×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

पाकिस्तानी जासुस भन्दै भारतीय युट्युबर पक्राउ

५ जेष्ठ २०८२

४ जेठ , एजेन्सी ।

भारतको कश्मीर स्थित पहलगाम हमलापछि पाकिस्तानी संचारमाध्यम, सामाजिक संजालदेखि नेतादेखि कलाकारसमेतलाई प्रतिबन्ध लगाएको भारतले अब पाकिस्तानका लागि काम गरेको भन्दै आफ्नै नागरिकहरुलाई पनि धरपकड गर्न थालेको छ ।

Advertisement
Advertisement

यसक्रममा भारतीय प्रहरीले हरियाणाको हिसारमा बस्ने चर्चित ट्राभल भ्लगर ज्योति मल्होत्रालाई पक्राउ गरेको छ । उनीमाथि पाकिस्तानका लागि जासुसी गरेको आरोप लगाइएको छ ।

३३ वर्षीया मल्होत्रा, जो ‘ट्राभल विथ जो’ नामक युट्युब च्यानल चलाउँदै आएकी थिइन् । उनीमाथि पाकिस्तानी गुप्तचर संस्था (आईएसआई) सँग संवेदनशील जानकारी साझा गरेको आरोप छ ।

उनको युट्युब च्यानलमा ३ लाख ७७ हजारभन्दा बढी सब्सक्राइबर र इन्स्टाग्राममा एक लाख ३२ हजार फलोअर छन् । हरियाणा प्रहरीको जासुस–विरोधी विभागले १६ मेमा मल्होत्रालाई हिसारको नयाँ अग्रसेन एक्सटेन्सनबाट पक्राउ गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनले व्हाट्सएप, टेलिग्राम र स्न्यापच्याटमार्फत पाकिस्तानी उच्चायोगका कर्मचारी एहसान उर रहिम उर्फ दानिशसँग गोप्य सम्पर्क राखेकी थिइन् ।

दानिश १३ मेमा जासुसीको आरोपमा भारतबाट निष्कासित भएका थिए । मल्होत्राको युट्युब च्यानलमा ‘इन्डियन गर्ल इन पाकिस्तान’, ‘इन्डियन गर्ल एक्सप्लोरिंग लाहोर ?

‘इन्डियन गर्ल एट कटास राज टेम्पल’ जस्ता भिडियोहरू अपलोड भएका छन्, जसलाई प्रहरीले उनको जासुसी गतिविधिको आवरण मानेको छ । प्रहरीका अनुसार मल्होत्राले सन् २०२३ मा दानिशको सहयोगमा कम्तीमा दुई पटक पाकिस्तान भ्रमण गरेकी थिइन् ।

पाकिस्तानमा रहँदा उनले आईएसआईका एजेन्टहरू (अली अहवान, शाकिर र राणा शाहबाज)सँग भेट गरेकी थिइन् । भारत फर्किएपछि उनले संवेदनशील जानकारीहरू पाकिस्तानी जासुसहरूलाई पठाउन थालेको प्रहरीको भनाइ छ ।

मार्च २०२४ मा नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगमा आयोजित डिनरमा दानिशसँग भेट गरेको भिडियो पनि प्रमाणका रूपमा पेश गरिएको छ ।

भिडियोमा उनले पाकिस्तान भ्रमण गर्ने इच्छा व्यक्त गरेकी थिइन् । अनुसन्धानले मल्होत्रा हरियाणा र पञ्जाबमा फैलिएको ठूलो जासुसी सञ्जालको हिस्सा भएको उल्लेख गरेको छ ।

उनले पाकिस्तानी गुप्तचरसँग घनिष्ठ सम्बन्ध राखेको, जसमा एकजनासँग इन्डोनेसियाको बाली भ्रमण गरेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

हरियाणाको हिसारस्थित न्यू अग्रसेन कॉलोनीकी बासिन्दा यूट्युबर ज्योति मल्होत्रालाई बिहीवार रात हिसार प्रहरीको सीआईए टोलीले उनको घरबाट नियन्त्रणमा लिएको थियो।

