NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

बुधबार बैशाख ३१ , २०८२
Reading Time: 1 min read
A A
Advertisement
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

WASHINGTON, DC - JUNE 26: U.S. President Donald Trump and Indian Prime Minister Narendra Modi walk up to deliver joint statements in the Rose Garden of the White House June 26, 2017 in Washington, DC. Trump and Modi met earlier today in the Oval Office to discuss a range of bilateral issues. (Photo by Mark Wilson/Getty Images)

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३१ वैशाख , एजेन्सी ।

भारत–पाकिस्तानबीच लडाईँ रोक्ने सहमति भएपछि पनि दुई देशबीच घोचपेचको श्रृंखला जारी छ । खासगरी भारतीय प्रधानमन्त्रीले सोमबार राष्ट्रका नाममा गरेको सम्बोधनले आगोमा ध्यु थप्ने काम गरेको छ ।

सोमबारको पाकिस्तानलक्षित मोदीका चेतावनीले इस्लामाबादलाई थप उग्र बनाइदिएको छ । मोदीले आफ्नो सैन्य क्षमता र हतियारहरु प्रमाणित भएको, पाकिस्तानलाई धुलोमा मिलाइदिएको, पाकिस्तान विश्व आतंकबादको हेडक्वाटर भएको लगायत दाबी गरेका थिए ।

Advertisement

जसलाई पाकिस्तनले खारेज गर्दै आफूपनि आतंकबादबाट पीडित भएको बताएको छ । मोदीले सोमबार दिएको बयानलाई उसले ‘उत्तेजक’ भन्दै अस्वीकार गरेको छ । यसबीच मंगलबार राति अबेर इस्लामाबादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई ’पर्सोना नन ग्राटा’ अर्थात् अवाञ्छित व्यक्ति घोषणा गरेर पाकिस्तानले भारतविरुद्ध बदला लिएको छ ।

यसअघि मंगलबार नै भारतले नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगका एक पाकिस्तानी कर्मचारीलाई अस्वीकृत व्यक्ति घोषणा गरेको थियो । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, अधिकारीलाई २४ घण्टाभित्र भारत छाड्न भनिएको छ ।

यसको जवाफमा पाकिस्तानको विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै भनेको छ, ’पाकिस्तान सरकारले इस्लामाबादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई अस्वीकृत व्यक्ति घोषणा गरेको छ । ती अधिकारीलाई २४ घण्टाभित्र पाकिस्तान छाड्न निर्देशन दिइएको छ।’

जम्मु–कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारत र पाकिस्तानबीचको तनाव यति बढ्यो कि यो सैन्य द्वन्द्वमा परिणत भएको थियो । मे ७ मा दुई देशबीच सुरु भएको सैन्य द्वन्द्व मे १० को साँझ युद्धविराम घोषणा भएपछि मात्र रोकिएको छ ।

तर अझै तनाव जारी छ । र यसबीच युद्धका कारण भारतको सैन्य प्रतिष्ठा तल झरेको र यसले पाकिस्तानलाई थप खतरामा पारेको विश्लेषण भइरहेका छन् । सोमबार राति मोदीले विजेता शैलीमा पाकिस्तानलाई नसिहत दिए पनि चार दिनको लडाइँले भारतको सैन्य प्रतिष्ठा बढाउनेभन्दा घटाउने काम गरेको कतिपय विश्लेषकको तर्क छ ।

पाकिस्तानी हतियार र सैन्य क्षमतालाई कम आकलन गर्दा भारतको कमजोरी उदांगो भएको तिनको भनाइ छ । यो लडाइँ अघिसम्म यो क्षेत्रमा भारत निर्विवाद रूपमा प्रभुत्वशाली शक्ति थियो । तर, अब त्यो स्थिति नरहेको पाकिस्तानकी पूर्वविदेशमन्त्री हिना रब्बानी खारको दाबी छ ।

‘भारतले नतिजा नसोची एक्कासि आणविक हतियार सम्पन्न छिमेकीमाथि क्षेप्यास्त्र आक्रमण गरेर गल्ती गरेको’ उनले बताइन् । ‘जवाफी कारबाहीबाट बच्ने क्षमता पनि रहेनछ । उसले प्रतिशोध लिने पाकिस्तानको इच्छा र क्षमताको अनुमान पनि गर्न सकेन,’ खारको भनाइ वासिङ्टन पोस्टले उद्धृत गरेको छ, ‘भारत परम्परागत हतियारमा हामीभन्दा श्रेष्ठ छ भन्ने हाम्रो विश्वास टुटेको छ ।

ज्यादा हतियार हुँदैमा प्रभुत्व कायम हुँदैन । तिनलाई कति प्रभावकारी हिसाबले प्रयोग गरिन्छ भन्ने कुरा मुख्य हो।’ वासिङ्टन पोस्टको विश्लेषणमा भारतले दुईवटा राफेल विमान गुमाएको छ । पाकिस्तानले भने पाँचवटा विमान खसाएको दाबी गर्दै आएको छ ।

