×

NEPAL TIMES UPDATES

Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026

कसरी सम्भव भयो भारत–पाक युद्धविरामः ?

२८ बैशाख २०८२

२८ वैशाख, एजेन्सी ।

भारत र पाकिस्तानबीच शनिबार दिउँसोसम्म एकअर्काका दाबीहरु झुटा भएका, दुवैतर्फ मिसाइल र ड्रोनहरु हानेर तनावलाई थप उक्साएको आरोप र बदलाका चेतावनीहरु आइरहेकैबीच एकाएक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक संजालमा भारत र पाकिस्तानबीच आफ्नो मध्यस्थतामा तक्काल युद्धविराम भएको घोषणा गरे ।

त्यसको केही समयपछि भारत र पाकिस्तानले त्यसको पुष्टि गरे । तर ’पूर्ण युद्धविराम’ घोषणा गरेको केही घण्टामै एकअर्कामाथि उक्त सहमति “उल्लङ्घन गरेको“ आरोप दुवै छिमेकीले लगाएका छन् ।

शनिवार राति भारत–प्रशासित कश्मीरमा धेरैवटा विस्फोटनको आवाज सुनिएपछि भारतका विदेशसचिव विक्रम मिसरीले भने “हामीले गरेको सहमतिको पटकपटक उल्लङ्घन“ भएको छ ।

त्यसको केही समयपछि पाकिस्तानको विदेश मन्त्रालयले “केही क्षेत्रमा भारतले सहमति भङ्ग गरिरहेको“ प्रत्यारोप लगायो । तर उसले पाकिस्तान “युद्धविरामको कार्यान्वयनका लागि प्रतिबद्ध“ भएकोमा जोड दिएको छ ।

भारतमा स्थानीय समय अनुसार रातको ११ बजे तिर गरिएको छोटो प्रेस ब्रिफिङमा भारतीय विदेश सचिव विक्रम मिसरीले भने, “केही दिनदेखि भइरहेको सैन्य कारबाही रोक्ने सम्झौता आज अपराह्न भएको थियो।  तर त्यसको केही घण्टापछि नै पाकिस्तानको तर्फबाट त्यसको घोर उलङ्घन भएको छ।“

उनले भने,“भारतीय सेनाले जबाफी कारबाही गरेको छ र सीमामा अतिक्रमणसँग जुधिरहेको छ । यो एकदमै निन्दनीय छ र यसका लागि पाकिस्तान जिम्मेवार छ।“ करिब अढाई मिनेट चलेको प्रेस ब्रिफिङमा भारतका विदेश सचिव मिसरीले पाकिस्तानलाई उलङ्घनका घटनालाई सम्बोधन गर्न पनि आह्वान गरे ।

उनले भने,“पाकिस्तानले अवस्थालाई राम्ररी बुझोस् र यो अतिक्रमणलाई रोक्न तुरुन्त उचित कारबाही गरोस्।““सेनाले स्थितिमा कडा नजर राखिरहेको छ र उसलाई कुनै पनि प्रकारको अतिक्रमण प्रति प्रतिक्रिया जनाउन आवश्यक ठोस र कडा कदम चाल्न आदेश दिइएको छ।“

भारत र पाकिस्तानबीच संघर्षविरामको सहमति भएको घोषणा गरिएको केही घण्टापछि नै जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दूल्लाहले श्रीनगरमा विस्फोटका आवाजहरू सुनिएका बताएका थिए ।

सोसल मिडिया एक्समा एक सन्देश लेख्दै उनले भनेका थिए,“संघर्षविरामको कुरा के भयो? श्रीनगरमा चारै तिरबाट विस्फोटको आवाजहरू सुनिएको छ।“ त्यस्तै गुजरात राज्यका गृह राज्यमन्त्री हर्ष संघवीले पनि सोसल मिडियामा भने,“कच्छ जिल्लामा केही ड्रोनहरू देखिएका छन् । यहाँ पूरै ब्ल्याक आउट गरिने छ।

उता भारत र पाकिस्तान बीच संघर्षविराममा सहमति बनेको घोषणापछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले शनिवार अबेर राति राष्ट्रलाई सम्बोधन गरेका थिए । शहबाज शरीफले पाकिस्तानी सेना, नौसेना र सशस्त्र बलका अधिकारीहरूको नाम लिएर उनीहरूलाई बधाई दिए र भने, “यो पाकिस्तानको ऐतिहासिक जित हो।“ उनले विपक्षी दलहरूप्रति पनि आभार व्यक्त गरे।

