×

NEPAL TIMES UPDATES

Playing
होर्मुजकोमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

२३ असार २०८२
२३ असार , काठमाडौं।
भिजिट भिसामा मानव तस्करी गरिएको भन्दै प्रतिपक्ष दल रास्वपा र राप्रपाले गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानविन समितिको माग गर्दै संसद अवरोध गर्दै बहिष्कार नै गर्दै आइरहेका बेला प्रधानमन्त्री केपी शर्माओलीको भर्खरै सम्पन्न स्पेन भ्रमणमा समेत मानवतस्करी भएको गम्भिर आरोप लागेको छ ।
नेकपा माओवादी केन्द्रका वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा दिपशिखाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि मानवतस्करीसँग जोडेर गम्भिर प्रश्न खडा गरेका छन्।
दिपशिखाले लेखेका छन्,‘प्रधानमन्त्री जी तपाई स्पेन भ्रमणमा जाँदा केहि मानिसहरू लगेको र उतै छोडेर फर्किएको भन्ने आरोप छ। कति गएका र कति फर्केका हुन् जनतालाई जवाफ चाहियो ! प्रधानमन्त्रीको भ्रमणमा समेत मानव तस्करीको आरोप लाग्नु जत्तिको लज्जा रास्ट्रका लागि अरू के हुन्छ र?’
उनले सामाजिक सञ्जालमार्फत खडा गरेको प्रश्न भिजिट भिसा प्रकरणको बहस चलिरहेका बेला गम्भिर बन्न पुगेको  छ ।  सामाजिक संजालमा दिपशिखाले  प्रधानमन्त्रीमाथि आरोप लागेको बताएपनि त्यस्तो गम्भिर आरोप कसले र कहाँ लगायो भन्ने विषय उल्लेख गरेका छैनन् ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट रहेको र केन्द्रीय सदस्य तथा युवा फाँटको प्रमुख समेत भएकाले दिपशिखाको आरोप गम्भिर हो।
एमालेका नेताहरुले भने  प्रधानमन्त्रीको भ्रमणलाई जोडेर यस्तो अफवाह फैलियो र प्रमाणित भएन भने राम्रो  नहुने चेतावनी दिएका छन्।
रामप्रसादले सामाजिक संजालमार्फत प्रधानमन्त्रीसँग जवाफ मागेपछि उनीमाथि पनि सामाजिक संजालमा मानवतस्करी गरेको भन्दै प्रश्न उठाइएका छन् ।
स्पेनमा आयोजना भएको संयुक्त राष्ट्रसंघको कार्यक्रममा नेपालबाट झण्डै तीन दर्जन मानिस नेकपा माओवादी निकट ब्यवसायीले भिजिट भिसामा मड्रिट लगेको कुरा स्पेनबाट जानकारीमा आएको सामाजिक संजालमा दाबी गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली जाने कार्यक्रम भएको र स्पेनमा भिसाबिनै जान पाउने अवस्थाको दुरुपयोग गरेर स्पेन लगेको र त्यस्को संयोजन स्पेनमै रहेका माओवादी निकट ब्यवसायी चितवनतिरका कँडेल थरका ब्यक्ति हुन भन्ने पनि जानकारीमा छ ।
ती कँडेल थरका ब्यक्ति माओवादी नेता र वाइसिएलको नाममा असुलीमा कुस्त भएका भनिएका दीपशिखाकै निटकका मानिस हुन भन्ने तथ्य पनि खुलेको   सामाजिक संजालमा रामप्रसादलाई आरोप लगाउँदै लेखिएको छ ।
यस्तै एमाले निटक प्रेस चौतारीमा अध्यक्ष गणेश पाण्डेले त सापकोटाविरुद्ध जाहेरी परेको उल्लेख गरेका छन् ।  उनले लेखेका छन्,  माओवादी केन्द्रका वाइसिएल इञ्चार्ज रामप्रसाद सापकोटा उर्फ दिपशिखाले विदेशमा मान्छे पठाउने भनेर एक करोड डिल गरेको उजुरी परेको छ ।
जनता–जनयुद्धको नाममा राजनीति गरेर ठूला पदमा पुगेका मानिसले आज मान्छे बेच्ने धन्दा गर्न थाले भने यो त आन्दोलनको घोर अपमान हो । तर अहिलेसम्म दिपशिखाकाविरुद्धमा जाहेरी परेको विषयमा प्रहरीले भने अनविज्ञता जनाएको छ ।
प्रधानमन्त्री ओली  संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ (एफडीडी–४) मा २१ जना नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  असार १४ देखि २० गतेसम्म ६ दिने स्पेन भ्रमण   गरेका थिए ।
 कुल २१ सदस्यीय भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ, प्रधानमन्त्रीका प्रमुख स्वीकय सचिव राजेश बज्राचार्य, प्रधानमन्त्रीका निजी चिकित्सक डा. स्मृति शाक्य, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कुमारराज खरेल लगायत सहभागी  थिए ।
स्पेनमा  काठमाडौँबाट २१, स्पेन र न्यूयोर्कबाट आठ गरी २९ जना नेपाली प्रतिनिधिमण्डल  सहभागी  रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ  ।
भ्रमण दलमा स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका स्थायी प्रतिनिधि लोकबहादुर थापा लगायत सहभागी  रहेका थिए ।
Advertisement

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top