जसको भारतले न पुष्टि गरेको छ, न अस्वीकार । ‘क्षेत्रीय प्रभुत्वशाली शक्तिका रूपमा भारतको छवि धमिलिएको छ,’ विश्लेषक युसुफ नजर अलजजिरामा लेख्छन्, ‘भारत सरकारले स्पष्ट रूपमा राफेललाई ज्यादा बढाइचढाइ गरेको देखियो।’

भारतकै केही रक्षा विश्लेषकहरूले पनि धेरै पहिलेदेखि भारतीय सेना चीन समर्थित पाकिस्तानसँग लड्न तयार नभइसकेको चेतावनी दिँदै आएका थिए । विपक्षीहरूले चीन र पाकिस्तानलाई एक ठाउँमा आउने मौका दिएको भन्दै भारतीय विदेशनीतिको आलोचना गर्ने गरेका थिए ।

ती चेतावनी र आशंकाहरूलाई भारत सरकारले खारेज गर्दै आएको थियो । ‘तर, यो घटनाले भारतको रणनीतिक सीमिततालाई उदांगो पारिदिएको छ,’ नजर लेख्छन्, ‘नयाँ दिल्लीले प्रतिक्रियामा रक्षा बजेट बढाउनुका साथै कस्मिरको थप सैनिकीकरण गर्न सक्छ।’ उता, कसैगरी युद्ध टरेपछि पाकिस्तानमा भने खुसीको माहोल छ ।

तर, उत्साहमा डुबेको पाकिस्तानले यथार्थ बुझ्न नसकिरहेको विश्लेषकहरूको भनाइ छ । भारतले गत साता पाकिस्तानभित्र हमला गरेर केही नियम बदलेको छ । आइन्दा भारतप्रशासित कस्मिरमा आतंकवादी हमला भयो भने त्यस्तै आक्रमण गर्ने भारतले सार्वजनिक रूपमै बताइसकेको छ ।

मोदीले ‘आतंकवाद विरुद्ध नयाँ रेखा कोरेको र न्यु नर्मल तयार गरेको’ बताएका छन् । युद्धविराम गरेकोमा भारतमा केही आलोचना बेहोरिसकेका उनी अर्कोचोटि तनाव बढ्दा झन् आक्रामक हुन बाध्य हुने विश्लेषकहरूको भनाइ छ ।

पाकिस्तानी पत्रिकाका सम्पादकीय र नेताहरूको अभिव्यक्तिमा अहिले खुसी मात्र पोखिएको देख्न सकिन्छ । आइतबार राति पत्रकार सम्मेलनमा एयर भाइस मार्सल औरंगजेब अहमदले पाकिस्तानले भारतविरुद्ध ‘निरोधक पुनस्र्थापित गरेकाले उसलाई न्यु नर्मल स्थापित गर्न नदिएको’ बताएका छन् ।

इस्लामावादका अधिकारीहरू बुधबार भारतीय विमान खसाएको कुरालाई निकै ठूलो उपलब्धिका रूपमा चर्चा गरिरहेका छन् । यसलाई भारतको महँगो पश्चिमा विमानको तुलनामा पाकिस्तानको सस्तो चिनियाँ विमानको जितका रूपमा प्रस्तुत गरिहेका छन् ।

तर, पाकिस्तानका वरिष्ठ पत्रकार नज्म सेठी यो विजयोन्माद खतरनाक भएको बताउँछन्। ‘पाकिस्तानीहरू आफ्नो सफलतामा ज्यादा रमाइरहेका छन् । र, आउँदो हमलाको सामना गर्न तयार भइरहेका छैनन् ।

साँच्चै भन्दा म डराएको छु’ उनले भने । चार दिनको लडाइँ अन्तिम चरणमा कति गम्भीर स्थितिमा पुगेको थियो भन्ने कुरा पनि पाकिस्तानीहरूले बिर्सेका छन् । खासगरी शनिबार । त्यो दिन भारतले पाकिस्तानका कयौँ सैन्य शिविरहरूमा हमला ग¥यो ।

रावलपिन्डीमा सेनाको मुख्यालयमा समेत । जसको बदलामा पाकिस्तानले ठूलो मात्रामा भारतीय सैन्य निसानाहरूमा आक्रमण ग¥यो । लडाइँको एक विन्दुमा पाकिस्तानको आणविक र रणनीतिक हतियार रेखदेख गर्ने सरकारी निकायलाई प्रधानमन्त्रीले छलफलमा बोलाएका थिए ।

यसले अमेरिकी अधिकारीहरू त्रस्त भए । ‘अब स्थिति गम्भीर भयो भनेर हामीले अमेरिकालाई सूचित ग¥यौँ,’ अमेरिकाका लागि पाकिस्तानका पूर्वराजदूत मलिहा लोधी भन्छन्, ‘रावलपिन्डीमाथि आक्रमणलाई अमेरिकाले पनि खतरा मान्यो । पूर्ण युद्ध निकट आइसकेको थियो।’

