NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
Reading Time: 1 min read
A A
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२२ असार , काठमाडौं ।
लैङ्गिक अल्पसंख्यक पहिचान अभियानका लागि अमेरिकी सहयोग रोकिएपछि ब्लु डायमन्ड सोसाइटीमा लिङ्ग परिवर्तन गराएर जीवनमै संकट ल्याएको भनि एक पक्षले गम्भीर आक्षेप लगाइएको छ ।
लिङ्ग परिवर्तनका नाममा व्यक्तिको जीवनमै सङ्कट ल्याउने र ब्लु डायमन्डले सञ्चालन गरेको ‘सम्मान गृह’ अर्थात् आश्रय स्थललाई समेत यौन क्रिडास्थल बनाएको भनि घृणित आरोपसम्म लगाइएको छ ।
ब्लु डाइमन्ड सोसाइटीबाट निकालिएका समूहले त्यस्तो गम्भीर आरोप लगाउँदै आएका छन् । अधिकार प्राप्ति र लैङ्गिक अल्पसंख्यका लागि आउने परियोजनाको रकमको समेत पारदर्शिता नभएको आरोप असन्तुष्ट पक्षले लगाएको छ ।
रोचक पक्ष के छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘महिला र पुरुष बाहेक केही हुँदैन’ भन्ने नीति लिएपछि लैङ्गिक अल्पसंख्यकको परियोजनाका लागि अमेरिकाले दिने सहयोग रोकिएको छ ।
अमेरिकी सहयोग रोकिए पछि विवाद बाहिर आएको उनीहरुले नै खुलाएका छन् । ब्लु डाइमन्डमा विवाद कसरी भित्रियो भन्ने उदाहरणकी पात्र हुन् नुमा लिम्बु (चञ्चला) । उ
नी लिड नेपाल झापा, दमकमा ब्लु डायमन्ड सोसाइटीले सञ्चालन गर्ने परियोजनाको प्रमुख थिइन् । अमेरिकी सहयोग बन्द भएपछि उनी बेरोजगार बनिन् ।
ब्लु डायमन्डले उनलाई काम दिएन । त्यही बेला लैङ्गिक अल्पसंख्यकको कोटाबाट पहिलो संविधानसभाका सभासद सुनिल बाबु पन्त दमक पुगे ।
उनले ‘अजिमा’ र ६ लैङ्गिक पहिचानसम्बन्धी वृत्तचित्र प्रदर्शन गरे । ‘हाम्रै रैथाने संस्कृतिमा पहिचान खोज्ने बेला आएको छ’ पन्तले भनेपछि चञ्चला काठमाडौँ आइन् ।
चञ्चला दमकमा मात्र होइन, काठमाडौंमा पनि कार्यालय राख्न चाहेकी थिइन । समुदायलाई अप्ठ्यारो पर्दा काम लाग्छ भनेर ब्लु डायमन्डका संस्थापक पन्तकै नेतृत्वमा बनेका दुई वटा भवन लाजिम्पाट र धुम्बाराहीमा छन् ।
त्यहाँ चञ्चलालाई कार्यालय राख्न दिइएन । संस्थाकै नाममा टौदहमा ९ रोपनी जग्गा छ, जसको उद्देश्य वृद्धाश्रम खोल्ने थियो । अहिले ट्रान्स मेनहरूले कृषि फार्म सञ्चालन गर्छौँ भन्दा ब्लु डायमन्डका पदाधिकारीहरुले रोकेर राखिदिए पछि यो विवाद सतहमा आएको हो।
पहिलो संविधान सभामा लैङ्गिक अल्पसंख्यक भनेरै सभासद बनेका उनै पन्त संस्थापक रहेको ब्लु डाइमन्ड सोसाइटी यतिखेर आरोप–प्रत्यारोपमा उत्रेको छ ।
तेस्रो लिङ्गि, छक्का, हिजडा’ जस्ता अपहेलित शब्दबाट समाजले नै बहिष्कार गरेकाहरूलाई ‘लैङ्गिक अल्पसंख्यक’ भनि सम्मानजनक शब्दमा समाजमा स्थापित गराउन ब्लु डाइमनको महत्वपूर्ण भूमिका छ ।
