×

NEPAL TIMES UPDATES

Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026

प्रहरीले प्रसार्ईँका लागि झुट्टो विज्ञप्ति किन निकाल्यो ?

२८ चैत्र २०८१

२९ चैत , काठमाण्डौ।

बिहीबार राती ९ बजेपछि नेपालका सबैजसो अनलाइन मिडियाहरूमा दुर्गा प्रसाईँ भारतमा पक्राउ भन्ने समाचार आउन थाले । त्यो समाचार एकै छिनमा जङ्गलमा डढेलो सल्के जस्तै सबै तिर पुग्यो । त्यस लगतै दुर्गा प्रसाईँको सचिवालयले सामाजिक सञ्जालमा प्रसाईँलाई प्रहरीले पक्राउ गरेको नभइ प्रहरी समक्ष आत्मासमर्पण गरेको दाबी गर्याे ।

Advertisement

त्यसको केही समयपछि नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयबाट प्रेस विज्ञप्ति जारी भयो र भनियो दुर्गा प्रसाईँ पक्राउ भन्ने शीर्षकमा विभिन्न सञ्चार माध्यममा प्रकाशन भएका समाचार असत्य हुन् प्रहरीले प्रसाईँलाई खोजी रहेको छ पक्राउ गरेका छैन ।

त्यसको लगतै अर्को एउटा विज्ञप्ति आयो राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त राष्ट्रिय जनआन्दोलन समितिको । विज्ञप्तिमा भनियो, प्रसाईँले ज्यान जोगाउनका लागि भारतको आसाममा भारतीय प्रहरी समक्ष आत्मासमर्पण गरे ।

त्यसपछि माननीय ज्ञानेन्द्र शाहीदेखि सबै जना मिडिया विरुद्ध खनिए । हावा समाचार दिने भन्दै धेरैले गाली गर्न भ्याए । यो सबै मध्यरातसम्म नियालिरहेका आम सर्वसाधारण रणभूल्लमा पर्नु स्वभाविक थियो ।

सर्वसाधारण मात्रै होइन नेपालका संचारमाध्यामहरु समेत यो सूचनाको विषयमा दुविधामा रहे । धेरैले प्रहरीको विज्ञप्ति पछि समाचार नै हटाए । तर सर्वसाधारण र राजावादीहरुको आँखामा धुलो छल्नेगरी प्रहरीले जुन विज्ञप्ति जारी गर्याे।

त्यसलाई नपत्याई आफ्नै प्रहरी भित्रको गोप्य स्रोतलाई विश्वास गरेर प्रसाईँ पक्राउ परेकोमा केही संचारमाध्यामहरु विश्वस्त थिए । त्यस भित्रको एक थियो नेपाल टाइम्स । वास्तवमा दुर्गा प्रसाईँ भारतको आसाममा पक्राउ परि सकेका थिए ।

तर किन प्रहरीले पक्राउ नै गरेको छैन भन्दै विज्ञप्ति निकाल्यो त ? नेपाल र भारत बिच सुपुर्दगी सन्धि नभएकाले प्रसाईँलाई नेपाली भूमिमै ल्याएर पक्राउ गर्नु पर्ने बाध्यता त थियो । तर सञ्चार माध्यममा आएका कुरालाई किन विज्ञप्ति नै निकालेर प्रहरीलाई खण्डन गर्नु प¥यो त ?

एक पूर्व प्रहरी अधिकृत भन्छन् हिजो रातीको प्रहरीको विज्ञप्ति अपरिक्ताको पराकाष्ठा हो । मान्छे पक्राउ परेको छ । भोलि बिहान उज्यालो हुँदा नेपाल आइ पुग्छ । अनि किन त्यसमा बाठो भएर के के न होला जस्तो गरेर विज्ञप्ति निकाल्नु प¥यो ? यसले प्रहरीमाथिको विश्वास गुमाएको छ ।

अबका दिनमा प्रहरीले जारी गरेका विज्ञप्ति कसरी पत्याउनु ?यसले गर्दा प्रहरीप्रतिको जनविश्वास घट्यो कि बढ्यो ? यो मात्र हैन तीनकुनेको घटनापछि पनि आवश्यक नै नरहेको पत्रकार सम्मेलन गर्ने भएर प्रहरी प्रधान कार्यालय विवादमा तानियो ।

यस्ता कुरामा नेतृत्वकर्ताले अनुभवी सँग सल्लाह लिनु पर्नेमा सबै मै जान्ने छु भनेर हिँड्दा यस्तै हुन्छ,पूर्व प्रहरी अधिकारीले भनेका छन् । नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले प्रसाईँलाई भारतको असमबाट पक्राउ गरेको हो ।

