×

NEPAL TIMES UPDATES

Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026
Playing
पश्चिम एसियामा दिगो शान्ति कि भीषण यु द्ध ?४८ घण्टा निर्णायक || Nepal Times
Apr 15, 2026
Playing
रुस–चीनसंग नजिक रहेको उत्तर कोरिया किन इरानसँग दूरी बढाउँदैछ ? || Nepal Times
Apr 15, 2026
Playing
दीपक भट्टसँग १० विलासी गाडी, शुद्धीकरण विभागले गर्याे जफत|| Nepal Times
Apr 15, 2026
Playing
सदावहार प्रतिपक्षी’ प्रेम सुवालको बिदाइ र हर्क साम्पाङको इन्ट्री || Nepal Times
Apr 15, 2026

इतिहास रच्ने संघारमा नेपाली महिला फुटबल, बराबरी भए के हुन्छ ?

२० असार २०८२
२० असार, काठमाडौं ।
नेपाली महिला फुटबल टोलीले आफ्नो इतिहासकै सबैभन्दा महत्त्वपूर्ण खेल खेल्ने संघारमा उभिएको छ। दशकौँदेखिको एएफसी वुमन्स एसियन कप खेल्ने सपना साकार पार्न अब नेपाली चेलीहरू मात्र एक जित टाढा छन्।
तर, यो एक जितको पछाडि विगतका दर्जनौं असफलता, बलियो प्रतिद्वन्द्वीको चुनौती र घरेलु मैदानको दबाबलाई चिर्नुपर्ने कठिन पर्खाल खडा भएको छ।
शनिबार उज्वेकिस्तानविरुद्धको खेल नेपालका लागि नयाँ इतिहास कोर्ने एउटा सुनौलो अवसर  बनेकोछ ।  उज्वेकिस्तानमा जारी एएफसी वुमन्स एसियन कप २०२६ को छनोट अन्तर्गत समूह ’एफ’ मा नेपालले अहिलेसम्म अविश्वसनीय प्रदर्शन गरेको छ।
नयाँ कप्तान सावित्रा भण्डारी ’साम्बा’ को नेतृत्वमा मैदानमा उत्रिएको नेपाली टोलीले आफ्ना दुई खेलमा गोलको वर्षा नै गरेको छ।  पहिलो खेलमा लाओसलाई ९–० को फराकिलो अन्तरले धुलो चटाएको नेपालले दोस्रो खेलमा श्रीलंकामाथि ८–० को सानदार जित दर्ता ग¥यो।
दुई खेलमा कुल १७ गोल गर्दा नेपालले एक गोल पनि खाएको छैन । यी दुई खेलमा स्टार फरवार्ड तथा कप्तान साम्बा एक्लैले ७ गोल  गर्दै आफू विश्वस्तरीय खेलाडी भएको प्रमाण दिएकी छिन्।
उनको प्रेरणादायी कप्तानी र गोल गर्ने क्षमताले टोलीको मनोबल आकाशिएको छ। नेपालका लागि यो यात्रा जति सहज देखिन्छ, अन्तिम चुनौती त्यति नै कठिन छ।
समूहको आयोजक उज्वेकिस्तान पनि नेपाल जत्तिकै उत्कृष्ट लयमा छ। उसले पनि आफ्ना दुवै खेलमा सानदार जित निकालेको छ। पहिलो खेलमा श्रीलंकालाई १०–० ले पराजित गरेको उज्वेकिस्तानले दोस्रो खेलमा लाओसलाई ७–० ले हरायो।
अचम्मको संयोग, दुवै नेपाल र उज्वेकिस्तानले समान २ खेलबाट ६–६ अंक जोडेका छन्, दुवैले समान १७–१७ गोल गरेका छन् र दुवैले कुनै गोल खाएका छैनन्। यसले शनिबार हुने अन्तिम खेल थप रोचक हुने अनुमान गरिएको छ ।
एएफसीको नियम अनुसार समूहबाट एक टोली मात्र एसियन कपका लागि छनोट हुनेछ। अहिलेको अवस्थामा सबै तथ्यांक अंक, गोलअन्तर, गरेको गोल, खाएको गोल मा दुवै टोली बराबर छन्।
यसले गर्दा शनिबारको खेलको महत्त्व झनै बढेको छ। यदि निर्धारित ९० मिनेटको खेल बराबरीमा सकियो भने विजेताको टुंगो लगाउन सिधै पेनाल्टी सुटआउटमा जानेछ।
यसको अर्थ, नेपाललाई एसियन कपमा स्थान बनाउन जित्नैपर्ने दबाब छ वा बराबरीको अवस्थामा पेनाल्टीको परीक्षा पास गर्नुपर्नेछ। नेपाली फुटबलको सबैभन्दा ठूलो समस्या भनेकै अन्तिम अवस्थामा चुकेको इतिहास हो।
दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको पीडादायी विगतले नेपाली समर्थकलाई सधैं झस्काउने गर्छ।  तथ्यांकमा हेर्दा पनि उज्वेकिस्तान नेपालभन्दा निकै बलियो देखिन्छ।
फिफा वरीयतामा उज्वेकिस्तान ५१ औं स्थानमा छ भने नेपाल १०० औं स्थानमा छ। हेड–टु–हेडमा पनि उज्वेकिस्तान हाबी छ। नेपालसँग खेलेका तीनवटै खेलमा उसले जित निकालेको छ, जहाँ उज्वेकिस्तानले ११ गोल गर्दा नेपालले मात्र ३ गोल गर्न सकेको छ।
सन् २०१९ मा भएको नादेज्दा कपको फाइनलमा नेपाल उज्वेकिस्तानसँग ३–२ ले पराजित भएको थियो।  यसका साथै, उज्वेकिस्तान ५ पटक एसियन कप खेलिसकेको अनुभवी टोली हो र घरेलु मैदानको पूर्ण फाइदा पनि उसलाई हुनेछ।
तर विगतका तथ्यांकहरू जतिसुकै निराशाजनक भए पनि वर्तमानमा नेपाली टोलीको आत्मविश्वास र एकता बलियो छ। कप्तान साम्बा अन्तिम चुनौतीको सामना गर्न टोली तयार रहेको बताउँछिन्।
“अन्तिम अवस्थामा सधैं अभागी हुने गरेको इतिहास छ, तर अहिले टोलीको कम्बिनेसन मिलेको छ। हामी यो अन्तिम चुनौतीसँग लड्न र इतिहास बदल्न तयार छौं,“।
शनिबार नेपाली समयअनुसार राति सवा नौ बजे सुरु हुने यो खेलले नेपाली महिला फुटबलको भविष्य र दिशा निर्धारण गर्नेछ।
के नेपालले आफ्नो दुर्भाग्यपूर्ण इतिहासलाई पन्छाउँदै  बलियो उज्वेकिस्तानलाई उसकै घरेलु मैदानमा स्तब्ध पार्दै पहिलो पटक एसियन कपमा स्थान बनाउला?
Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top