NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
Reading Time: 1 min read
A A
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

७ जेठ , काठमाण्डौ।

सरकारी काम कहिले जाल घाम भन्ने भनाइलाई अधिकांश सरकारी कार्यालयहरूमा चरितार्थ गरिएको देख्न पाइन्छ । सरकारी जागिर खाने राम्रो राम्रो कार्यालय रोज्ने नेताको चाकडी गरी रहने नेपालको स्थायी सरकार भनेर चिनिने सरकारी कर्मचारी संयन्त्रमा व्याप्त छ ।

जागिर हुन्जेल जागिर खाने र सकिन नपाउँदै सरकारी नियुक्तिका लागि मन्त्री र नेताहरूको घर घर धाउने उच्च तहका कर्मचारीको संख्यापनि कम छैन । राजनीतिक दलका नेताहरूले त्यही महसुस गरेर होला सरकारी सेवाबाट उच्च तहका कर्मचारी अवकाश भएपछि दुई वर्ष सम्म सरकारी नियुक्ति लिन नपाउने कुलीङ पिरियड राख्दै संसद्को राज्य व्यवस्था समितिले सङ्घीय निजामती विधेयक पारित गरेको छ ।

समितिबाट यस्तो प्रस्ताव पारित भए सँगै देशको स्थायी सरकारको कर्मचारी समयन्त्रका प्रमुख व्यक्ति बहालवाला मुख्य सचिव सहित सबै मन्त्रालयका सचिवहरू यो प्रावधान रोक्नका लागि शक्ति केन्द्र धाउन थालेका छन् ।

उनीहरूले ठूला दलका प्रमुख नेताहरूसँग भेट गरी यो प्रावधान हटाउन लबिङ गरी रहेका छन् । मुख्यसचिवदेखि सचिवहरूसम्मले कुलिङ पिरियडको निर्णय नसच्याए सामूहिक राजीनामा दिने धम्की दिएका छन् ।

संसद्को राज्य व्यवस्था समितिले पारित गरेको सङ्घीय निजामती विधेयकमा निजामती सेवाका प्रशासकहरूलाई अवकाश लगत्तै सार्वजनिक निकायमा नियुक्ति खान दुई वर्षसम्म रोक्ने व्यवस्था गरिएको छ ।

मुख्यसचिव र सचिवहरूले निजामती सेवाका कर्मचारीको हकमा मात्रै ‘कुलिङ पिरियड’ राखिनु बदनियत भएको भन्दै आपत्ति जनाएका हुन् । उनीहरूले निर्णय नसच्याए सामूहिक राजीनामा दिनेसम्मको चेतावनी दिएका छन् ।

प्रमुखसचिव सहित सचिवहरूले प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर निर्णय सच्याउन दबाब दिएका छन् । निजामती सेवाबाट अवकाश भएपछि अर्को सरकारी नियुक्ति लिनु अघिको ‘निश्चित अवधि’ नै कुलिङ पिरियड हो ।

ब्हालमा रहेका मुख्यसचिवदेखि सचिवसम्मले जागिरकोअवधि पछि आकर्षक स्थानमा नियुक्त खान सरकारका मन्त्रीको चाकडी बढी गर्ने गरेका थिए । ३०वर्षसम्म जागिरखाने अनि जागिर सकिन नपाउँदै अर्को जागिरको व्यवस्थापनका लागि जे पनि गर्न तयार हुने प्रवृत्तिलाई रोक्न र क्षमतावान युवा पुस्तालाई अवसर दिन सरकारले कुलीङ पिरियड राख्ने सोच अघिसारेको हो।

निजामती प्रशासकहरू अवकाश लगत्तै संवैधानिक अङ्ग वा निकायमा जान तँछाड मछाड देखिएपछि त्यसलाई रोक्न सङ्घीय निजामती ऐनको विधेयकमा दुई वर्ष ‘कुलिङ पिरियड’ राख्ने निर्णय भएको छ ।

यसकाबारेमा समितिमा लामो समयसम्म बहस भएको थियो। तर सचिवहरूले प्रधानमन्त्रीसँग कुलिङपिरियड बारे असन्तुष्टिमात्रै जनाएनन्, नउल्ट्याए सामूहिक राजीनामा दिने चेतावनी दिएका थिए ।

अवकाशपछि सरकारी नियुक्तिमा जान रोक्नु भनेको अवसरबाट वञ्चित गर्नु भएको उनीहरूको दाबी छ । कुलिङ पिरियडलाई लचिलो बनाउनुपर्ने अडान एमालेले संसदीय समितिमै राखेको थियो ।

