×

NEPAL TIMES UPDATES

Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

१८ असार २०८२
१८ असार, काठमाडौं।  
तिब्बती बौद्ध धर्मगुरु दलाई लामाले आफ्नो उत्तराधिकारीबारे भिडिओ सन्देश जारी गरेपछि चीन थप आक्रोशित भएको छ । बुधबार आफ्नो उत्तराधिकारीबारे दलाई लामाले भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘मेरो मृत्युपछि पनि धर्मगुरु छनोट गर्ने परम्परा जारी रहनेछ।’
उत्तर भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका बौद्ध धर्मका आध्यात्मिक नेताले उत्तराधिकारी छनोट परम्परा जारी रहने कुरा यति स्पष्ट रूपमा भनेको पहिलोपटक हो ।
उनले अगाडि भनेका छन्, उनको पुनर्जन्म पत्ता लगाउने र पहिचान गर्ने प्रक्रिया पूर्ण रूपमा गादेन फोड्राङ फाउन्डेसनअन्तर्गत हुनेछ र यस विषयमा अरू कसैलाई हस्तक्षेप गर्ने अधिकार छैन ।
यो संस्था उनी आफैले स्थापना गरेका हुन । दलाई लामालाई तिब्बतका संरक्षक संत अवलोकितेश्वर वा चेनरेजिगको जीवित अवतार मानिन्छ । दलाई लामाको भूमिका प्राचीन छ र १५औँ शताब्दीदेखि १४ जना दलाई लामा भइसकेका छन् ।
मार्चमा प्रकाशित आफ्नो पुस्तक भ्वाइस फर द भ्वाइसलेसमा दलाई लामाले भनेका थिए, ‘उत्तराधिकारी चीनबाहिर जन्मने सम्भावना पनि छ।’ के विश्वास गरिन्छ भने दलाई लामाको मृत्युपछि उनको पुनर्जन्म हुन्छ ।
यस्तोमा  उनले आफ्नो उत्तराधिकारीसम्बन्धी बहुप्रतिक्षित घोषणा गरेका हुन् । चीनले तिब्बतमा नियन्त्रण जमाउन आफ्नै उम्मेदवार थोपर्ने कोसिस गर्ला भन्ने चिन्ताका माझ उनको सो घोषणा आएको छ ।
उता चीनले पनि बुधवार नै यसको जवाफमा भनेको छ कि आगामी दलाई लामाको पुनर्जन्मलाई उसको केन्द्रिय सरकारले स्वीकृति दिनु आवस्यक छ । चीनले भनेको छ कि आगामी दलाई लामाको चुनाव र सिंगो प्रक्रिया चीनभित्रै हुुनुपर्छ ।
चीनको यो बयान दलाई लामाको घोषणाको केही घण्टापछि आएको हो । दलाई लामाले भने आफ्नो उत्ताराधिकारी चीनबाहिर हुने र आफूले स्थापना गरेकै ट्रष्टले अनुमोदन गरेको हुने, यसमा चीनको हस्तक्षेप नस्वीकार्ने बताएका छन् ।
तर चिनियाँ विदेश मंत्रालयका प्रवक्ता माओ निंगले समाचार एजेंसी एएफपीलाई भनेका छन् कि “दलाई लामा, पंचेन लामा र अन्य महान बौद्ध हस्तिहरुको पुनर्जन्मलाई एक स्वर्ण कलशबाट लोटरी निकालेर चुन्नुपर्छ र चीनको केंद्रीय सरकारद्वारा अनुमोदित हुनुपर्छ“
आउँदो आइतबार दलाई लामा ९० वर्ष पुरा हुनेछन् । उनको शारीरिक स्थिति पनि कमजोर बन्दै गएको छ ।  यसबीच दलाई लामाले उनका उत्तराधिकारीबारे कुनै सङ्केत दिने अपेक्षाका माझ सयौँ अनुयायीहरू निर्वासित जीवन बिताइरहेका आफ्ना आध्यात्मिक गुरुको ९०औँ जन्मोत्सव मनाउन उत्तर भारतमा भेला भइरहेका छन् ।
उनको घोषणालाई धर्मशालामा आयोजित १५औँ तिब्बती धार्मिक सम्मेलनले सर्वसम्मत रूपमा समर्थन गरेको बताइएको छ । सन् १९५९ मा चिनियाँ शासनविरुद्ध तिब्बतमा भएको विद्रोह विफल भएपश्चात् दलाई लामा भागेर भारत पुगेका थिए ।
उत्तर भारतको पर्वतीय नगर धर्मशालामा उनले निर्वासित सरकारको गठन गरे। तिब्बतमा चीनको कडा नियन्त्रणको विरोध गर्नेहरूले उनलाई शक्तिको एक वैकल्पिक स्रोतका रूपमा हेर्छन्।
