१९ असार, काठमाडौं ।
नेपालको विद्युतीय सवारी ईभी बजारमा आफ्नो पहिलो मोडल एलईभी ०१ बाट सकारात्मक चर्चा बटुल्न सफल चिनियाँ न्यू इनर्जी भेहिकल (NEV) कम्पनी एलएस अटोले अब आफ्नो उत्पादनलाई थप आक्रामक बनाउने भएको छ।
कम्पनीले आफ्नो लोकप्रिय एसयूभी एलईभी ०१ को अल ह्वील ड्राइभ (AWD) संस्करण एलईभी(एक्स) नेपाली बजारमा ल्याउने घोषणा गरेको छ।

नेपालका लागि एलएस अटोको आधिकारिक वितरक, नेक्सन भेन्चरले एलईभी एक्स लाई आगामी महिना आयोजना हुने नाडा ईभी एक्स्पोमा सार्वजनिक गर्ने योजना बनाएको छ।

यो नयाँ मोडलले नेपाली सडक , विशेषगरी अफरोड यात्राका लागि उत्कृष्ट पर्फर्मेन्स दिने कम्पनीको दाबी छ। एलईभी एक्सको बाहिरी डिजाइन हाल बजारमा उपलब्ध एलईभी ०१ कै प्लेटफर्ममा आधारित भए पनि यसको पर्फर्मेन्स र भित्री फिचरहरूमा भने उल्लेख्य सुधार गरिएको छ ।

शक्तिशाली ड्युअल मोटरस् कम्पनीका अनुसार एलईभी एक्स मा अगाडि र पछाडि गरी कुल १९८ किलोवाट क्षमताको शक्तिशाली ड्युअल मोटर सेटअप जडान गरिएको छ, जसले यसलाई अल ह्वील ड्राइभ क्षमता प्रदान गर्दछ।
यो फिचरले गाडीलाई कच्ची, हिलो र उकालो ओरालो बाटोमा समेत उत्कृष्ट पकड र नियन्त्रण दिन्छ। बढेको ब्याट्री क्षमता र रेन्जस् एलईभी ०१ मा ६७ किलोवाट आवरको ब्याट्री प्याक रहेकोमा नयाँ एलईभी एक्स मा १० किलोवाट आवर बढी अर्थात् ७७ किलोवाट आवरको ठूलो ब्याट्री प्याक प्रयोग गरिएको छ।

यसले गाडीको रेन्ज अझ बढाउने दावी गरिएको छ । उत्कृष्ट ग्राउन्ड क्लियरेन्सस् आफ्नो सेग्मेन्टमै सबैभन्दा धेरै २१० एमएमको अग्लो ग्राउन्ड क्लियरेन्स भएको यो एसयूभीमा अल ह्वील ड्राइभ फिचर थपिएपछि नेपालको जुनसुकै भौगोलिक अवस्थामा पनि ढुक्कसँग चलाउन सकिने कम्पनीको विश्वास छ।
अपडेटेड इन्टेरियरस् एलईभी एक्स को इन्टेरियरमा पनि केही परिमार्जन गरिएको छ। यसमा एसी भेन्ट र अन्य इन्टेरियर डिजाइनलाई थप प्रिमियम र आकर्षक बनाइएको छ।
नेक्सन भेन्चरले नाडा ईभी एक्स्पोमा एलईभी एक्स मात्र होइन, प्रिमियम ह्याचब्याक सेग्मेन्टमा आफ्नो उपस्थिति जनाउन नयाँ मोडल एलईभी ०५ समेत सार्वजनिक गर्ने योजना बनाएको छ।
एलईभी ०५ नेपाली बजारमा हाल निकै रुचाइएका बीवाईडी डल्फिन र नामी ०१ जस्ता लोकप्रिय मोडलहरूसँग सिधा प्रतिस्पर्धा गर्ने गरी तयार पारिएको हो।
यसको आगमनले प्रिमियम ह्याचब्याक सेग्मेन्टमा प्रतिस्पर्धा थप रोचक बनाउने र ग्राहकहरूलाई नयाँ विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ।