×

NEPAL TIMES UPDATES

Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026

नेपालसँग ५० रनमै समेटियो इन्डोनेसिया, बन्यो कीर्तिमान

१५ असार २०८२

१५ असार , काठमाण्डौ ।

नेपाली युवा टोलीले एसीसी यू–१६ पुरुष इष्ट जोन कपमा इन्डोनेसियामाथि कीर्तिमानी जित निकाल्दै एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ।

Advertisement
Advertisement

नेपालले इन्डोनेसियालाई ३७० रनले पराजित गरेको हो। क्याप्टेन विपीनप्रसाद शर्माको घातक बलिङ र प्रसिद्ध जैसीको शतकमा लगातार तेस्रो जित निकालेको नेपाल ६ अंकमा तालिकाको शीर्ष स्थानमा उक्लेको छ।

प्रतियोगितामा अपराजित रहेको नेपाल लगातार तेस्रो जित दर्ता गर्दै अन्तिम चारमा पुगेको हो। समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार भुटानसँग खेल्नेछ।

नेपालले दिएको ४ सय २१ रनको कीर्तिमानी लक्ष्य पछ्याएको इन्डोनेसिया २४.३ ओभरमा ५० रन बनाउँदा अलआउट भयो। इन्डोनेसियालाई कम स्कोरमा रोक्न नेपालका लागि विपीनले ७ं.३ ओभरमा २ मेडनसहित मात्र १२ रन दिएर ६ विकेट झारे।

शुभम खनाल र सुगम बुढाथोकीले समान एक विकेट लिए। इन्डोनेसियाका लागि ओपनर केभिन निरज चड्डाले १५ र डिभित नन्दाले १४ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

त्यसअघि मलेसियाको क्वालालाम्पुरस्थित सालाङगोर टर्फ क्लबमा इन्डोनेसियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली युवा टोलीले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ४ सय २० रनको योगफल तयार पारेको थियो।

पहिलो विकेटका लागि ओपनर प्रसिद्ध जैसी र परिमर्जन यादवले ६२ बलमा १ सय ३० रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए। प्रसिद्ध जैसीले १ सय ३२ रनको सर्वाधिक योगदान दिए।

उनले १ सय १४ बलमा १५ चौका र १ छक्का प्रहार गर्दा क्याच आउट भए। २८ बलमा ४ चौका र ८ छक्का सहयोगमा ७१ रन बनाएका परिमर्जन यादव दसौ ओभरको अन्तिम बलमा क्याच आउट भए। तेस्रो विकेटका लागि प्रसिद्ध र रौनक श्रीवास्तवले १ सय ३६ बलमा १ सय ४८ रनको साझेदारी गर्दै नेपाललाई कीर्तिमानीयोगफलतर्फ डोर्याएका थिए।

रौनक श्रीवास्तव ८८ रन बनाउँदा क्याच आउट नै भए। जय थापा ५७ रन थप्दै आउट भए। श्रीवांस बजगाई ४ रनमा पेभेलियन फर्के। सुगम बुढाथोकी ३९ र रोशन शाही १० रनमा अविजित रहे।

समूह चरणको पहिलो खेलमा सिगांपुरलाई ६ विकेटले हराएको नेपाली टोलीले दोस्रो खेलमा जापानमाथि ९ विकेटको फराकिलो जित दर्ता गरेको थियो। इन्डोनेसिया भने पहिलो खेलमा सिंगापुरसँग ९ विकेटले पराजित भएको थियो।

दोस्रो खेलमा भुटानलाई ९ विकेटले पाखा लगाएको थियो। दोस्रो हार भोगेसँगै इन्डोनेसियाको अन्तिम चारमा पुग्ने योजनामा धक्का पुगेको छ। समूह ए बाट नेपालसँगै सिंगापुर सेमिफाइनलमा पुगेको छ।

जापान, इन्डोनेसिया र भुटान सेमिफाइनल दौडबाट बाहिरिसकेका छन्। प्रतियोगितामा सहभागी नेपालसहित १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ए मा नेपालसँगै सिंगापुर, इन्डोनेसिया, भुटान र जापान रहेका छन्। समूह बी मा आयोजक मलेसियासहित हङकङ, मालदिभ्स, थाइल्याण्ड र म्यानमार छन्।

समूह बी बाट हङकङ सेमिफाइनलमा पुगिसकेको छ। मलेसिया र थाइल्यान्डको अन्तिम चारमा पुग्ने सम्भावना जीवित छ। समूह चरणको शीर्ष दुईमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top