×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

देश लथालिङ छाडेर देउवा आँखा जचाउन विदेश जाने

७ बैशाख २०८२

६ वैशाख ,काठमाण्डौ।

एकातिर कयौं दिनदेखि सडकमा शिक्षक, सहकारी पीडितदेखि राजावादी लगायतको आन्दोलन अर्कातिर सरकार ढलिहाल्ने माओवादी केन्द्रका अध्यक्षको दिनहुँको दाबी अनि सत्तारुढ काँग्रेसभित्रै सरकारका कामकारबाहीबारे असन्तुष्टि चुलिएका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने आज परिवारसहित विदेश भ्रमणमा जादैछन् ।

Advertisement
Advertisement

देउवा आजराति सपरिवार थाइल्यान्ड जादैछन् । उनी आँखाको उपचारका लागि बैंकक जान लागेको बताइएको छ । यद्यपि त्यहाँ रहँदा उनले राजनीतिक भेटघाट समेत गर्न सक्ने बताइएको छ । मुलुकको राजनीतिक अवस्था तरल भएका बेला प्रमुख सत्ता साझेदार दलका नेता देउवा थाइल्यान्ड जान लाग्नुलाई अर्थपूर्ण हेरिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग कांग्रेसकै कतिपय नेताहरूले असन्तुष्टि जनाइरहेको अवस्था छ । आजै देउवा पत्नी समेत रहेकी परराष्ट्रमन्त्री आरजु देउवा राणा समेत बैंकक जाँदै छिन् ।

२१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग ९युनाइटेड नेसन्स् इकोनोमिक एन्ड सोसियल कमिसन फर एसिया एन्ड द प्यासिफिक, युएनस्केप० को ८१औँ सत्रमा सहभागी हुन आरजु त्यसतर्फ जान लागेकी हुन् ।

हाल नेपाल युएनस्केपको अध्यक्ष छ । मन्त्री डा राणाले युएनस्केपको ८१औँ सत्रको अध्यक्षता गर्ने र उक्त सत्रलाई नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । यस सत्रको विषयवस्तु एसिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग रहेको छ । उक्त सत्रमा मन्त्री डा।

राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्यान्डस्थित नेपाली दूतावासका अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

युएनस्केप संयुक्त राष्ट्रसंघअन्तर्गतको एक महत्त्वपूर्ण क्षेत्रीय आयोग हो, जसले एसिया र प्रशान्त क्षेत्रका देशहरूबीच आर्थिक तथा सामाजिक विकासलाई प्रवद्र्धन गर्ने कार्य गर्दछ। यसको मुख्यालय बैंककमा छ । यसमा ५३ सदस्य राष्ट्र र ९ सहयोगी सदस्य छन्।

सदस्य राष्ट्रहरूमा नेपाल, भारत, चीन, जापान, अष्ट्रेलिया र दक्षिण कोरियाजस्ता देशहरू पर्दछन्। यो बैठकमा भारतीय प्रतिनिधिहरुको समेत सहभागिता रहनेछ । बैंककमा छिमेकी चीनको तर्फबाट उपविदेशमन्त्री मा चाओछुले चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।

बैंककस्थित नेपाली राजदूतावास स्रोतका अनुसार परराष्ट्रमन्त्री डा। राणा र चिनियाँ उपविदेशमन्त्रीबीच भेटवार्ता तय भइसकेको छ । देउवा परिवारसँगै थाइल्यान्ड भ्रमणमा ‘नयाँ आयाम मल्टी डिस्प्लिनरी इन्स्टिच्युट’ ९नामी० कलेजका प्रमुख कार्यकारी अधिकृत प्रनिल पाण्डे पनि हुने छन् ।

सो कलेजमा देउवा परिवारको समेत लगानी रहेको चर्चा चल्ने गरेको छ । ‘भ्रमण अवधिभर पाण्डेको बसोबास बैंककस्थित राजदूतावासमा हुने भनिएको छ,’ राजदूतावासस्थित स्रोतले भन्यो, ‘बैठकका लागि आउनु भएकाले परराष्ट्रमन्त्री डा राणाको बसोबास ‘इस्क्याप’ ले व्यवस्थापन गरेकै होटलमा होला।

तर सभापति देउवा लगायत अन्य पारिवारिक सदस्यको बसोबास कहाँ हुन्छ, त्यस विषयमा राजदूतावासलाई जानकारी छैन।’ थाइल्यान्डमा देउवाको बसाइ कहाँ हुन्छ भन्ने जानकारी नभएकाले बालुवाटार यो भ्रमणप्रति आशंकित भएको हो ।

प्रधानमन्त्री ओलीप्रति भारतीय संस्थापनको असन्तुष्टि रहे पनि बिमस्टेक शिखर सम्मेलनका प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच बैंककमै एक्लाएक्लै वार्ता भएको थियो। त्यो भेटवार्ताले दुई मुलुकका संस्थापनबीचको सम्बन्धमा सुधार भयो–भएन भन्ने विषय अहिले पनि संशयकै विषय छ ।

बाहिरी रुपमा सम्बन्ध सुमधुर रहेको बताइएपनि स्वयम ओलीले नै सार्वजनिक रुपमा भारत लक्षित असन्तुष्ट ब्यक्त गर्दै आएका छन् । नेपालको सत्ता–राजनीतिमा भूराजनीतिक प्रभाव पनि रहने र सत्ता–राजनीतिमा प्रभाव पार्ने गोप्यवार्ताका लागि पछिल्लो समय दक्षिण–पूर्वी एसियाली मुलुकका राजधानीहरूको प्रयोग हुने गरेको चर्चाका कारणले पनि ‘उपचार’ का लागि हुन लागेको देउवाको भ्रमणप्रति एमाले पंक्ति र बालुवाटारमा चासो बढेको हो ।

यद्यपि देउवा विदेश उड्नुअधि शनिबार साँझ बालुवाटारमा तीन शीर्ष नेताहरुबीच भेटवार्ता भएको थियो । उनीहरुबीच विद्यमान राजनीतिक व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशितासहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलमा संविधानको उल्लघंन गर्ने र सामाजिक अराजकता सृजना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पु¥याउनेहरु प्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलहरुसहित गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्नेमा समान मत देखिएको छ ।

प्रधानमन्त्री एवं नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्यासम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी छलफलमा सङ्क्रमणकालीन न्यायसँग सम्बधित दुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेको कामबारे सामान्य जानकारी गराउने काम पनि भएको सल्लाहकार खरेलले जानकारी दिएका छन् ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top