×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

१८ असार २०८२
१८ असार, काठमाडौं।  
निजामती विधेयकमा भएको चलखेलबारे आफूलाई केही जानकारी नभएको र छानविनका लागि पनि तयार भएको बताएपनि राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा अहिले सभामुखसहित सांसदहरु र मिडियाको प्रश्न र आरोपहरुको घेराबन्दीमा परेका छन् ।
विपक्षीमात्रै होइन सत्ता सहयात्री दल एमाले र आफ्नै दल काँग्रेसका सांसदहरुले पनि उनलाई अहिले र्याख्र्याती पारिरहेका छन् । उनको राजीनामा मागिरहेका छन् ।
कुलिंग पिरियड अफ भएको ठाउँमा बाहेक कसरी आयो ? कसको जोडमा आयो ? उनको कोर टिममा को को छन् ? लगायतका प्रश्नसहित अब सांसदहरुले उनको नेतृत्वमा बस्न नसक्ने समेत बताएका छन् ।
काँग्रेस सांसदसमेत रहेका समिति सभापति खतिवडा यो विधेयकमा भएको हेराफेरीको सवालमा निल्नु न ओकल्नुको अवस्थामा पुगेका छन् । आफै सभापति रहेकाले यसको जिम्मेवारी लिन्न भन्ने ठाउँमा उनी छैनन् ।
अर्कातर्फ आफू अनविज्ञ रहेको तर छानविनमा दोषी देखिए कारबाहीका लागि पनि तयार रहेको भनिरहँदा पनि सांसदहरुको चर्को, तिखो प्रश्नको उनले सामना गर्नु परेको छ ।
यतिसम्म कि काँग्रेस र एमालेसहितका सांसदहरुले अब रामहरिलाई राम राम मात्र भन्न सक्ने काँधमा हालेर बोक्न नसक्नेसम्मको जनाउ दिइसकेका छन् ।
यो प्रकरणमा अब खतिवडासामू नैतिकताको मात्रै प्रश्न रहेन् । उनी र समिति सचिवबाहेक अन्य कोही पनि पात्र छैनन् जसमाथि आरोपको सुई जाओस् ।
यद्यपि यी दुईले मात्रै भन्दा पनि अझैमाथिबाट नै निर्देशन पाएर यो चलखेल भएको समेत सांसदहरुले आशंका गरेका छन् । त्यो माथिमा प्रधानमन्त्री ओली, काँग्रेस सभापति शेरबहादुर देउवा वा अन्य को भन्नेबारेमा भने कसैले किटान गरेका छैनन् ।
तर रामहरि खतिवडालाई उनको कोर टिमका को को छ भनेर प्रश्न भने गरिएको छ । र यो प्रश्न उनकै दल काँग्रेसका सांसद हृदयराम थानीले गरेका हुन् ।
उनले ’ठूलाकै दबाबमा’ राज्यव्यवस्था तथा सुशासन समितिका सचिव सुरजकुमार दुराले निजामती विधेयकमा चलखेल गरेको आरोप लगाएका छन् ।
“तपाईंले नपढेर सिग्नेचर गर्नुभएको भन्ने मेरो मनमा छैन । दुराजी, तपाईंले ठूलाका दबाबमा ५ (क) राख्नुभएको हो,“ बुधबार समितिको बैठकमा समितिका सदस्यसमेत रहेका थानीले भने ।
“दुराजी तपाईं सचिव हो, नयाँ मान्छे होइन । सभापति टाठोबाठोमध्येको सभापति हो । कुलिङ पिरियडमा थाहा छैन भनेर तपाईंले थाहा पाइनँ भन्न मिल्छ ?,“ उनले प्रश्न गरे ।
उनले अगाडि थपे, “यहाँ ठूलै समूहको हात छ, सांसदको मन रोएको छ । भोलि पार्लियामेन्ट सिस्टमको के रहला ?“ उनले समितिका सभापति रामहरि खतिवडाले मनपरी गरेको पनि आरोप लगाए ।
उनले यस विषयमा संसदीय छानबिन समिति नै गठन गर्नुपर्ने बताए । “सभापतिलाई इमानदार साथ भन्नुस्, कोर टिम को हो ? तपाईं र दुरापछि कांग्रेस, एमालेबाट कसलाई राख्नुभएको थियो ? कम्तीमा संसदीय समिति गठन हुनुपर्छ । सभापतिले मनपरी गर्नुभयो । हाम्रो चित्त दुखाउनुभयो,“ उनले भने ।
यस्तै एमालेका सांसद वासुदेव घिमिरेले खतिवडा र दुराले राजीनामा दिनुपर्ने माग राखेका छन् । “अधिकारसम्पन्न छानबिन समिति बनाउनुपर्छ । सभापति र सचिवले राजीनामा दिनुपर्छ,“ बुधबार समितिको बैठकमा समितिका सदस्य घिमिरेले भने ।
एमालेकै अर्का सांसद राजेन्द्र राईले पनि सभापति खतिवडाको राजीनामा माग गरे । “सभापतिज्यू, अब तपाईंले छोडदिनुपर्छ । समितिको अपमान गर्ने अधिकार हुन्न । सचिव कहाँ चुक्नु भो ? तपाईंलाई कसले फसायो ? बाटो खोल्दिनुस्,“ उनले भने ।