आइतवारको ९०औँ जन्मदिन अगाडि बुधवारदेखि सुरु हुने गरी धर्मशालामा तीन–दिने १५औँ तिब्बती धार्मिक सम्मेलन भइरहेको छ । जन्मोत्सवका   कार्यक्रम सोमवार देखि नै सुरु भएका थिए ।
जुन दिन तिब्बती लुनार क्यालेन्डर बमोजिम दलाई लामाको जन्म दिन पर्छ । जन्मोत्सवका कार्यक्रमहरूमा भाग लिन ७ हजार पाहुना आउने छन् जसमा कैयन् भारतीय मन्त्रीहरू पनि छन्।
सोमवार जारी गरिएका फोटोहरूमा दलाई लामाले हलिउड अभिनेता रिचर्ड गेरलाई आशीर्वाद दिइरहेको देखिन्छ । उनी दलाई लामाका पुराना अनुयायी हुन् । विगतमा दलाई लामाले आफ्नो उत्तराधिकारीबारे आफ्नो ९०औँ जन्मदिन ताका विस्तृत बताउने भनेका थिए ।
सोमवार भएको भेलामा उनले ’कुनै एक प्रारूप हुने जसअन्तर्गत हामी दलाई लामाको संस्थाको निरन्तरताबारे कुराकानी गर्न सक्नेछौँ’ भनेका थिए ।
त्यस्तै यी नोबेल शान्ति पुरस्कार विजेता तिब्बती आध्यात्मिक अगुवालाई विगतमा यस ६०० वर्ष पुरानो संस्था कायम राखिरहने वा नरहने भन्ने दुबिधा थियो ।
केही वर्ष अगाडि उनले आफ्ना उत्तराधिकारी महिला पनि हुन सक्ने वा कोही पनि नहुन सक्ने भनेका थिए । तर पछिल्ला समयमा उनले यदि निर्वासनमा बसिरहेका तिब्बती समुदायमाझ बहुमत समर्थन छ भने ।
जुन छ उक्त संस्था निरन्तर रहने र उनको कार्यालयले उत्तराधिकारी छान्ने बताएका थिए । तिब्बतको हैसियतलाई लिएर दलाई लामाले सदा ’मध्य मार्ग’ चीनभित्र सच्चा स्वशासनको वकालत गर्दै आएको भए पनि बेइजिङले उनलाई पृथकतावादी मान्छ ।
आफ्नो शासनमा तिब्बतका मानिसहरूको जीवनस्तर निकै सुधारिएको चीनको भनाइ छ । वर्तमान दलाई लामा ’तिब्बती आन्दोलनलाई एकताबद्ध र गोलबन्द गर्ने शक्ति’ भएको भन्दै  कतिपय तिब्बतीहरूले उनको उत्तराधिकारीको चाँडै चयन हुनु पर्ने नत्र उक्त समुदाय र आन्दोलनलाई भावी दिनमा प्रभाव पर्ने ठान्ने गरेको छ ।
जानकारहरूले चाहिँ उनले उत्तराधिकारीको घोषणा गर्ने बित्तिकै चीनले पनि उसको दलाई लामा मनोनित गर्ने ठान्छन् । दलाई लामाको उत्तराधिकारी छनोट तिब्बती अनुयायीहरूका लागि मात्र नभएर चीन, भारत र अमेरिकाका लागि पनि रणनीतिक कारणले चासोको विषय बनेको छ ।
तिब्बती परम्पराअनुसार, एक वरिष्ठ बौद्ध भिक्षुको आत्मा उनको मृत्युपछि पुनर्जन्म हुन्छ । १९३५ जुलाई ६ मा उत्तर पूर्वी तिब्बतको एक किसान परिवारमा जन्मिएका अहिलेका दलाई लामालाई दुई वर्षको उमेरमै यस्तो पुनर्जन्मका रूपमा पहिचान गरिएको थियो ।
अघिल्ला दलाई लामाका सामग्रीहरू चिन्नेदेखि भिक्षुहरूको ध्यानमा आउने र विभिन्न मिल्दाजुल्दा सङ्केत दिने गरेको आधारमा १४ औँ दलाई लामाका रूपमा उनी चुनिएका थिए । उनी १९५९ देखि भारतमा निर्वासित जीवन बिताइरहेका छन् ।
राजसंस्थाको पालादेखि नै चिनियाँ सरकारलाई दलाई लामाको उत्तराधिकारी अनुमोदन गर्ने अधिकार रहेको चीनको दाबी छ । १७९३ मा जिन वंशदेखि नै उत्तराधिकारी चयनको प्रक्रिया स्वरूप पुनर्जन्म लिएकाहरूको नाम सुनको कलशबाट निकालिने प्रथा रहिआएको बताइन्छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top