शुक्रबार सोधपुछपछि शनिबार उनलाई पक्राउ गरिएको हो। सन् २०१८ मा उनले पासपोर्ट बनाएकी थिइन्। सन् २०२३ मा पाकिस्तान जान दिल्लीस्थित पाकिस्तान हाई कमिशन पुगेकी उनले त्यहाँ दानिशसँग भेट गरेकी थिइन्।

ज्योतिले दानिशको मोबाइल नम्बर लिएकी थिइन् र त्यसपछि दुवैबीच कुराकानी बढ्दै गई र सम्बन्ध गहिरिँदै गएको प्रहरीले बताएको छ। ज्योति जब पाकिस्तान पुगिन्, त्यहाँ दानिशको आग्रहमा उनले अली अहवानसँग भेट गरिन्।

अलीले नै उनको बसोबास, खानपान र भ्रमणको सम्पूर्ण व्यवस्था मिलाएका थिए। प्रहरी अनुसन्धानमा उनले बताएकी छिन् कि त्यहाँ इंटेलिजेन्स र पाकिस्तानको सुरक्षा एजेन्सीका अधिकारीहरूसँग उनको भेट भयो।

शाकिर र राणा शहबाज नामक व्यक्तिहरूसँग पनि उनको परिचय भयो। मोबाइल नम्बर आदान–प्रदान गरेपछि उनी भारत फर्किइन्। फर्किएपछि उनले ती सम्पर्कहरूमा इन्टरनेट मार्फत कायम राखिन्।

परिवार वा साथीहरूलाई शंका नहोस् भनेर उनले शाकिरको नम्बर “जट रंधावा” को नाममा राखेकी थिइन्। त्यसपछि उनले पाकिस्तानका सुरक्षा अधिकारी र गुप्तचर एजेन्सीका व्यक्तिहरूलाई सामाजिक सञ्जालमार्फत विभिन्न सूचनाहरू पठाउन थालेको प्रहरीले दाबी गरेको छ ।

ज्योति र दानिशबीचको सम्बन्ध निकै नजिकको बनिसकेको थियो। यो महिनामात्रै उनले दिल्लीमा दानिशसँग भेट गरेकी थिइन्। उनी चौथो पटक पाकिस्तान जाने तयारीमा थिइन् र भिसाका लागि आवेदन पनि दिइसकेकी थिइन्।

यसअघि सोही आरोपमा २४ वर्षीय नोमान इलाहीलाई बुधबार पानीपतबाट, २५ वर्षीय देवेन्द्र सिंह ढिल्लनलाई शुक्रबार कैथलबाट र २२ वर्षीय अरमानलाई शुक्रबार नुहबाट पक्राउ गरिएको थियो।

उनलाई १६ मेमा अदालतमा पेश गरिएको थियो । अदालतले प्रहरीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । यता ज्योतिका पिताले भने आफ्नी छोरी भारतीय सुरक्षा अधिकारीहरुको अनुमतिपछि मात्रै पाकिस्तान गएको बताएका छन् ।

उनले प्रहरीले आफूहरुका मोबाइल फोन र बैंकिङसम्बन्धी सम्पूर्ण जानकारी समेत लगेको भारतीय संचारमाध्यामहरुलाई जानकारी दिएका छन् । भारत र पाकिस्तानबिच बढ्दो तनावको समयमा यो कारबाही गरिएको हो ।

२२ अप्रिलमा कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा २६ सर्वसाधारणको मृत्यु भएको थियो । त्यसपछि भारतले पाकिस्तान र पाकिस्तान–नियन्त्रित कश्मीरमा आतंकवादी संरचनामाथि अपरेशन सिन्दूरमार्फत कारबाही गरेको गरेको थियो ।

Advertisement

जवाफमा पाकिस्तानले पनि भारतमाथि हमला गरेको थियो । तर दोहोरो आक्रमणको ४ दिनपछि अमेरिकी दबाबमा आएर दुवै देशले युद्धविराम गरेका छन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top