NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा आइतवार पुस २७ , २०८२
चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै शनिबार पुस २६ , २०८२
केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

 मामदानीले हातले भात खाँदा ट्रम्प समर्थकको पारो तात्यो 

बिहिबार असार १९ , २०८२
Reading Time: 1 min read
A A
 मामदानीले हातले भात खाँदा ट्रम्प समर्थकको पारो तात्यो 
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
१९ असार, काठमाडौं ।
अमेरिकामा एक विपक्षी दलका नेताले हातैले खाना खाएपछि बबण्डर मच्चिएको छ । न्युयोर्क शहरमा मेयर पदका उम्मेदवार जोहरान मामदानीले हातैले दालभात तरकारी खाएको भिडियो सार्वजनिक भएपछि ट्रम्पसमर्थकहरूले आक्रोश व्यक्त गरेका छन् ।
राष्ट्रपति डोनल्ड ट्रम्पले मामदानीलाई ‘बौलाहा कम्युनिस्ट’ भनी अपमान गरिरहेको सन्दर्भमा उनका समर्थकहरूले पनि मामदानमाथि आपत्तिजनक टिप्पणी गरेका हुन् ।
टेक्सस राज्यका रिपब्लिकन सांसद ब्रान्डन गिलले मामदानीलाई तेस्रो विश्वतिर फर्केर जान भनेका छन् । हातैले भात खानुलाई मेक अमेरिका ग्रेट अगेनका अनुयायीहरूले राजनीतिक हतियारका रूपमा प्रयोग गरिरहेका छन् ।
चम्चाकाँटाको साटो हातैले खाना खाने मान्छे अमेरिकी हुन नसक्ने उनीहरूको भनाइ छ । नेपाल, भारत, श्रीलंका लगायतका देशमा हातैले खाना खाने प्रचलन छ । यो सांस्कृतिक परम्पराको पालन मात्र हो ।
तर, अमेरिकाका जातिवादी र श्वेत सर्वोच्चतावादीहरूले हातैले खाना खानुलाई अर्को संस्कृतिको परम्पराका रूपमा लिएर सम्मान गर्नुको साटो पश्चिमी संस्कृतिमाथिको धावाका रूपमा लिए ।
उनीहरूको पूर्वाग्रही दृष्टिकोणमा गोरा मानिस र पश्चिमी संस्कृतिभन्दा बाहेकका सबै गतिविधि शंकाको घेरामा पर्छन् । ‘तेस्रो विश्वतिरै फर्केर जानू’ अपमानजनक शब्दावली हुनुका साथै राजनीतिक बहिष्कारको संकेत पनि हो ।
श्वेत सर्वोच्चतावादीहरूले अन्यलाई ‘तिमीहरू जहाँबाट आएको हो, त्यहीँ फर्केर जाओ’ भन्ने गरेका छन् र अहिले तेस्रो विश्व भनेर उनीहरूले त्यही कुरालाई भूराजनीतिक शब्दावलि दिएका छन् ।
यसले स्पष्ट रूपमा सांस्कृतिक सीमारेखा कोरेको छ । तिमीहरू हामी जस्ता हैनौ भनी बहिष्कारको भाषा बोलिएको हो । मामदानीका पिता भारतीय मूलका युगान्डाली महमूद मामदानी हुन् भने आमा प्रख्यात फिल्म निर्देशक मीरा नायर हुन् ।
युगान्डाको राजधानी कम्पाला जन्मिएका मामदानी सात वर्षको हुँदा उनका आमाबुवा अमेरिकामा बसाइ सरेका हुन् । मामदानी न्युयोर्कको नगरसभामा निर्वाचित सदस्य हुन् ।
उनलाई त यस्तो अपमान गरिन्छ भने अश्वेत सर्वसाधारणप्रति कति घृणा प्रकट गरिन्छ होला ? तेस्रो विश्व भन्ने शब्दावलि शीतयुद्धको समयमा प्रयोग गरिन्थ्यो । त्यो अब अर्थहीन भइसकेको छ ।
गोरा अमेरिकीहरू हातैले बर्गर, चिप्स र फ्राइज खान्छन् तर उनीहरूलाई असभ्य भनिँदैन । दक्षिण एसियालीहरूले हातले भात खाँदा किन यति धेरै आपत्ति उठाइन्छ ?
अमेरिकामा बस्ने दक्षिण एसियाली मूलका मानिसले मामदानीको भिडियोमा मिश्रित प्रतिक्रिया जनाएका छन् । कतिपयलाई यो देखेर लाज लाग्यो भने अन्य कतिपयले आफ्नो संस्कृतिलाई संसारसामु प्रस्तुत गरेको भन्दै मामदानीको प्रशंसा गरे ।
मामदानीले हातैले भात खानु सांस्कृतिक क्षण मात्र हैन, यो त फरक संस्कृतिको अभ्यासले श्वेत सर्वोच्चतावादीहरूलाई असहज बनाउँछ भन्ने तथ्यको स्थापना पनि हो ।
मामदानीले पहिला पनि रोडी यान्ड रोजेज नाम दिएर अभियान चलाएका थिए । उनले आफ्नो राजनीतिलाई खाना, संस्कृति र न्यायसँग जोड्ने गरेका छन् ।
उनले आप्रवासी लगायतका कामकाजी वर्गको सुरक्षाका लागि खाद्य न्याय, बसोवासको अधिकार र श्रम सुरक्षाका विषयमा पैरवी गर्दै आएका छन् । त्यसैले, मामदानीले हातैले खाना खाएको भिडियो सार्वजनिक गर्नु आफ्नो जराप्रति एक्यबद्धता र गर्वको अभिव्यक्ति हो ।
