×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इरान–चीनबीच मिसाइल डिल, इजरेली हत्या प्रयासबाट बचे पेजेस्कियान 

२४ असार २०८२
२४ असार , काठमाडौं ।
इरानका राष्ट्रपति मसूद पेजेस्कियनले आफूलाई इजरायलले मार्ने प्रयास गरेको खुलासा गरेका छन । उनका अनुसार इजरायलले गत महिना भएको १२ दिने युद्धका क्रममा त्यो इलाकामा बमबारी गरेर उनको हत्या गर्ने प्रयास गरेको थियो, जहाँ उनले बैठक गरिरहेका थिए।
सोमवार अमेरिकी मिडियाकर्मी टकर कार्लसनसंगको एक अन्तर्वार्तामा इरानी राष्ट्रपतिले दाबी गरे कि तेल अभीभले उनलाई मार्ने कोशिश गरेको थियो, तर असफल रह्यो ।
मसूद पेजेशकियनले भने, मेरो हत्याको पछाडि अमेरिका होइन इजरायल थियो । यसअघि भने इरानी सर्वोच्च नेता खामेनीकै हत्या हुन सक्ने संकेत अमेरिकी राष्ट्रपतिले नै गरेका थिए ।
त्यसका लागि इजरायलले तयारी गरेको तर आफ्ना कारण उनको हत्या रोकिएको दाबी ट्रम्पले गरेका थिए । यस्तै इजरायली रक्षामन्त्रीले पनि खामेनी आफ्नो पहँुच बाहिर नभएको भन्दै चेतावनी दिएका थिए ।
तर १२ दिनपछि युद्धविराम भयो र पेजेस्कियान र खामेनी दुवै सार्वजनिक भइसकेका छन्, दुवै सकुशल देखिएका छन् ।  यसबीच राष्ट्रपति मसुद पेजेश्कियनले देशका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकी लगानीकर्ताहरूलाई इरानमा लगानी गर्न अनुमति दिन सकिने सङ्केत दिएको पनि बताएका छन् ।
राष्ट्रपति पेजेश्कियनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै भनेका छन्, ‘हाम्रो सर्वोच्च नेतासँग भएको कुराकानीमा उहाँले विश्वास व्यक्त गर्नुभयो कि अमेरिकी लगानीकर्ताहरू इरान आउन सक्छन् र उनीहरूको गतिविधिमा कुनै अवरोध छैन ।  दुर्भाग्यवश, इजरायल नै यस क्षेत्रको शान्तिको मुख्य बाधा हो।’
यदि इरानमाथि लगाइएका आर्थिक प्रतिबन्धहरू हटाइएमा अमेरिकीसहित अन्य मुलुकका लगानीकर्ताहरूलाई खुला वातावरणमा लगानी गर्ने अवसर प्राप्त हुने उनले उनले स्पष्ट पारे। ‘अमेरिकी लगानीकर्ताहरूका लागि कुनै रोकटोक छैन,’ पेजेश्कियनले लेखेका छन्।
यसअघिको अन्तर्वार्तामा पेजेशकियनले तेहरानलाई परमाणु वार्ता पुनः शुरू गर्नमा पनि कुनै समस्या नरहेको बताएका थिए । यसका लागि दुवै देशका बीच विश्वास पुनः स्थापित हुनुपर्ने बताएका थिए ।
ईरानी राष्ट्रपतिले भने, हामीलाई वार्ता पुनः सुरु गर्न कुनै आपत्ति छैन । तर यसका लागि एक शर्त छ । हामीले फेरि अमेरिकामाथि कसरी विश्वास गर्नु ? हामीले वार्ता सुरु गरौला तर त्यहीबीच इजरायलले फेरि हमला नगर्ला भन्ने ग्यारेन्टी हुनुपर्छ ।
त्यस्तो अवस्थामा वार्ता हुनसक्ने उनले बताएका छन् । यसअघि भने इरानकातर्फबाट यस्ता नरम अभिब्यक्ति आएका थिएनन् । खामेनीले पनि पहिला भिडियो सन्देशमार्फत र पछि एक धार्मिक कार्यक्रममा सार्वजनिक भएर अमेरिकालाई कडा चेतावनी दिएका थिए ।
तर अब भने अमेरिकातर्फ इरानको झुकाव देखिन थालेको हो । यता युद्धविराम भएपछि ट्रम्पले पनि इरानले बहादुरीपूर्वक लडेको र यो देशको भविष्य सुनौलो रहेको प्रतिक्रिया दिएका थिए ।
परमाणु कार्यक्रम त्यागे आफूले इरानसंग मिलेर काम गर्ने पनि उनले बताएका छन् ।  एकातिर अमेरिकासंग पुनः वार्तामा बस्न सकिने इरानले बताएको छ । र अमेरिकी लगानीकर्ताहरुलाई समेत इरान प्रवेश खुला गर्ने बताएको छ ।
भने अर्कातिर उसले चीनसंग हतियारहरु पनि खरिद गरिरहेको छ । इजरायल र अमेरिकासंगको युद्धमा आफ्ना महत्वपूर्ण हतियार गुमाएको इरानले अहिले चीनबाट एयर डिफेंस सिस्टम पाएको छ ।
जसले अब इजरायलका लागि भने तेहरानविरुद्ध आक्रामक हुनुभन्दा अघि सोच्नु पर्ने भएको छ । ईरानले आफ्नो खास सहयोगी चीनबाट सरफेस–टू–एयर मिसाइल ब्याट्रीहरु प्राप्त गरेको छ ।
