×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इजरेल–हमास युद्धविराम वार्ता फेरि असफल

२३ असार २०८२
२३ असार , काठमाडौं।
इजरायल र हमासबीचको अप्रत्यक्ष युद्धविराम वार्ता यस पटक पनि असफल बनेको छ । कतारले मध्यस्थता गरेको सो वार्ता बिना कुनै ठोस सफलता त्यसै सकिएको छ ।
वार्तासँग परिचित एक प्यालेस्टिनी अधिकारीले यसको जानकारी दिएका हुन् । ती अधिकारीका अनुसार, कतारको दोहामा दुई छुट्टाछुट्टै भवनमा करिब साढे तीन घण्टासम्म चलेको यो सत्रमा दुवै पक्षबिच कतारी र इजिप्टियन मध्यस्थकर्ताहरूमार्फत सन्देश र स्पष्टीकरण आदानप्रदान गरिएको थियो ।
तर कुनै प्रगति हासिल हुन सकेन । वार्ता सोमबार फेरि सुरु हुने अपेक्षा गरिएको अधिकारीले थप बताए । मध्यस्थकर्ताहरूले अवरोधहरू हटाउन र दुई पक्षबिचको मतभेद कम गर्न प्रत्येक प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै बैठक गर्ने योजना बनाएका छन् ।
रोयटर्स समाचार एजेन्सीले दुई प्यालेस्टिनी अधिकारीहरूसँग कुरा गर्दा इजरायली प्रतिनिधिमण्डललाई हमाससँग सम्झौता गर्न ‘पर्याप्त अधिकार’ नभएको र उनीहरूसँग ‘वास्तविक शक्ति नभएको’ बताएको थियो ।
यही समयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न वासिङ्टन प्रस्थान गरेका छन् । नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपतिसँगको आफ्नो भेटले थप बन्धकहरूको रिहाइ र गाजामा युद्धविरामको लागि सम्झौता गर्ने प्रयासमा प्रगति गर्न मद्दत पुग्ने बताएका छन् ।
उनले आफ्ना वार्ताकारहरूलाई इजरायलले स्वीकार गरेका सर्तहरूमा युद्धविराम सम्झौतामा पुग्न स्पष्ट निर्देशन दिएको बताएका छन् ।हमासले पछिल्लो युद्धविराम प्रस्तावलाई सकारात्मक भावनाका साथ जवाफ दिएको बताएको छ, तर कुनै पनि सम्झौतामा पुग्न दुई पक्षबिच अझै पनि ठुला भिन्नताहरू रहेको स्पष्ट देखिन्छ ।
हालका लागि, हमासले पहिलेदेखि नै जोड दिँदै आएका सर्तहरूमा अडिग रहेको देखिन्छ – जसमा कुनै पनि युद्धविरामको अन्त्यमा सबै शत्रुताको अन्त्यको ग्यारेन्टी र इजरायली सेनाको फिर्ती समावेश छ ।
नेतन्याहूको सरकारले यसअघि नै यी सर्तहरू अस्वीकार गरिसकेको छ । इजरायली अडानमा पनि खासै ठुलो परिवर्तन आएको छैन । इजरायलबाट अमेरिका प्रस्थान गर्दा नेतन्याहूले आफू अझै पनि तीनवटा ’मिसन’ प्रति प्रतिबद्ध रहेको बताएका थिएः सबै बन्धकहरूको रिहाइ र फिर्ती, जीवित र मृत दुवै; हमासको क्षमतालाई नष्ट गर्ने – यसलाई त्यहाँबाट हटाउने, र गाजाले अब इजरायललाई खतरा नबनाउने सुनिश्चित गर्ने ।
कतार र इजिप्टका मध्यस्थकर्ताहरूलाई इजरायल र हमासबिचको अप्रत्यक्ष वार्तामा यी विवादका बिन्दुहरू समाधान गर्न कडा चुनौती हुनेछ ।
यसले मार्चमा अघिल्लो युद्धविराम समाप्त भएदेखि अन्य पहलहरूलाई पनि विफल पारेको छ । यसबीच इजरायलले हुथी नियन्त्रित यमनमा पनि फेरि नयाँ फायर खोलेको छ ।
यमनका तीन बन्दरगाह र एउटा पावर प्लान्टमा आक्रमण गरिएको बताएको छ । इजरायली सेनाले आक्रमणअघि हुदैदा, रास इसा र सैफ बन्दरगाह आसपासका नागरिकलाई त्यहाँबाट हट्न चेतावनी दिएको थियो ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले सामाजिक सञ्जालमार्फत हमला गरेको कुरा पुष्टि गरेका छन् । आक्रमणमा व्यावसायिक जहाज ग्यालेक्सी लिडर पनि परेको उनले बताएका छन् ।
इजरायलले २०२३ मा विद्रोही समूहले अपहरण गरेको उक्त जहाज अन्तर्राष्ट्रिय पानीमा समुद्री जहाजको निगरानी गर्न प्रयोग गरिएको बताएको छ ।
आक्रमणपछि इजरायली सेनाले यमनबाट दुईवटा क्षेप्यास्त्र प्रहार भएको र तिनलाई रोक्ने प्रयास गरिएको पनि बताएको छ । यमनमा हुथीद्वारा सञ्चालित मिडियाले आक्रमण भएको स्वीकार गरे पनि यसबाट भएका क्षति वा हताहतबारे कुनै जानकारी दिएको छैन ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले उक्त आक्रमण अपरेसन ब्ल्याक फ्ल्यागको हिस्सा भएको उल्लेख गरेका छन्। उनले हुथीहरूले ‘आफ्नो कर्मको ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी पनि दिएका छन् ।
उनले एक्समा पोस्ट गरेका छन्, “यमनले तेहरानको जस्तै दुर्दशा भोग्नेछ । इजरायललाई हानि पु¥याउने प्रयास गर्नेलाई हानि पु¥याइनेछ र इजरायलविरुद्ध हात उठाउने जो कोहीको हात काटिनेछ।“ 
इजरायल–हमास युद्ध सुरु भएदेखि इरान–समर्थित हुथी विद्रोहीहरूले गाजामा प्यालेस्टिनीहरूसँग ऐक्यबद्धता देखाउन इजरायलमा नियमित रूपमा मिसाइल प्रहार गरिरहेका छन् र लाल सागरमा व्यावसायिक जहाजलाई निसाना बनाइरहेका छन् ।
इजरायली वायुसेनाले यमनी बन्दरगाहहरूमा आक्रमण इजरायल र यसका नागरिकविरुद्ध हुथीहरूले गरेको आक्रमणको प्रतिक्रिया भएको बताएको छ ।
Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top