उनले अगाडि थपे, “शंका थियो मैले नराखौँ भनेको हो । बुरुक–बुरुक उफ्रिनुभो । पछि त हटाउनु नै रहेछ । मुलुकलाई घाटा हुन्छ । मिहिनेत गरेका छिनछिनमा चेन्ज गर्नुहुन्छ । अब तपाईंको नेतृत्वमा बस्न सक्दैनौँ,“ उनले भने ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि निजामती विधेयकमा षड्यन्त्र भएको बताए । सांसद पाण्डेले नियवश नै त्रुटि गरिएको दाबी गरे ।
उनले आफूले अन्तिममा समितिका सभापति रामहरि खतिवडासँग धेरैपटक विधेयक माग्दा पनि नदिएको गुनासो गरे । “सभापतिले यो विधेयक अन्तिममा हामीलाई पढ्न दिनुभएन, धेरैपटक मागेको थिएँ । विश्वासघात भएको छ,“ उनले भने ।
उनले ’कुलिङ पिरियड’मा छलछाम भएकाले छानबिन गर्नुपर्ने बताए । “छलछाम भएकै हो, छानबिन गर्नुपर्छ । कुलिङ पिरियड जसरी पनि लागु हुनुपर्छ,“ उनले भने । उनले अगाडि थपे, “नैतिकताको कुरा आफैँले जान्ने हो । सभापति , सचिवले नैतिकताको कुरा आफैँले देखाउने हो । छानबिन सभापतिदेखि सबैलाई गर्नुपर्छ ।“
एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले राज्यव्यवस्था तथा सुशासन समितिमा बदमासी भएको बताए । सांसदको निधारमा धब्बा लागेको उनले बताए ।
सभापतिजीमा ओभर कन्फिडेन्ट भएर होला, प्रधानमन्त्रीसँग तीन घण्टा बसेर हट्दैन भन्नुभएको थियो । तर, पुछार हटाउन ध्यान पुर्याउनुभएन छ ।”
यस्तै ’कुलिङ अफ पिरियड’को व्यवस्थामाथि जालझेल गर्नमा मुख्यसचिव एकनारायण अर्याल र अन्य सचिवहरूले भूमिका खेलेका हुन् कि भन्ने लागिरहेको पनि सांसद राजेन्द्र पाण्डेले बताएका छन् ।
नेकपा माओवादी केन्द्री सांसद दुर्गा राईले रामहरि खतिवडा र सचिव सुरजकुमार दुरा को बाट परिचालित भएर निजामती सेवा विधेयकमाथि चलखेल भएको हो? भन्दै प्रश्न गरेकी छन् ।
उनले यो विषय सभापति खतिवडाको राजीनामा आउँदैमा समाधान भइहाल्ने खालको पनि नभएको बताइन् । दुईजनाले राजीनामा दिएर समस्या समाधान हुँदैन उनले भनिन् सभापति र सचिव माथिबाट प्रयोग हुनुभएको हो।
जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले निजामती सेवा ऐन नै आउन नदिने षडयन्त्र भइरहेको दाबी गरे।   बैठकमा  सामान्य प्रशासन मन्त्रालयका सहसचिव मिरा आचार्यले निजामती विधेयकमा कुलिङ पिरियडमा राखिएको व्यवस्थाबारे आफूहरूसँग छलफल नै नभएको बताएकी छन् ।
आचार्यले भनिन्, ‘समितिको सचिवालयले पेस गरेको प्रतिवेदन हामीले फाइनल गरेको होइन । उपसमितिको प्रतिवेदनमाथि छलफल हुँदै गर्दा ८२ को ४ मा थप्ने सवालमा बाधा मानिने छैन भन्नेमा हटाउने विषयबारे छलफल भएकै छैन ।’
निर्णय भएको विषय उपदफा ४ हेरे पनि अवकाश भएको विषयमा राजीनामा दिने विषय पहिला नआएको आचार्यले बताइन् । त्यसपछि आफू बाहिर गएकाले विस्तृत थाहा नपाएको भन्दै उनले प्रतिवेदन अध्ययनका लागि माग्दा समेत नदिइएको बताइन् ।
यस्तो अवस्थामा सङ्घीय मामिला मन्त्रालय कसरी संलग्न भयो ? भन्दै प्रश्न गरिन् ।  यस्तै कानुन मन्त्रालयका सहसचिव सुवास भट्टराईले अन्तिम प्रतिवेदन तयार गर्दा आफू सहभागी नभएको बताए ।
‘अन्तिम समयमा हामीलाई दफावार छलफलका लागि निमन्त्रणा पनि भएन’, भट्टराईले भने, ‘उपदफा ५ मा भएका व्यवस्था झिकिएको वा थपेको होइन ।’
यता राष्ट्रिय सभाका सांसदहरूले पनि प्रतिनिधिसभाको राज्य व्यवस्था समितिबाट पारित भएको ‘संघीय निजामती सेवा विधेयक, २०८०’ मा कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्था परिवर्तन गरी ‘बाहेक’ भन्ने शब्द थपिएकामा आपत्ति जनाएका छन् ।
राष्ट्रिय सभाको आजको बैठकमा उनीहरूले अनावश्यक शब्द थपिएको कार्य किर्ते भएको र संविधान विपरीतको काम भएको बताएका छन्।
https://www.youtube.com/watch?v=CDTwl_4yUoA&pp=0gcJCcEJAYcqIYzv
Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top