रतिक्रिया दिनुभएको छ।

Advertisement

उनले पूर्वराजाबारे पनि सार्वजनिक प्रश्न उठेको बताए । यसअघि राप्रपा, रास्वपा बाहेकको सर्वदलीय बैठकमा पनि तीनकुने घटनाको जिम्मा पूर्वराजाले लिनु पर्ने निष्कर्ष निकालिएको थियो ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top