NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया सोमवार मंसिर १ , २०८२
शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी सोमवार मंसिर १ , २०८२
नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ? सोमवार मंसिर १ , २०८२
एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो सोमवार मंसिर १ , २०८२
Next
Prev

समाचार

अपरेशन सिन्दूरबारे भारतको अर्काे खुलासा, पाकको पछि थियो चीन

आइतवार असार २२ , २०८२
Reading Time: 1 min read
A A
न्युक्लियर ‘ब्ल्याकमेल’ भारतले नसहने, पाकिस्तानले गुहारेपछि कारबाही स्थगित
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२२ असार , काठमाडौं ।
गत मे महिनामा भारत र पाकिस्तानबीच चलेको ४ दिने युद्धका बारेमा   भारतीय सेनाले नयाँ खुलासा गरेको छ । युद्धविरामपछि अहिलेपनि दाबी विरोध र आरोप प्रत्यारोप चलिरहेको छ ।
यो युद्धलाई आफुले नै शान्त पारेको अमेरिकी राष्ट्रपतिले दाबी गरिरहेका छन् । यता युद्धका क्रममा भएका क्षति, रणानीति र अन्य देशहरुको यसमा प्रत्यक्ष वा अप्रत्यक्ष भएका सहयोगबारे भारत र पाकिस्तानको आआफ्नो दाबी र आरोपहरु छन् ।
पाकिस्तानका तर्फबाट भन्दा पनि भारतका तर्फबाट युद्धका क्रममा भएका क्षति र कमजोरीबारे नयाँ र विगतको भन्दा फरक भनाईहरु आइरहेका छन् ।
भारतले सुरुमा आफ्नो कुनै पनि विमान वा डिफेन्स सिस्टममा आक्रमण नभएको दाबी गरेको थियो । तरपछि उसका अधिकारीहरुले फरक फरक समय र संदर्भमा आफ्ना विमानहरुमा क्षति पुगेको स्वीकार गरे ।
जसमा एउटा फ्रान्समा निर्मित राफेलसमेत थियो । समय वित्दै जाँदा भारतीय सैन्य अधिकारीहरुले प्राविधिक र रणनीतिकरुपमा आफ्ना केही कमजोरीहरु रहेको पनि स्वीकार गरे ।
युद्धविराम लगत्तै केही अन्तर्राष्ट्रिय मिडियाहरुले एक्पटर््स र एजेन्सीहरुलाई उदृत गर्दै भारत चीनका कारण पाकिस्तानसंगको युद्धमा कमजोर बनेको समेत लेखेका थिए ।
विशेषगरी चीनमा निर्मित जे १० सी जस्ता विमान र हतियारहरुको प्रयोगले,  साथै चीनले प्रोभाइड गरेका भारतीय सैन्य अड्डा, गतिविधिका ताजा सूचनाले पाकिस्तान सो युद्धमा बलियो बनेको देखिएको थियो ।
अमेरिकाले पनि यसबारेमा भारतलाई जानकारी दिएको मिडियाहरुले लेखेका थिए, सोहीकारण पनि भारत युद्धविराकालागि तयार भएको भनिएको थियो । तर सो बेला भारतले यो मानेको थिइन ।
अहिले भने भारतले चीनले पाकिस्तानलाई भारतका प्रमुख स्थानबारे ‘लाइभ इनपुट्स’ प्रदान गरेको आरोप लगाइएको छ । भारतीय सेनाका उपप्रमुख लेफ्टिनेन्ट जनरल राहुल सिंहले शुक्रबार यसै वर्ष मेमा सैन्य द्वन्द्वका क्रममा चीनले पाकिस्तानलाई सघाएको बताएका हुन् ।
उनले भारतको हवाई रक्षा प्रणाली तत्काल सुधार गर्नुपर्ने आवश्यकता पनि औँल्याएको समाचार संस्था रोयटर्सले जनाएको छ । आणविक हतियारसम्पन्न दुई छिमेकी देशले चार दिनसम्म चलेको दशकौँयताकै सबैभन्दा खराब द्वन्द्वका क्रममा मिसाइल, ड्रोन र गोलाबारुद प्रयोग गरेका थिए ।
त्यो द्वन्द्व अप्रिलमा भारतीय कश्मीरमा हिन्दु पर्यटकमाथि गरिएको आक्रमणपछि सुरु भएको थियो । पर्यटकमाथि आक्रमण इस्लामाबादको योजनामा गरिएको नयाँ दिल्लीले आरोप लगाएको थियो ।