प्रधानमन्त्री ओली पनि सकारात्मक रहेको भेटमा रहेका एकसचिवले बताएका छन् ।मुख्य सचिव एकनारायण अर्याल, संसद्का महासचिव पद्मप्रसाद पाण्डे, प्रधानमन्त्री कार्यालयका तीन सचिव, गृह सचिव, अख्तियार सचिव, श्रम सचिव, कानुन सचिव, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवलगायत यति बेला जसरी पनि कुलीङ पिरियड रोक्न लविङग गरी रहेका छन् ।

कुलिङ पिरियडसम्बन्धी व्यवस्था निजामती ऐनमा ल्याउन खोजिएको यो पहिलो पटक हो ।सरकारले संसद्मा पेस गरेको विधेयकमा यो व्यवस्था थिएन ।पछि समितिले छलफल गरेर यो व्यवस्था थप गरेको हो ।

सरकारले संसद्मा पेस गरेको विधेयकको दफा ८२ को उपदफा ४ मा सङ्घीय निजामती सेवाको राजपत्राङ्कित विशिष्ट वा प्रथम श्रेणीको पदबाट सेवा निवृत्त भएको व्यक्तिले सेवा निवृत्त भएको मितिले दुई वर्षसम्म नेपाल सरकारको पूर्वस्वीकृति नलिई गर्न नहुने कामसम्बन्धी व्यवस्था छ ।

निजामतीका लागि कुलिङ पिरियड राख्ने विषय प्रचलित संवैधानिक र कानुनी व्यवस्थासँग पनि प्रतिकूल भएको सचिवहरूको दाबी छ । संविधानमा लोकसेवा आयोगसम्बन्धी व्यवस्थामा लोकसेवा आयोगका सदस्यमध्ये कम्तीमा ५० प्रतिशत सदस्य २० वर्ष वा सोभन्दा बढी अवधिसम्म कुनै सरकारी सेवामा रहेका व्यक्तिमध्येबाट नियुक्ति गर्ने व्यवस्था छ।

राजनीतिक व्यक्ति, सेना, प्रहरी, प्राध्यापक र अन्य सार्वजनिक संस्थामा काम गर्ने पदाधिकारीलाई कुलिङ पिरियड लागू नहुने तर निजामतीलाई मात्र व्यवस्था छ । यसको समेत सचिवहरूले विरोध गरेका छन् ।

कुलिङ पिरियडको व्यवस्था गरेको खण्डमा सबैलाई एकनास गर्नुपर्ने, नभए निजामती कर्मचारीका हकमा मात्र व्यवस्था गरिनु अन्यायपूर्ण भएको उनीहरूको तर्क छ । कुलिङ पिरियडको विरोध गर्दै सचिवहरूले निर्णय फिर्ता नभए कडा कदम चाल्ने बताएका छन् ।

नेपालमा निजामती सेवाबाट अवकाश पाएलगत्तै वा कतिपय अवस्थामा सेवामै रहँदा नै राजीनामा दिएर संवैधानिक निकाय वा अन्य लाभका पदमा नियुक्ति पाउने प्रवृत्ति लामो समयदेखि चल्दै आएको छ ।

जसमा मुख्य सचिवबाट लाभको पदमा जानेहरूमा लोकमान सिंह कार्की, लीलामणि पौड्याल, सोमलाल सुवेदी र नवीनकुमार घिमिरे पछिल्ला उदाहरण हुन् । लोकमान मुख्य सचिवबाट अवकाशपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त भएका थिए।

यस्तै पौड्याल अवकाशपछि चीनका लागि नेपाली राजदूतमा नियुक्त भए भने सुवेदी मुख्य सचिव पदबाट राजीनामा दिएर एसियाली विकास बैंकमा वैकल्पिक कार्यकारी निर्देशकको रूपमा गएका थिए ।

नवीनकुमार चाँही गृहसचिव र पछि मुख्य सचिवको दौडमा रहेका उनी सचिवबाट अवकाशपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त र पछि प्रमुख आयुक्त बनेका थिए ।यस्तै सचिवहरूबाटै लाभको पदमा जानेहरूको फेहरिस्त पनि लामै रहेका् छ ।

यसमा दीप बस्न्यात, उमेश मैनाली, भोजराज पोखरेल, तीर्थमान शाक्य, शंकरप्रसाद कोइराला, केदारबहादुर अधिकारी ,राजन खनाल, शिशिर ढुंगाना, शंकरप्रसाद अधिकारी, कृष्णहरि बाँस्कोटा लगायत रहेका छन् ।

यसरी नै अबका मुख्य सचिव र सचिवहरुले लाभको पदमा जान २ वर्ष प्रतिक्षा गर्नुपर्ने भएपछि उनीहरूले पदबाट सामूहिक राजीनामा दिने सम्मको घुर्की लगाएका छन् ।

Tags: #‘कुलिङ पिरियड’#मुख्यसचिव र सचिवहरु

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.