शरीफले सम्बोधनको सुरुवात गर्दै भने, “यदि कोही हाम्रो स्वतन्त्रतालाई चुनौती दिन्छ भने हामी आफ्नो रक्षा गर्न जे पनि गर्छौँ।“ उनले दाबी गरे – उनको देशविरुद्ध लगाइरहेको आरोप “निराधार“ छ र उनी यसको जाँच होस् भन्ने चाहन्छन् । शहबाज शरीफको सम्बोधनमाथि भारतको प्रतिक्रिया आइसकेको छैन ।

पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले संघर्षविराम सहमतिका बारेमा टिप्पणी गर्दै भने,“पाकिस्तान संघर्षविराम सहमतिको निष्ठापूर्ण कार्यान्वयनप्रति प्रतिबद्ध छ।“ “भारतले केही क्षेत्रमा संघर्षविराम उल्लङ्घन गरेको भए पनि हाम्रो सेनाले जिम्मेवारी र संयमपूर्वक स्थिति सम्हालिरहेका छन“ ।

पाकिस्तानी प्रवक्ताले भने,“हामी संघर्षविराम कार्यान्वयनका क्रममा आउने कुनै पनि समस्याको उचित तहमा संवादमार्फत् सम्बोधन हुनुपर्ने ठान्छौँ । तैनाथ भएका फौजले पनि संयम अपनाउन जरुरी छ ।“

पाकिस्तानका विदेशमन्त्रीले सहमतिमा पुग्न “तीन दर्जन देशहरू“को कूटनीतिक संलग्नता भएको बताएका छन् । उता संघर्षविराम घोषणापछि अमेरिकी विदेशमन्त्री मार्को रुबिओले भारत र पाकिस्तान तटस्थ स्थानमा विभिन्न विषयमा छलफल सुरु गर्न सहमत बनेको बताएका थिए ।

उनले भने – अमेरिकी उपराष्ट्रपति जेडी भान्सले प्रधानमन्त्रीहरू नरेन्द्र मोदी र शहबाज शरिफसहित वरिष्ठ भारतीय र पाकिस्तानी अधिकारीहरूसँग ४८ घण्टा बिताएका थिए । यूकेका प्रधानमन्त्री सर कीअर स्टारमरले ब्रिटेन “केही दिनदेखि“ वार्तामा “लागिरहेको“ र विदेशमन्त्री डेभिड ल्यामीले दुवै पक्षसँग कुराकानी गरिरहेको बताए ।

यससंगै दक्षिण एशियाका दुई प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तान पूर्ण स्तरको सैन्य द्वन्द्वमा फस्नबाट फेरि एक पटक जोगिएका छन् । नले आआफ्ना शिविरमा आफूले हात पारेको उपलब्धि र बेहोरेको हानिको लेखाजोखा गर्लान् नै ।

तर अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विश्वमा आफूलाई शान्तिस्थापकका रूपमा प्रस्तुत गर्ने छन् । अनि उनका विदेशमन्त्री मार्को रुबिओले भारत–पाकिस्तानबीचको युद्धविराम आफ्नो सबैभन्दा ठूलो कूटनीतिक सफलता भएको दाबी गर्न पाउने छन् ।

पाकिस्तानी सेनाले पाकिस्तानी जनतालाई आफूले कसरी “भारतको आक्रामकता“लाई निस्तेज पार्न सम्भव भयो भनेर बताउन सक्छ । पूरै पाकिस्तानले सेनालाई समर्थन गरेका थियो । त्यसैले यो एक किसिमले पाकिस्तानको सेनाका लागि पनि विजय हो ।

दुई वर्षअघि पाकिस्तानमा सत्ताच्युत प्रधानमन्त्री इमरान खानका समर्थकहरूले सेनाविरुद्ध शृङ्खलाबद्ध प्रदर्शन गरेका थिए । पाकिस्तानसँग परमाणुअस्त्र भए पनि भारतले आफूले “आतङ्ककारीहरूका संरचना“ भन्दै आएका पाकिस्तानस्थित संरचनाहरूमा धावा बोल्न नहिचकिचाएको दाबी फेरि पनि गर्न सक्छ ।

दिल्लीले भारत विभाजित बनेर बनेको पुरानो प्रतिद्वन्द्वी पाकिस्तानको हवाई शक्ति उसले पहिले आकलन गरेभन्दा बढी नै रहेको भन्ने अनुभव गरेको हुन सक्छ अनि नयाँ अस्त्रका लागि अर्बौँ रुपैयाँ खर्च गरेको भए पनि आफूले खोजे जसरी निर्णायक प्रहार गर्न नसकेको महसुस गरेको हुनुपर्छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top