ब्लु डाइमन्डका संस्थापक पन्त अहिले अर्को संस्था ‘मायाको पहिचान नेपाल’को कार्यकारी निर्देशकका रुपमा कार्यरत छन् । लैङ्गिक अल्पसंख्यकहरुको सबै भन्दा पुरानो संस्थाको भाँडभैलो बारे पन्तकै पहलमा स्थापित पहिचानडकमसँग भनेका छन्– ‘हाम्रो मुक्ति भनेको लिङ्ग परिवर्तन गरेर महिला वा पुरुष बन्नु होइन । लैङ्गिक पहिचानलाई असमान्जस्यताको बिरामी भनेर हेर्नु अनुचित हो ।’
पन्तको तर्क छ– ‘जब कोही आफैँलाई बिरामी भन्छ, तब उसले उपचार खोज्न थाल्छ । र, त्यो उपचार भनेको महिला बन्ने या पुरुष बन्ने मानिन्छ, जुन सम्मानजनक होइन ।
प्राकृतिक रूपमा हुर्कँदै जाँदा जुन स्वरूप र भावना विकसित हुन्छ, त्यही स्वीकार गर्न सक्नु मात्रै मुक्ति हो ।’ पन्तले लैङ्गिक अल्पसंख्यकहरूलाई सर्जरी गर्नुहोस्, मेकअप गर्नुहोस्, तर लिङ्ग परिवर्तन गरे मात्रै पहिचान स्थापित हुन्छ भन्ने सोचमा नलाग्नुहोस् भनेर सुझाएका छन् ।
अहिले ब्लु डायमन्ड सोसाइटीले भने लिङ्ग परिवर्तनको सोचलाई प्रवद्र्धन गर्दै लागिरहेकोमा पन्तको गुनासो छ । नेपालमा पहिलो पटक विदेशी चिकित्सकको नेतृत्वमा त्रिवि शिक्षण अस्पताल प्लास्टिक सर्जरी विभागले गत जेठ १३ गते शल्यक्रिया गरी लिङ्ग परिवर्तनमा सफलता हासिल गरेको भनि घोषणा गरेको थियो ।
विभागीय प्रमुख डाक्टर जयनमान श्रेष्ठका अनुसार यस किसिमका शल्यक्रियाहरू बाह्य मुलुकमा सामान्य भए तापनि नेपालमा पहिलो पटक गरिएको बताएका थिए ।
तर नेपालमा लिङ्ग परिवर्तन सम्बन्धि कुनै कानुनी व्यवस्था  भने छैन । नेपालमै लिङ्ग परिवर्तनको सल्यक्रिया सफल भएकोप्रति लैङ्गिक अल्पसंख्यक समुयदायमा काम गरिरहेका संघ÷संस्थाहरूले खुसी व्यक्त गरेका थिए ।
नेपालमा लिङ्ग परिवर्तन सम्बन्धि कानुनी प्रश्न उब्जिरहेको बेला पन्तले पछिल्लो समय पश्चिमा फण्डिङमा यौन अङ्ग परिवर्तनको क्षेत्रमा बढी केन्द्रित भएको बताए ।
‘घरबार विहीन, एचआइभी सङ्क्रमित, प्यारालाइसिस भएका व्यक्तिहरूको अवस्था हेर्दैनन् । तर लिङ्ग सर्जरीका लागि पैसा दिइन्छ, यो कस्तो प्राथमिकता हो ?’
ब्लु डाइमन्डका असन्तुष्ट पक्षद्वारा आइतबार पत्रकार सम्मेलन गरी लैङ्गिक अल्पसंख्यक समुदायका सदस्यहरूले आफूहरूले पहिचान खोजिरहेका बेला अर्को पक्षले अस्तित्वमाथि नै खेलबाड गरेको आरोप लगाए ।
उनीहरुले सरकार, मानवअधिकार आयोग र सम्बन्धित ब्लु डाइमन्डलाई तत्काल छानबिन गर्न र दोषीमाथि कारबाही गर्न सामूहिक आग्रह गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिबाट सहयोग रोकिए पछि नेपालमा गैर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ÷संस्थाहरूमा कति गहिरो आर्थिक संकट पैदा भएको छ भन्ने उदाहरण ब्लु डाइमन्ड सोसाइटीको यो विवादले सतहमा ल्याइदिएको छ ।
LS Auto
Tags: #अमेरिकी सहयोग#डलरमा चलेको पहिचानको लडाइँ#फण्ड रोकिएपछि विद्रोह#ब्लु डायमन्डमा भाँडभैलो

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.