सरफेस टू एयर मिसाइललाई जमीन वा समुद्रबाट पनि लन्च गर्न सकिन्छ । यसले लडाकू विमान र मिसाइलहरु जस्ता हवाई खतराहरुबाट बचाउन सक्छ ।
मिडिल ईस्ट आईको रिपोर्टका अनुसार ईरानले हालै चीनबाट सतहदेखि हावामा मार हान्ने खालका मिसाइल ब्याट्री हासिल गरेको छ । इजरायल–अमेरिकाका साथ भएको युद्धपछि आफ्नो रक्षा क्षमताहरुलाई बलियो बनाउने काम गरिरहेको ईरानी सरकार र सेनाले यो सम्झौता तेलका बदलामा गरेको हो ।
चीनले यसअघि पाकिस्तानलाई आफ्नो एचक्यु–९ र एचक्यु–१६ एयर डिफेंस सिस्टम दिएको थियो । इजिप्टसंग पनि चीनको एचक्यु–९ प्रणाली छ ।
चीनको दाबी छ कि एचक्यु–९बीको रडार निकै नै आधुनिक छ र यसको रेंज १२५ किमीसम्म छ । चीनले रूसी एस–३०० को प्राविधिमा आधारित भएर यसको विकास गरेको हो ।
ईरानलाई पनि चीनले यो सिस्टम दिन लागेको चर्चा भइरहेको छ । रिपोर्टका अनुसार, यसअघि चीनबाट ईरानलाई सतहदेखि हावामा मार हान्ने मिसाइलहरुको डिलीवरी २४ जूनमा भएको थियो ।
यो सिस्टम ईरान र इजरायलबीच युद्धविराम लगत्तै तेहरान पुगेको हो । एक अरब अधिकारीले दाबी गरेका छन् कि अमेरिकालाई तेहरानको यो डीलबारे जानकारी थियो ।
यद्यपि अधिकारीहरुले ईरानलाई चीनले कति मिसाइल दिएको भन्ने बारे बताएका छैनन । अहिलेसम्म ईरानसंग रूसको एस–३०० एयर डिफेंस सिस्टम भएको दाबी गरिएको थियो ।
तर इजरायलका हमलाहरुलाई यो सिस्टमले रोक्न सकेको थिएन । यता गाजामा अब के हुन्छ ? यो प्रश्न पनि अहिले उठिरहेको छ  । किनभने बेन्जामिन नेतान्याहु अमेरिका जाँदै गर्दा उनले ट्रम्पसंग युद्धविरामका लागि कुरा गर्ने ठानिएको थियो ।
ट्रम्पले पनि अब केही दिनभित्रै गाजामा युद्धविराम हुने दाबी गरेका थिए । यसका लागि कतारमा फेरि वार्ता पनि सुरु भएको थियो । सो वार्ताले परिणाम दिन नसकेका बेला नेतान्याहु पनि अमेरिका पुगे ।
तर अहिलेसम्म उनीहरुबीच युद्धविराम हुने भन्ने कुरामा सहमति जुटेको बाहिर आएको छैन । अर्कातर्फ इजरायलमा पनि अब हमाससंग कुनै वार्ता नगर्न भन्दै माग उठिरहेको छ ।
यसबीच ट्रम्प र नेतान्याहुबीच एक खतरनाक योजनामा पनि चर्चा भएको खबर आइरहेको छ । जसमा उनीहरुले गाजाका मानिसहरुलाई छिमेकी देशमा शिफ्ट गर्ने कुरा गरेको आशंका गरिएको छ ।
ट्रम्पले पहिलादेखि नै गाजाका मानिसहरुलाई इजिप्ट, लेबनान जस्ता छिमेकी देशहरुमा विस्थापित गर्ने कुरा बताएका थिए । उनले गाजालाई अमेरिकाले पुननिर्माण गर्ने सम्मको योजना सुनाएका थिए ।
तर यस्तो गर्न हमास र अन्य इस्लामिक देशहरुले अस्वीकार गर्दै विरोध समेत गरेका छन् । यद्यपि ट्रम्प र नेतान्याहुले फेरि यसैमा चर्चा गरेको बताइएको छ ।
र युद्धविरामकालागि भने केही कुरा पनि बाहिर आएको छैन । जबकी ट्रम्पले कयौं दिनदेखि दोहोर्याइरहेका थिए कि हमासका साथ ६० दिनको युद्धविरामका लागि मन्थन चलिरहेको छ ।
तर त्यसको उल्टो दृश्यहरु देखिएको छ । यस्तोमा गाजालाई लिएर किन पनि चिन्ता बढेको छ भने इजरायलले यहाँ लगायतार हमला तिव्र पारेको छ । वेस्ट बैंकमा समेत हमला तिव्र पारेको छ ।
सोमबारमात्रै ६० प्यालेस्टानीहरुको मृत्यु भएको छ । यसको अलावा यमनका हुथीमाथि पनि इजरायलले नयाँ फायर खोलेको छ । यस्तोमा अब गाजामा के हुन्छ भन्ने अनुमान लगाउन पनि गारो छ ।
इजरायलका गृहमन्त्रीले पनि नेतान्याहुसंग हमासका साथ वार्ता नगर्न माग गरेका छन् । यसबारे तपाइँका टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।
यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।
Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top