त्यसपछि अमेरिकाको पहलमा युद्धविराम भएको थियो । तर, पाकिस्तानी सैन्य प्रतिरोधका कारण नयाँ दिल्ली नरोकिएको भारतीय विश्लेषकहरूको तर्क छ । भारतमा फेरि आतंकवादी हमला भए भारतले उत्तिकै सशक्त सैन्य कारबाही गर्ने स्पष्ट भएको इन्स्टिच्युट फर कन्फ्लिक्ट म्यानेजमेन्टका कार्यकारी निर्देशक अजय साहनी बताउँछन् ।

र, भारतले अर्कोचोटि सैन्य कारबाही गर्दा युद्ध सुरु हुने जोखिम अझ बढ्ने युनिभर्सिटी एट अल्बानीका सहप्राध्यापक तथा अमेरिकी रक्षा मन्त्रालयका पूर्व दक्षिण एसिया विज्ञ क्रिस्टोफर क्लारी बताउँछन् ।

यता साउदी अरब भ्रमणमा रहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम हुनुमा अमेरिकाको हात रहेको दाबी फेरि दोहो¥याएका छन् । राष्ट्रपति ट्रम्पले मंगलबार रियादमा आयोजित साउदी–अमेरिका लगानी मञ्चलाई सम्बोधन गर्दै अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तान यद्धविराम गर्न सहमत भएको जिकिर गरेका हुन् ।

नत्र लाखौँ मानिस मारिने अवस्था बनिसकेको उनले बताए । ट्रम्पले भने, ’मेरो सबैभन्दा ठूलो उद्देश्य शान्तिप्रिय र मानिसहरूलाई एकताबद्ध गर्ने व्यक्ति बन्नु हो। मलाई युद्ध मन पर्दैन।’ उनले थपे, “केही दिनअघि मात्र मेरो प्रशासनले भारत र पाकिस्तानबीच बढ्दो हिंसा रोक्न ऐतिहासिक युद्धविरामको मध्यस्थता गर्न सफल भयो।’

यसका लागि आफूले व्यापारलाई व्यापक रूपमा प्रयोग गरेको उनले बताए । उनले भने, ’मैले भनेँ– कि सम्झौता गरौँ, व्यापार गरौँ । आणविक क्षेप्यास्त्रहरूको व्यापार नगरौँ, तर तपाईंले यति सुन्दर ढंगले बनाउने चिजहरूको व्यापार गरौँ।’

उनले दुवै देशका नेताहरूलाई धेरै शक्तिशाली र बलिया नेताका रूपमा प्रशंसा पनि गरे । यता भारतले केही दिन लिएर भएपनि ट्रम्पको यो दाबीको खण्डन गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पाकिस्तान विरुद्धको सैन्य द्वन्द्वको समयमा भारत अमेरिकासँग निरन्तर सम्पर्कमा रहेको स्वीकार गरे पनि यस अवधिमा व्यापारमा कुनै वार्ता नभएको स्पष्ट पारेका छन् ।

साप्ताहिक मिडिया ब्रिफिङमा जयस्वालले भने, ‘भारत र अमेरिकाका नेताहरूबिच मे ७ देखि मे १० सम्म वार्ता भएको थियो । जयस्वालले ट्रम्पको दाबीलाई अस्वीकार गर्दै भने, ‘अमेरिकासँग ’पाकिस्तान सैन्य द्वन्द्व रोक्ने’ वा मध्यस्थताको बारेमा कुनै छलफल भएको छैन ।’

उनले पाकिस्तान विरुद्ध सैन्य कारबाही रोक्ने बारेमा विस्तृत विवरण दिए । उनले भने, ‘मे १० को बिहान, जब भारतले पाकिस्तानका धेरै एयरबेसहरूलाई निशाना बनाएर ध्वस्त पारेको थियो, भारतीय विदेश मन्त्रालयलाई १२ः३७ बजे पाकिस्तान उच्चायोगबाट (यस सम्बन्धमा) अनुरोध प्राप्त भयो ।

पाकिस्तानका डीजीएमओद्वारा हटलाइनमा सम्पर्क गर्ने प्रयास गरिएको थियो, तर प्राविधिक कारणले गर्दा हटलाइनमा समस्याहरू थिए । यसपछि, यी समस्याहरू समाधान भए र ३ः३० बजे दुवै देशका डीजीएमओहरू बिच कुराकानी भयो ।’

जयस्वालले पहलगाम आक्रमण पछि स्थगित गरिएको सिन्धु जल सन्धि पाकिस्तानले ‘आतंकवादलाई समर्थन’ पूर्ण रूपमा बन्द नगरेसम्म निलम्बन रहने पनि जानकारी दिए ।

Tags: # पाकिस्तान झनै खतरामा#भारत–पाकिस्तानबीच लडाईँ रोक्ने#भारतको सैन्य प्रतिष्ठा घट्यो

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.