×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा

१७ आश्विन २०७५

काठमाडौँ,असोज १७
भूटानमा जारी यू–१८ माहिला साफ च्याम्पियनसिप फुटबलमा समूह उपविजेता बन्दै नेपाल सेमिफाइलन प्रवेश गरेको छ । मंगलबार भएको खेलमा बङ्गलादेशसँग २–१ गोलले पराजित भए पनि नेपाल सेमिफाइनल पुगेको हो । बङ्गलादेश भने समूह चरणको दुवै खेल जित्दै समूह विजेता बन्दै सेमिफाइल प्रवेश गरेको छ ।

बङ्गलादेशको जितमा मोसामत सिरात जोहान सोप्नाले १६औँ र ३२औँ मिनेटमा श्रीमोती कृष्णरानी सरकारले गोल गरेकी थिइन् । नेपालका लागि इन्जुरी समयको दोस्रो मिनेटमा रश्मीकुमारी घिसिङले एक गोल गरेकी थिइन् ।

Advertisement
Advertisement

दुवै खेल जितेको बङ्गलादेश समूहको विजेता र नेपाल उपविजेता बनेका छन् । यसअघि नेपाल र बङ्गलादेश दुवैले पाकिस्तानलाई हराएका थिए । पाकिस्तानलाई नेपालले १२–० र बङ्गलादेशले १७–० ले हराएको थियो ।

पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२–० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै बङ्गलादेशले पाकिस्तानमाथि १७–० ले जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । यसअघि असोज १२ गते भएको पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध १२–० को जित हासिल गरेको थियो । उक्त खेलमा नेपाली स्ट्राइकर रेखा पौडेल एक्लैले सात गोल गरेकी थिइन् ।

नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, उषा नाथ, कविता राई, डिफेण्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फर्सवान, पूजा राना मगर, मिडफिल्डरमा शरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जनासिंह ठकुरी, सम्झना लावती र स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा र सम्झना शर्मा छन् ।

Advertisement

हरिओम श्रेष्ठको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीका सहायक प्रशिक्षक प्रकास वैद्य र गोलकिपर प्रशिक्षक अस्मिता खवास रहेका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top