उक्त आतंंककारी आक्रमणमा २६ पर्यटकको हत्या गरिएको थियो । त्यसपछि दुई देशबीच द्वन्द्व बढेको थियो । यद्यपि, पाकिस्तानले अप्रिलको आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।
द्वन्द्वको समयमा भारतले दुई विरोधीसँग लड्नुपरेको सिंहले टिप्पणी गरे । त्यसमा देखिने अनुहार पाकिस्तान भए पनि उसलाई चीनले सबै सम्भव सहयोग प्रदान गरेको उनले बताए ।
तर, उनले चीनबाट प्राप्त लाइभ इनपुट्सबारे भारतलाई कसरी थाहा भयो भन्ने विस्तृत जानकारी दिएनन् । यसबारेमा रोयटर्सले प्रतिक्रिया माग्दा चिनियाँ विदेश र रक्षा मन्त्रालय तथा पाकिस्तान सेनाको जनसम्पर्क शाखाबाट जवाफ दिइएन ।
भारत र चीनबीच सन् २०२० मा सीमामा झडप भएपछि सम्बन्ध तनावपूर्ण बनेको थियो । त्यसले चार वर्षसम्म सैन्य गतिरोध निम्त्याएको थियो । तर, अक्टोबरमा दुवै देशबीच त्यहाँबाट सैनिक फिर्ता गर्ने सम्झौतापछि तनाव कम हुन थालेको छ ।
भारतले यसअघि पाकिस्तान चीनसँग नजिकको सम्बन्धमा रहे पनि द्वन्द्वको समयमा बेइजिङबाट कुनै प्रत्यक्ष सहयोगको संकेत नभएको जनाएको थियो ।
चीनले स्याटेलाइट तस्बिर वा अरू गुप्तचर जानकारी प्रदान गरेको सम्भावनाका विषयमा भारतका रक्षा प्रमुखले ती व्यावसायिक रूपमा उपलब्ध रहेको बताएका थिए । र, ती तस्बिर चीन वा अन्यत्रबाट प्राप्त भएको हुन सक्ने उनको भनाइ थियो ।
पाकिस्तानी अधिकारीले यसअघि द्वन्द्वमा चीनबाट सक्रिय सहयोग प्राप्त गरेको आरोप खारेज गरेका थिए । तर, बेइजिङले स्याटेलाइट र राडार सहायता प्रदान गरेको विषयमा उनीहरूले विशेष रूपमा टिप्पणी गरेका छैनन् ।
बेइजिङले भारत–पाकिस्तानबीच मेमा भएको युद्धविरामको स्वागत गरेको थियो । युद्धविरामको केही दिनपछि चिनियाँ विदेशमन्त्रीले पाकिस्तानी समकक्षीसँग भेट्दा उक्त देशको राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सन् २०१३ देखि चीनले पाकिस्तानको कमजोर अर्थतन्त्रमा लगानी र वित्तीय सहयोगमार्फत सहायता गर्दै आएको जनाइएको छ । भारतीय सेनाका उपप्रमुख सिंहले चीनबाहेक टर्कीएले पनि द्वन्द्वको समयमा पाकिस्तानलाई महत्त्वपूर्ण सहयोग प्रदान गरेको बताए ।
त्यो सहयोगमा बायार्कटार र धेरै अरू ड्रोनहरू उपलब्ध गराएको र प्रशिक्षित व्यक्तिहरू प्रदान गरेको उनको भनाइ छ । टर्की र पाकिस्तानबीच बलियो सम्बन्ध छ । द्वन्द्वको समयमा टर्कीले पाकिस्तानप्रति ऐक्यबद्धता व्यक्त गरेको थियो ।
त्योसँगै भारतीयलाई टर्कीएको कफीदेखि त्यहाँ छुट्टी मनाउनसम्म बहिष्कारका निम्ति प्रेरित गरेको थियो । इमपावरिङ  इन्डियन बिजिनेश फिक्कीद्वारा आयोजित ’न्यु एज मिलिटरी टेक्नोलोजी’ (नवीन युगको सैन्य प्रविधि) कार्यक्रममा बोल्दै उनले भनेका छन् “जब डीजीएमओ स्तरको वार्ता चलिरहेको थियो, पाकिस्तानले चीनबाट हाम्रा महत्त्वपूर्ण स्थानहरूको प्रत्यक्ष (लाइभ) अपडेट पाइरहेको थियो।
यस्तो अवस्थामा, यो यस्तो क्षेत्र हो जहाँ हामीले वास्तवमै धेरैभन्दा धेरै र तीव्र गतिमा काम गर्न आवश्यक छ।“  “’अपरेसन सिन्दूर’को दौरान हामी एउटै सीमामा दुई वा वास्तवमा तीन विरोधीहरूसँग लडाइँ लडिरहेका थियौं।