तर, अमेरिकाका उग्रदक्षिणपन्थीहरूले त्यो सांस्कृतिक गर्वलाई जोरी खोज्ने कामका रूपमा हेरिरहेका छन् । यसअघि ट्रम्पले ममदानीलाई पक्राउ गर्ने चेतावनी दिएका थिए ।
ट्रम्पले संघीय आप्रवासन तथा भन्सार प्रवर्तन एजेन्सी (आईसीई)को कारबाहीको अवज्ञा गरे ममदानीलाई पक्राउ गर्ने चेतावनी दिएका हुन्।
मंगलबार फ्लोरिडाको एभरग्लेड्समा नयाँ एलिगेटर अल्काट्राज आप्रवासी हिरासत केन्द्रमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले ३३ वर्षीय डेमोक्रेटिक नेता ममदानीलाई कम्युनिस्ट भएको आरोप लगाए ।
न्युयोर्क सहरको डेमोक्रेटिक मेयरमा प्राइमरी निर्वाचन जितेपछि ममदानीले छिमेकीलाई निर्वासन गर्ने मास्क लगाएका आईसीई एजेन्टलाई रोक्ने बताएका थिए । यसबारे एक पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले भनेका छन, “त्यसो भए हामी उनलाई पक्राउ गर्छौं ।
हेर्नुहोस्, हामीलाई यो देशमा कम्युनिस्ट चाहिँदैन, तर यदि कोही छ भने म राष्ट्रको तर्फबाट उसलाई निकै सावधानीपूर्वक निगरानी गर्नेछु।” उनले ममदानी देशमा अवैधरूपमा बसेको गलत दाबी पनि दोहो¥याए ।
“धेरै मानिसहरू भनिरहेका छन् कि उनी यहाँ अवैधरूपमा छन् । हामी सबै कुरा जाँच्नेछौँ । आदर्श रूपमा, उनी कम्युनिस्टभन्दा धेरै कम सावित हुनेछन्, तर अहिले उनी कम्युनिस्ट हुन्, समाजवादी होइन ।”
मंगलबार बिहान ह्वाइट हाउसबाट बाहिरिँदा ट्रम्पले ममदानीमाथिको आक्रमणलाई निरन्तरता दिँदै उनलाई पूरै ’पागल’ र ’खराब’ पात्रका रूपमा व्यख्या गरे । ममदानीले मंगलबार एक वक्तव्यमार्फत ट्रम्पको भनाइको खण्डन गर्दै धम्कीलाई अस्वीकार गर्ने बताएका छन् ।
यस्तै डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ बैंकका प्रमुख जेरोम पावेललाई पनि तुरुन्तै पद छोड्न निर्देशन दिएका छन् । ट्रम्पले आफ्नो सामाजिक प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘टु लेट, उनले तुरुन्तै राजीनामा दिनुपर्छ।’
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पावेललाई फेडरल रिजर्भ बैंकको अध्यक्ष बनाएका थिए । ट्रम्पले ब्याजदर कटौती नगरेकामा पावेलको बारम्बार आलोचना गरिरहेका छन् ।
राष्ट्रपति ट्रम्पसँग उनलाई पदबाट हटाउने शक्ति छ कि छैन भन्ने कुरा स्पष्ट छैन । पावेलको निरन्तर आलोचना गरे पनि ट्रम्पले यस वर्षको सुरुमा भनेका थिए, ‘पावरलाई बर्खास्त गर्ने उनको कुनै मनसाय छैन।’
ट्रम्प आर्थिक वृद्धि बढाउन फेडरल रिजर्भ बैंकले ब्याजदर घटाउन चाहन्छन् । अर्कातर्फ पावेलले मंगलबार भनेका थिए, ‘ट्रम्पको ट्यारिफ नीतिले अर्थतन्त्रलाई असर नगरेको भए केन्द्रीय बैंकले पहिले नै ब्याजदर घटाइसकेको हुने थियो।’
यसअघि ट्रम्पले आफैलाई पैसाको खोला बगाएर चुनाव जिताएका इलोन मस्कलाई पनि दक्षिण अफ्रिका फर्कन बाध्य पारिदिने चेतावनी दिएका थिए ।
मस्कले डज प्रमुख भएर गरेको कामको पनि जाँच गरिने, यस्तै उनलाई दिएको सब्सिडी रोकिदिने, व्यापार ठप्प पारिदिने र अन्त्यमा अमेरिका छाड्न बाध्य पारिदिनेसम्मको धम्की ट्रम्पले मस्कलाई दिएका छन् ।
मस्कले पनि ट्रम्पको बिग बिउटीफुल विल पास भएको अवस्थामा नयाँ दल खोलेर अर्को वर्षको चुनावमा चुनौती दिने बताएका छन् ।
LS Auto
Tags: # ट्रम्प समर्थकको पारो तात्यो#केन्द्रीय बैंक प्रमुख#ट्रम्पको निशाना

लोकप्रीय

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२

विचार

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२

थप समाचार

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा
संगीत

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
समाचार

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने
समाचार

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो
समाचार

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.