बिहीबार साँझ ब्युरोको टोलीले प्रसाईँ र उनका अङ्गरक्षक दीपक खड्कालाई असमको बास्कामा पक्राउ गरेको थियो । तर, नेपाल र भारतबिच सुपुर्दगी सन्धि नभएका कारण प्रहरीले प्रसाईँ पक्राउको हैन भन्दै बचाउ विज्ञप्ति नै बिहीबार राती विज्ञप्ति निकाल्यो ।

सुपुर्दगी सन्धि भनेको दुई वा बढी देशहरूको बिचमा भएको एक सम्झौतामा आधारित सम्झौता हो जसले एक देशमा अपराध गरेको व्यक्तिलाई अर्को देशमा सुपुर्द गर्ने प्रक्रिया निर्धारण गर्दछ ।

जब कुनै व्यक्तिले एउटा देशमा अपराध गरेको छ र अर्को देशमा भागेर जान्छ, तब सो व्यक्ति त्यस देशमा पुनः पक्राउ गरी अदालतमा पेस गर्नका लागि सुपुर्दगी सन्धि आधारमा माग गर्न सकिन्छ । यदि कुनै व्यक्तिले नेपालमा अपराध गरी भारततिर भाग्छ, सुपुर्दगी सन्धि नभएकाले ती अपराधीलाई सजिलै फर्काउन गाह्रो हुन्छ ।

दुई देश बिच यो सन्धि नहुँदा मानव तस्करी, सुन तस्करी, लागूपदार्थ कारोबारजस्ता अन्तर देशीय अपराधहरूमा वृद्धि हुनुका साथै अपराधिहरुलाई एउटा देशमा अपराध गरेर अर्को देश लुक्न सजिलो भई रहेको छ ।

यदि कुनै ठुलो अपराधी एक देशमा बसेर अर्को देशविरुद्ध गतिविधि गर्छ भने, सन्धिको अभावमा कूटनीतिक तनाव आउन सक्छ। औपचारिक सुपुर्दगी सन्धि नभएकाले, दुवै देशहरूले एक अर्काको देशमा पक्राउ परेका अपराध आरोपितहरूलाई कानुनी प्रक्रिया अन्तर्गत नभई अनौपचारिक वा कूटनीतिक माध्यमबाट सुम्पिने अभ्यास रहँदै आएको छ ।

यस्तै प्रहरीले झुटो विज्ञप्ति निकाल्नुका पछाडि प्रसाईँका पक्षमा देखिन सक्ने उनका समर्थकहरुको अवरोधले हुन् सक्ने सुरक्षा चुनौती र भारतीय पक्षबाट समेत हुन् सक्ने असहयोग समेत कारक रहेको प्रहरीका उच्च अधिकारी दाबी गर्छन् ।

विज्ञप्ति जारी गर्ने बारेमा गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुख दीपक थापा समेत जानकार रहेको उनीहरुको दाबी छ । भित्रीकथा जे भएपनि बाहिरी रुपमा नेपाल प्रहरीले फेरि आफ्नै विज्ञप्तिलाई खण्डन गर्दै प्रसाईँलाई शुक्रवार बिहान १० बजे झापाको भद्रपुरबाट पक्राउ गरिएको विज्ञप्ति जारी गर्याे ।

प्रहरीको यो कार्यशैलीपछि नेपाल प्रहरीले कुनै विज्ञप्ति निकाल्यो भने के कुरा ढाँट्न विज्ञप्ति निकालेको रहेछ भनेर सोच्नु पर्ने अवस्था आएको सामाजिक संजालमा टिप्पणी हुन् थालेको छ ।

काठमाडौँको तीनकुनेमा चैत्र १५ गते राजावादीले आयोजना गरेको प्रदर्शन हिंसामा परिणत भएको थियो । प्रसाईँ प्रदर्शनका ‘कमान्डर’ थिए । प्रदर्शन क्रममा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो ।

प्रदर्शनकारीले एक निजी घरमा आगजनी गर्दा जलेर पत्रकार सुरेश रजकको ज्यान गएको थियो । प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन १०० भन्दा बढी राउन्ड गोली चलाएको थियो ।त्यस दिन प्रसाईँ प्रहरीको ज्यान लिने शैलीमा गाडी कुदाउँदै बानेश्वर पुगेका थिए ।

प्रदर्शन हिंसात्मक भएपछि उनी भागे । भागेर प्रसाईँसहित उनका अङ्गरक्षक खड्का भारत पुगेका थिए । प्रसाई अराजक प्रदर्शन गरेको १४ दिनमा पक्राउ परेका हुन् । यसअघि प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवल शमशेर राणालाई पक्राउ गरेको छ ।

उनीहरूमाथि राज्यविरुद्धको कसुर र सङ्गठित अपराध मुद्दामा अनुसन्धान भइरहेको छ । प्रसाईँमाथि समेत प्रहरीले यही मुद्दामा अनुसन्धान गर्नेछ ।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top