पाकिस्तान अग्रिम मोर्चामा थियो र चीनले उसलाई हरसम्भव सहायता प्रदान गरिरहेको थियो।“ उनले थप भनेका छन्,  “पाकिस्तानसँग रहेको ८१% सैन्य उपकरण चिनियाँ हो।
यस अभियानमा चीनले एक प्रकारले आफ्ना हतियारहरूलाई अन्य हतियारहरूविरुद्ध परीक्षण ग¥यो। पाकिस्तान एक प्रकारले उनीहरूका लागि प्रयोगशालाको रूपमा उपलब्ध थियो। टर्कीएले पनि यस प्रकारको सहायता प्रदान गर्न महत्त्वपूर्ण भूमिका निभायो।
बलियो वायु रक्षा प्रणालीको आवश्यकतामा  जोड  दिँदै उनले भनेका छन्,  “भविष्यमा यदि पाकिस्तानले हामीमाथि आक्रमण गर्छ भने, उसले घना आबादी भएका क्षेत्रहरूलाई निशाना बनाउन सक्छ। यस पटक सम्पूर्ण अपरेसनको दौरान वायु रक्षा र त्यसको सञ्चालन उत्कृष्ट थियो, तर यस पटक हामीले घना आबादी भएका क्षेत्रहरूमा वायु रक्षामा राम्ररी ध्यान दिएनौं, तर भविष्यमा हामी यसका लागि तयार रहनुपर्छ।“
उनले ’अपरेसन सिन्दूर’को परिणामबारे  भनेका छन्, “यसबाट हामीले केही पाठ सिकेका छौं कि छिमेकी मुलुकमा लक्ष्यको योजना र छनोट धेरै डेटामा आधारित थियो।
यो प्रविधि र मानवीय गुप्तचर जानकारीको प्रयोग गरेर सङ्कलन गरिएको थियो। “हामीले पाकिस्तानमा जम्मा २१ वटा लक्ष्य निर्धारण गरेका थियौं, जसलाई निशाना बनाउनु थियो।  त्यसपछि सेनाको कारबाहीभन्दा ठीक अघि अन्तिम घडीमा २१ मध्ये कुन नौ वटा निशानामा प्रहार गर्ने भन्ने तय गरियो।
त्यसपछि विश्वलाई सही सन्देश दिनका लागि हामी वास्तवमै एक एकीकृत शक्ति हौं भन्ने दृष्टिकोण तीनवटै सेनाले अपनाउनु पर्छ भन्ने एक सुविचारित निर्णय लिइयो।“
LS Auto
Tags: #अपरेशन सिन्दूर#अपरेशन सिन्दूरबारे भारतको अर्काे खुलासा

लोकप्रीय

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२
नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

सोमवार मंसिर १ , २०८२

विचार

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२
नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

सोमवार मंसिर १ , २०८२

थप समाचार

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने
अन्तर्राष्ट्रिय

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा
अन्तर्राष्ट्रिय

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२
नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?
खेलकुद

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

सोमवार मंसिर १ , २०८२
एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म
खेलकुद

एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म

सोमवार मंसिर १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपालमा सबैभन्दा बढी कर तिर्ने १६ करदाता

नेपालमा सबैभन्दा बढी कर तिर्ने १६ करदाता

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२
नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

सोमवार मंसिर १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.