×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

आफ्नै पार्टीका सांसदले गरे ट्रम्पको विधेयकविरूद्ध मतदान

१८ असार २०८२
१८  असार , काठमाडौं ।
अमेरिकी सिनेटमा घण्टौँको गतिरोध, संघर्ष र रस्साकसीपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको कर र खर्चसम्बन्धी विधेयक झिनो मतले पारित भएको छ ।
जसलाई लिएर इलोन मस्कले पनि निकै विरोध गरेका थिए । यो विल पास भयो भने आफूले नयाँ पार्टी खोल्नेसम्मको चेतावनी उनले दिएका थिए ।
र यो पास गराउने सिनेटरहरुलाई लाज लाग्नु पर्ने भन्दै कटाक्ष गरेका थिए । यसको बावजुद विधेयकले एक प्रमुख अवरोध पार गरेको हो। तर यसमा ट्रम्पले आफ्नै पार्टीका सिनेटरहरुको पनि विरोध खेप्नु परेको छ ।
अमेरिकी सिनेटमा २४ घण्टाभन्दा बढीको बहसपछि यो विधेयक पारित भएको हो । तर, सत्तारुढ रिपब्लिकन पार्टीभित्र फुट देखियो । यो विधेयक ‘वान बिग ब्युटिफुल बिल एक्ट’को मतदानमा पक्ष र विपक्षमा बराबर मत परेपछि उपराष्ट्रपति जेडी भान्सले ‘टाई–ब्रेकिङ’ मत दिँदा पारित भएको हो ।
रिपब्लिकन बहुमत भएको सिनेटमा विधेयकबारे मतदान हुँदा पक्ष र विपक्ष दुवैमा ५०–५० मत परेको थियो । सामान्य अवस्थामा उपराष्ट्रपतिले विधेयक पारित गर्ने सन्दर्भमा मतदान गर्दैन ।
बराबरी भएको अवस्थामा उपराष्ट्रपतिले निर्णायक मतदान गर्न पाउँछन् भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । भान्सले मतदान गरेपछि ट्रम्पले ठूलो र सुन्दर (बिग ब्युटिफुल बिल) भन्दै आएका उक्त विधेयक सिनेटबाट ५१–५० को झिनो अन्तरले पारित भएको थियो ।
यो विधेयक अब तल्लो सदन कंग्रेसमा फर्किनेछ, जहाँ यसले अझै विरोधको सामना गर्नुपर्ने समाचारमा उल्लेख छ । यसअघि तल्लो सदन कंग्रेसमा रिपब्लिकनहरूले यो विधेयकलाई एक मतको झिनो अन्तरले पारित गरेका थिए ।
ट्रम्पले रिपब्लिकन नियन्त्रित कंग्रेसलाई यो विधेयकको अन्तिम संशोधनलाई ४ जुलाईसम्म कानुनमा हस्ताक्षर गर्न पठाउन समयसीमा दिएका छन् । “संशोधनसहितको विधेयक पारित भएको छ,” भान्सले मंगलबार भने, जुन क्षणमा सिनेट रिपब्लिकनहरूले ताली बजाए ।
डेमोक्र्याटहरू निराश हुँदै आफ्नो सिटमा बसे र टाउको हल्लाए । घाटा, सामाजिक कार्यक्रमहरू र खर्चको स्तरमा विवादले रिपब्लिकनहरूलाई चुनौती दिएको थियो । यसैले अवरोध ल्यायो । 
पार्टी एकजुट गर्ने प्रयासका बाबजुद तीन रिपब्लिकन सिनेटरले यो विधेयकलाई समर्थन दिएनन् । उनीहरूले विधेयकको विपक्षमा मतदान गरेका थिए । दिनभरीको वार्तापछि, रिपब्लिकन नेताहरूले अलास्काकी सिनेटरको समर्थन लिन सफल भएका थिए ।
जसले आफ्नो राज्यमा मेडिकेड कटौतीलाई लिएर समर्थन रोकेकी थिइन् । विधेयक पारित भएपछि ट्रम्पले भने, ‘यो एक उत्कृष्ट विधेयक हो । यसमा सबैका लागि केही न केही छ।’ राष्ट्रपतिको हस्ताक्षरसँगै यो विधेयक कानुन बन्नेछ ।
सामाजिक कार्यक्रममा खर्च कटौती हुने भएकाले यस विधेयकबारे धेरै विवाद छ । यो त्यही विधेयक हो जसका कारण ट्रम्प र उनलाई चुनाव जिताउने अर्बपति इलन मस्कबीच भनाभन भएको थियो ।
पछि उनीहरुको झगडा मस्कले पछुतो जाहेर गरेपछि सुलह भएको थिया े। तर सिनेटमा विधेयक पुगेपछि मस्कले फेरि ट्रम्पसँग वाकयुद्ध सुरू गरेका थिए । उनले विधेयक पारित भए नयाँ पार्टी खोल्ने चेतावनी दिएका थिए ।
ट्रम्पले जबाफमा ट्रम्पले मस्कका कम्पनीहरूलाई दिएको सरकारी अनुदान कटौती गर्ने धम्की दिएका छन् । ट्रम्पले मस्कलाई ‘दोकान बन्द गरेर दक्षिण अफ्रिका फर्कनुपर्ने’ चेतावनी समेत दिएका थिए ।
विधेयक सिनेटले पारित गरे पनि मस्कले नयाँ पार्टीबारे भने अभिव्यक्ति दिएका छैनन् । यता यो विधेयकले स्वास्थ्य बीमा कार्यक्रमको कटौती, धनीहरूलाई कर लाभ, ग्रामीण अस्पतालहरू बन्द हुने, वैदेशीक ऋण, नवीकरणीय ऊर्जामा दिएको प्रोत्साहन खारेज गर्ने व्यवस्था रहेकाले धेरै रिपब्लिकनहरूले यसको पक्षमा मतदान गरे पनि तीन जनाले यसको विरोध जनाएका हुन् ।
विधेयक प्रतिनिधि सभा (हाउस अफ रिप्रिजेन्टेटिभ)मा पठाइएको छ । त्यहाँ रिपब्लिकनहरूको २२०–२१२ को झिनो बहुमत छ । प्रतिनिधि सभामा पनि रिपब्लिकनै सदस्यहरू उक्त विधेयकको विपक्षमा रहेका कारण त्यहाँ पनि ठूलो लडाइँ हुने निश्चित रहेको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
https://www.youtube.com/watch?v=tNXUTPTZyAQ
Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top