×

NEPAL TIMES UPDATES

Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

१० जेष्ठ २०८२

९ जेठ , काठमाण्डौ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामै राख्ने कि छाड्ने भन्ने विषयमा आज टुंगो लाग्ने भएको छ। लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिटमा आज पनि सुनुवाइ भइरहेको छ ।

Advertisement
Advertisement

बिहीबार रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेपछि पूर्वडीआइजी जोशीका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि सरकारी वकिलले बहस गरिरहेका छन् ।

न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले तीन दिनको सुनुवाइपछि आज आदेश गर्ने तयारी गरेको हो। हेर्दाहेर्दैमा रहेको रवि र छविको निवेदनमा आज जाहेरवालाका तर्फबाट सुरुमा बहस हुनेछ।

त्यसपछि रवि र छविका वकिलले जवाफी बहस गर्नेछन् र आदेश आजै सुनुवाउने इजलासको तयारी छ। यसअघि मंगलबार रविका कानुन व्यवसायीले बहस गरेका थिए। उनीहरुको बहस बिहीबार पनि भएको थियो।

बिहीबार रविका तर्फबाट बहस सकिएपछि छविका वकिलले बहस गरेका थिए। छविका वकिलको बहस सकिएपछि सरकारी वकिलले पनि बहस गरिसकेका छन्। जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्ने तयारी छ।

त्यसपछि रविका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले जवाफी बहस गर्ने तयारी गरेका छन्। रवि पक्षका अधिवक्ताले भनेका छन्, ‘नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा निरन्तर सुनुवाई भइरहेको छ ।

आजसम्म प्रतिवादीका कानून व्यवसायीहरु वकिलले बहस गरे भने अब बाँकी जाहेरवालाका तर्फबाट बहस गर्न बाँकी छ र प्रतिउत्तर जवाफ दिएपछि सम्भवत आज बन्दी प्रत्यक्षीकरणको रिट र ७३ नम्बरको निवेदनको संयुक्तरुपमा सुनुवाई भएकाले आदेश आउने सम्भावना छ ।’

मंगलबार लामिछानेको तर्फबाट अन्य अधिवक्ताहरुले बहस सकेकोमा बिहीबार वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गरे । त्यसपछि जोशीको तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, गोविन्द बन्दी र अधिवक्ता अपूर्व खतिवडाले बहस गरेका थिए ।

त्यसपछि सरकारी वकिलको तर्फबाट नायव महान्यायाधिवक्ता लोकराज पराजुली, उपन्यायाधीवक्ता रामप्रसाद पन्थी र रक्षा ज्ञवाली, सहन्यायाधीवक्ता दिनेश प्रसाद घिमिरे र गोविन्द खनाल लगायतले बहस गरे ।

बहसका क्रममा सरकारी वकिल र न्यायाधीशबिच सवालजवाफ भएको छ । सुनुवाइको क्रममा न्यायाधीश नहकुल सुवेदीले जिबी राई नभेटेर रवि र छविलाई पक्राउ गरेर हो भनी सवाल गरेका थिए ।

‘जिबी राई नभेटिएकाले रवि र छविलाई पक्राउ गरेर आरोप लगाइएको हो ?’ सुवेदीले सोधेका थिए ।उक्त प्रश्नपश्चात सहन्यायाधीवक्ता खनाल केहीबेर अलमल भएका थिए । त्यसपछि उनले राईको खोजी भैरहेको बताएका थिए ।

‘हामी जिबीलाई खोजिरहेका छौँ । खोज्ने काम हुँदैछ श्रीमान् ।’ त्यसपछि न्यायाधीश सुवेदीले पुनः सोधे, ‘रवि र छविले सहकारीको रकम ल्याउन ठ्याक्कै के काम गरे ? त्यस्तो त ठ्याक्कै केही आउँदैन । अभियोजन गर्ने निकायले व्यक्ति व्यक्तिले के ग¥यो भन्ने थाहा हुनु पर्दैन ?

फौजदारी दायित्व गोस्वारामा एकमुस्ट ल्याउने हुन्छ? यसको आपराधिक दायित्व यो हो भन्ने स्पस्ट हुनु पर्छ होला नि ?’ यस्तै न्यायाधीश ढकालले सहकारीको ऋण लिन रवि र छविको व्यक्तिगत भूमिकाबारे सोधेका थिए । ‘कहाँ कहाँ के भूमिका भयो ? त्यो आउनुपर्दैन ?’ उनले सोधेका थिए ।

जवाफमा पन्थीले उच्चले त्यसको आधार र कारण आदेशमा खुलाएको बताए । यस्तै उपन्यायाधिवक्ता ज्ञवालीले पनि लामिछानेको तर्फबाट ७३ निवेदनपछि फेरि बन्दीप्रत्यक्षीकरण ल्याइएकोमा प्रश्न उठाएकी थिइन् ।

यसैगरी नायव महान्यायाधिवक्ता पराजुलीलाई सहकारीबाट लामिछानेको नाममा पैसा गएकोमा विवाद नभए पनि निवेदकले जानकारी छैन भनेकाले पैसा गएको आधार र प्रमाणबारे सोधेका थिए ।

जवाफमा पराजुलीले एक करोड लामिछानेको खातामा गएको र ४० लाख ९३ हजार रुपैयाँको चेक पनि काटिएको जवाफ दिएका थिए । उनले भने, ‘कम्पनीको १५ प्रतिशत शेयर मालिक, एमडी र सञ्चालक हुने ।

पैसा आएको र चेक काटे पनि त्यसको जिम्मेवारी भने नलिने भन्ने हुन्छ ? यहाँ छविले रविलाई, रविले जिबीलाई देखाएर उम्किने काम भयो श्रीमान्।’ बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीले छविलाई थुनामा पठाउने र रविलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

त्यसविरुद्ध दुवै पक्ष उच्च अदालत पुगे। उच्च अदालत बुटवलले रविलाई थुनामा पठाउने आदेश गर्दा छविको हकमा जिल्लाकै आदेश सदर गरेको थियो। त्यसपछि रुपन्देही कारागारमा रहेका दुवै जनालाई थुनाबाहिरै रहेर मुद्दा लड्न पाउनु पर्ने माग गर्दै छुट्टा छुट्टै निवेदन दिएका थिए। त्यसको आज टुंगो लाग्ने भएको हो।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top