NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा मङ्लबार असार १७ , २०८२
देउवाले राजनीतिक विश्राम लिनेमा शंका  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

कसरी सम्भव भयो भारत–पाक युद्धविरामः ?

आइतवार बैशाख २८ , २०८२
Reading Time: 1 min read
A A
Advertisement
कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?

Grunge flags of India and Pakistan divided by barb wire illustration, concept of tense relations between India and Pakistan

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२८ वैशाख, एजेन्सी ।

भारत र पाकिस्तानबीच शनिबार दिउँसोसम्म एकअर्काका दाबीहरु झुटा भएका, दुवैतर्फ मिसाइल र ड्रोनहरु हानेर तनावलाई थप उक्साएको आरोप र बदलाका चेतावनीहरु आइरहेकैबीच एकाएक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक संजालमा भारत र पाकिस्तानबीच आफ्नो मध्यस्थतामा तक्काल युद्धविराम भएको घोषणा गरे ।

त्यसको केही समयपछि भारत र पाकिस्तानले त्यसको पुष्टि गरे । तर ’पूर्ण युद्धविराम’ घोषणा गरेको केही घण्टामै एकअर्कामाथि उक्त सहमति “उल्लङ्घन गरेको“ आरोप दुवै छिमेकीले लगाएका छन् ।

Advertisement

शनिवार राति भारत–प्रशासित कश्मीरमा धेरैवटा विस्फोटनको आवाज सुनिएपछि भारतका विदेशसचिव विक्रम मिसरीले भने “हामीले गरेको सहमतिको पटकपटक उल्लङ्घन“ भएको छ ।

त्यसको केही समयपछि पाकिस्तानको विदेश मन्त्रालयले “केही क्षेत्रमा भारतले सहमति भङ्ग गरिरहेको“ प्रत्यारोप लगायो । तर उसले पाकिस्तान “युद्धविरामको कार्यान्वयनका लागि प्रतिबद्ध“ भएकोमा जोड दिएको छ ।

भारतमा स्थानीय समय अनुसार रातको ११ बजे तिर गरिएको छोटो प्रेस ब्रिफिङमा भारतीय विदेश सचिव विक्रम मिसरीले भने, “केही दिनदेखि भइरहेको सैन्य कारबाही रोक्ने सम्झौता आज अपराह्न भएको थियो।  तर त्यसको केही घण्टापछि नै पाकिस्तानको तर्फबाट त्यसको घोर उलङ्घन भएको छ।“

उनले भने,“भारतीय सेनाले जबाफी कारबाही गरेको छ र सीमामा अतिक्रमणसँग जुधिरहेको छ । यो एकदमै निन्दनीय छ र यसका लागि पाकिस्तान जिम्मेवार छ।“ करिब अढाई मिनेट चलेको प्रेस ब्रिफिङमा भारतका विदेश सचिव मिसरीले पाकिस्तानलाई उलङ्घनका घटनालाई सम्बोधन गर्न पनि आह्वान गरे ।

उनले भने,“पाकिस्तानले अवस्थालाई राम्ररी बुझोस् र यो अतिक्रमणलाई रोक्न तुरुन्त उचित कारबाही गरोस्।““सेनाले स्थितिमा कडा नजर राखिरहेको छ र उसलाई कुनै पनि प्रकारको अतिक्रमण प्रति प्रतिक्रिया जनाउन आवश्यक ठोस र कडा कदम चाल्न आदेश दिइएको छ।“

भारत र पाकिस्तानबीच संघर्षविरामको सहमति भएको घोषणा गरिएको केही घण्टापछि नै जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दूल्लाहले श्रीनगरमा विस्फोटका आवाजहरू सुनिएका बताएका थिए ।

सोसल मिडिया एक्समा एक सन्देश लेख्दै उनले भनेका थिए,“संघर्षविरामको कुरा के भयो? श्रीनगरमा चारै तिरबाट विस्फोटको आवाजहरू सुनिएको छ।“ त्यस्तै गुजरात राज्यका गृह राज्यमन्त्री हर्ष संघवीले पनि सोसल मिडियामा भने,“कच्छ जिल्लामा केही ड्रोनहरू देखिएका छन् । यहाँ पूरै ब्ल्याक आउट गरिने छ।“

उता भारत र पाकिस्तान बीच संघर्षविराममा सहमति बनेको घोषणापछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले शनिवार अबेर राति राष्ट्रलाई सम्बोधन गरेका थिए । शहबाज शरीफले पाकिस्तानी सेना, नौसेना र सशस्त्र बलका अधिकारीहरूको नाम लिएर उनीहरूलाई बधाई दिए र भने, “यो पाकिस्तानको ऐतिहासिक जित हो।“ उनले विपक्षी दलहरूप्रति पनि आभार व्यक्त गरे।

शरीफले सम्बोधनको सुरुवात गर्दै भने, “यदि कोही हाम्रो स्वतन्त्रतालाई चुनौती दिन्छ भने हामी आफ्नो रक्षा गर्न जे पनि गर्छौँ।“ उनले दाबी गरे – उनको देशविरुद्ध लगाइरहेको आरोप “निराधार“ छ र उनी यसको जाँच होस् भन्ने चाहन्छन् । शहबाज शरीफको सम्बोधनमाथि भारतको प्रतिक्रिया आइसकेको छैन ।

पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले संघर्षविराम सहमतिका बारेमा टिप्पणी गर्दै भने,“पाकिस्तान संघर्षविराम सहमतिको निष्ठापूर्ण कार्यान्वयनप्रति प्रतिबद्ध छ।“ “भारतले केही क्षेत्रमा संघर्षविराम उल्लङ्घन गरेको भए पनि हाम्रो सेनाले जिम्मेवारी र संयमपूर्वक स्थिति सम्हालिरहेका छन“ ।

पाकिस्तानी प्रवक्ताले भने,“हामी संघर्षविराम कार्यान्वयनका क्रममा आउने कुनै पनि समस्याको उचित तहमा संवादमार्फत् सम्बोधन हुनुपर्ने ठान्छौँ । तैनाथ भएका फौजले पनि संयम अपनाउन जरुरी छ ।“

पाकिस्तानका विदेशमन्त्रीले सहमतिमा पुग्न “तीन दर्जन देशहरू“को कूटनीतिक संलग्नता भएको बताएका छन् । उता संघर्षविराम घोषणापछि अमेरिकी विदेशमन्त्री मार्को रुबिओले भारत र पाकिस्तान तटस्थ स्थानमा विभिन्न विषयमा छलफल सुरु गर्न सहमत बनेको बताएका थिए ।

उनले भने – अमेरिकी उपराष्ट्रपति जेडी भान्सले प्रधानमन्त्रीहरू नरेन्द्र मोदी र शहबाज शरिफसहित वरिष्ठ भारतीय र पाकिस्तानी अधिकारीहरूसँग ४८ घण्टा बिताएका थिए । यूकेका प्रधानमन्त्री सर कीअर स्टारमरले ब्रिटेन “केही दिनदेखि“ वार्तामा “लागिरहेको“ र विदेशमन्त्री डेभिड ल्यामीले दुवै पक्षसँग कुराकानी गरिरहेको बताए ।

यससंगै दक्षिण एशियाका दुई प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तान पूर्ण स्तरको सैन्य द्वन्द्वमा फस्नबाट फेरि एक पटक जोगिएका छन् । नले आआफ्ना शिविरमा आफूले हात पारेको उपलब्धि र बेहोरेको हानिको लेखाजोखा गर्लान् नै ।

तर अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विश्वमा आफूलाई शान्तिस्थापकका रूपमा प्रस्तुत गर्ने छन् । अनि उनका विदेशमन्त्री मार्को रुबिओले भारत–पाकिस्तानबीचको युद्धविराम आफ्नो सबैभन्दा ठूलो कूटनीतिक सफलता भएको दाबी गर्न पाउने छन् ।

पाकिस्तानी सेनाले पाकिस्तानी जनतालाई आफूले कसरी “भारतको आक्रामकता“लाई निस्तेज पार्न सम्भव भयो भनेर बताउन सक्छ । पूरै पाकिस्तानले सेनालाई समर्थन गरेका थियो । त्यसैले यो एक किसिमले पाकिस्तानको सेनाका लागि पनि विजय हो ।

दुई वर्षअघि पाकिस्तानमा सत्ताच्युत प्रधानमन्त्री इमरान खानका समर्थकहरूले सेनाविरुद्ध शृङ्खलाबद्ध प्रदर्शन गरेका थिए । पाकिस्तानसँग परमाणुअस्त्र भए पनि भारतले आफूले “आतङ्ककारीहरूका संरचना“ भन्दै आएका पाकिस्तानस्थित संरचनाहरूमा धावा बोल्न नहिचकिचाएको दाबी फेरि पनि गर्न सक्छ ।

दिल्लीले भारत विभाजित बनेर बनेको पुरानो प्रतिद्वन्द्वी पाकिस्तानको हवाई शक्ति उसले पहिले आकलन गरेभन्दा बढी नै रहेको भन्ने अनुभव गरेको हुन सक्छ अनि नयाँ अस्त्रका लागि अर्बौँ रुपैयाँ खर्च गरेको भए पनि आफूले खोजे जसरी निर्णायक प्रहार गर्न नसकेको महसुस गरेको हुनुपर्छ ।

Tags: #भारत र पाकिस्तान#भारत–पाकको युद्धविराम

लोकप्रीय

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२
रुस–युक्रेनबीच भीषण युद्ध, किभले कमान्डर फेर्याे

युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना 

मङ्लबार असार १७ , २०८२

विचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२
रुस–युक्रेनबीच भीषण युद्ध, किभले कमान्डर फेर्याे

युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना 

मङ्लबार असार १७ , २०८२

थप समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२
रुस–युक्रेनबीच भीषण युद्ध, किभले कमान्डर फेर्याे
अन्तर्राष्ट्रिय

युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना 

मङ्लबार असार १७ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
अपराध

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२
रुस–युक्रेनबीच भीषण युद्ध, किभले कमान्डर फेर्याे

युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना 

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.