NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

प्रचण्ड भन्छन् यो सरकारदुई तिहाइको हैन षड्यन्त्रको हो

बिहिबार बैशाख ४ , २०८२
Reading Time: 1 min read
A A
Nepal Top
टुट्यो एमाले–माओवादी गठबन्धन/नयाँ गठबन्धनमा के के भयो सहमति ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

४ वैशाख , काठमाण्डौ ।

गणतन्त्रको विरुद्ध र राजतन्त्रको पक्षमा सडकमा नारा लाग्न थालेपछि केही समय सरकार विरुद्ध नरम देखिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरी चर्को विरोधमा उत्रिएका छन् ।

काठमाण्डौंमा राजावादीले प्रदर्शन गर्न थालेपछि राष्ट्रिय राजनीतिमा सङ्कट आउने खतरा देखेको भन्दै चितवनबाट माओवादीले पूर्व–पश्चिम हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण रोकेर काठमाण्डौं केन्द्रित भएको थियो ।

चैत्र १५ गते नै माओवादी सहितको समाजवादी मोर्चा र राजावादीले काठमाण्डौंमा शक्ति प्रदर्शन गरेका थिए । तर राजावादीको तीनकुनेको प्रदर्शन हिंसात्मक बन्दा २ जनाको ज्यान गएको थियो ।

‘राष्ट्रिय राजनीतिमा माओवादी केन्द्रको तर्फबाट हस्तक्षेप नगर्ने हो भने ठुलो राजनीतिक दुर्घटनाको खतरा देखेपछि हामीले चितवनको कार्यक्रम सकेर केही दिनका लागि अभियान रोक्यौँ र काठमाडौँ गयौँ,’ प्रचण्डले भने, ‘काठमाडौँमा हामीले विशाल जनप्रदर्शन र जनसभा गर्‍यौँ ।

त्यसले गणतन्त्रवादी कति अनुशासित र शालीन हुन्छन् भन्ने देखायो भने त्यही दिन जुधाएर राजावादीहरूले तीनकुनेमा गरेको कार्यक्रम एउटा आततायी आपराधिक घटनामा गएर टुङ्गियो ।

यसर्थमा हामीले जे सोचेर केही दिन अभियान रोकेर काठमाडौँ गएको उद्देश्य पूरा भयो ।’ उनले तीनकुने घटनापछि राजावादीहरू लोकतन्त्र विरोधी र आततायी आपराधिक तत्त्वका रूपमा नाङ्गिएको दाबी समेत गरेका छन् ।

नयाँ वर्ष सँगै माओवादीले स्थगन भएको अभियानलाई सुरु गरेको छ । यसै क्रममा भैरहवा पुगेका प्रचण्ड सरकार सँग निकै आक्रोशित देखिएका छन् । उनले वर्तमान सरकार दुई तिहाइको नभई षड्यन्त्रको र अपारदर्शी सरकार भएको टिप्पणी गरे ।

रुपन्देहीको भैरहवामा बिहीबार पत्रकार भेटघाटमा प्रचण्डले यो सरकार असंवैधानिक भएको आरोप समेत लगाउन भ्याए । यो सरकार बनाउँदा काँग्रेस र एमालेका एक दुई जना नेता बाहेक अरूलाई थाहा नदिई अपारदर्शी ढङ्गले बिचौलिया र भ्रष्टाचारीलाई बचाउन बनेको प्रचण्डको दाबी थियो ।

‘यो सरकारको जन्म नै संविधान कुल्चेर अप्राकृतिक ढङ्गले बनेको हो,’ प्रचण्डले भने, ‘यो सरकार भ्रष्टाचारी, बिचौलिया र दलाललाई बचाउन बनेको हो, मैले यो सरकारले विश्वासको मत लिने बेलामा नै संविधानको धारा ७६ ९३० अनुसार काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने भनेको हो ।’

काँग्रेससँगको गठबन्धनमा एमाले नेतृत्वको वर्तमान सरकार बनेदेखि नै जनतामा यो सरकारप्रति कुनै आशा नभएको प्रचण्डले दाबी गरे । चितवन पुगेर स्थगित भएको जनतासँग माओवादी, तराई–मधेस जागरण अभियान गैँडाकोटबाट पुनः अघि बढेको छ । यो अभियान झापाबाट सुरु भएको थियो ।

केही दिन अघि यो सरकारको आयु लामो नभएको भन्दै अध्यक्ष प्रचण्डले काँग्रेसलाई सकारको नेतृत्व लिन आग्रह गरेका थिए । उनले काँग्रेसलाई माओवादी सरकारमा जाने सर्तमा र बाहिर बाटै सहयोग गर्ने सत्रमा समेत सहयोग गर्ने प्रस्ताव गरेका थिए ।

माओवादी अध्यक्षको यस्तो भनाइ आए सँगै काँग्रेसका दुई महामन्त्रीहरूले समेत सरकारको तीव्र आलोचना गरेपछि एमाले सशङ्कित बनेको थियो । काँग्रेसको ठुलो पङ्क्तिबाट सरकारको विरोध हुन थालेपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।

राष्ट्र बैङ्कको गभर्नर नियुक्ति प्रहरीको बढुवा लगायतका विषयमा सत्ता साझेदार दल काँग्रेस र एमालेबिच विवाद बढेको थियो । त्यसलाई साम्मे पार्न बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा काँग्रेसका दुई प्रभावशाली नेता नै अनुपस्थित भए ।

संयन्त्रका संयोजक समेत रहेका काँग्रेस उपसभापति पूर्णबहादुर खड्का र संयन्त्र सदस्य तथा काँग्रेस महामन्त्री गगन थापा अनुपस्थित भएपछि बुधवारको बैठक औपचारिकतामा सीमित हुनपुग्यो।

बैठकमा काँग्रेस बाट सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा उपस्थित थिए । एमाले बाट भने प्रधानमन्त्री ओलीका साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।

प्रधानमन्त्री ओलीले मङ्गलवार काँग्रेस सभापति देउवासँग छलफल गरेपछि शिक्षक आन्दोलन, गभर्नरलगायतका नियुक्ति, दुई दलबिचका असमझदारीलगायत विषयमा छलफल गर्न संयन्त्रको बैठक बोलाएका थिए ।

Tags: #गणतन्त्रको विरुद्ध र राजतन्त्रको पक्षमा#प्रचण्ड

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:आप्रवासी निकाल्न Trumpलाई अदालतको साथ, Indiaलाई नुनचुक दले || Nepal Times

World News:आप्रवासी निकाल्न Trumpलाई अदालतको साथ, Indiaलाई नुनचुक दले || Nepal Times

00:12:27

World News:रोबोट बक्सिङ उपाधि एआइले उचाल्यो,भिसामा अमेरिकालाई चीनको चेतावनी || Nepal Times

00:12:21

World News: स्काइ डाइभिङका क्रममै सुसाइड, इजरेललाई जर्मनीको चेतावनी || Nepal Times

00:11:02

World News: पुटिनलाई पागल भन्ने ट्रम्पलाई रुसले दियो जवाफ,नाइजेरियामा ७सय जना मा*रि*ए || Nepal Times

00:15:24

World News: India को मुख्य शत्रु China, Pakistan सुरक्षा समस्या, Putin ‘पागल’ || Nepal Times

00:13:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कविता: गणतन्त्र दिवसको शुभकामना

बिहिबार जेष्ठ १५ , २०७७
चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.