NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु शनिबार असार २८ , २०८२
अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर शुक्रबार असार २७ , २०८२
नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ? शुक्रबार असार २७ , २०८२
बालेनको ६८सेकेन्डमा सके बैठक,७महिनाको मौनता मिनेटमा सकियो शुक्रबार असार २७ , २०८२
Next
Prev

समाचार

चीनमा पहिरो नेपालमा बाढी, चीनमा ११ नेपालमा २० बेपत्ता

मङ्लबार असार २४ , २०८२
Reading Time: 1 min read
A A
Advertisement
चीनमा पहिरो नेपालमा बाढी, चीनमा ११ नेपालमा २० बेपत्ता
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२४ असार , काठमाडौं ।
मंगलबार बिहान ठूलो धनजनको क्षति हुने गरि रसुवामा गएको आएको बाढी आउनुको कारण वर्षात् नभएको खुलेको छ ।  विश्व मौसम सङ्गठनको ‘फ्ल्याश फ्लड गाइडन्स सिस्टम’ का अनुसार भोटेकोशी जलाधार क्षेत्रमा सोमबार विहानदेखि सामान्य वर्षा भएको छैन।
बाढी आइसकेपछि पनि रसुवा र रसुवासंग जोडिएको तिब्बती क्षेत्रमा वर्षा भएको छैन । वर्षा नभइकन बाढी आउनुको अर्थ तिब्बतमा रहेका हिमतालहरु फुटेको स्पष्ट हुन्छ ।
तिब्बतका कुन हिमताल फुट्यो र त्यसबाट त्यहाँ कति धनजनको यकिन हुन सकेको छैन । चिनिया समाचार संस्थाहरुले दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्र, चीन र नेपाल बीचको सीमा नाका, ग्यारोङ बन्दरगाह नजिकै ठूलो पहिरो गएको र त्यसमामा परी चिनियाँ एघार जना र नेपाली छ जना चिनियाँ बेपत्ता भएको उल्लेख गरेका छन् ।
नेपालका जलवायुविज्ञपनि  त्यस भेगमा वर्षात्का कारण बाढी आएको नदेखिएको बताउँछन्। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक विनोद पोखरेल भन्छन्, “मैले तिब्बती क्षेत्रको मौसम पूर्वानुमान तथा भू–उपग्रह तथ्यांक विश्लेषण गर्दा बाढी आउनेगरी पानी परेको फेला पारिनँ। उक्त क्षेत्र त्यति ठूलो परिमाणमा बाढी आउनेगरी पानी पर्ने भूभाग नै होइन।”
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी पनि पानी परेर एक्कासि बाढी आएको नदेखिएको बताउँछन्। उनी भन्छन्, “हामी यस घटनाको कारणबारे अध्ययन गरिरहेका छौं, तर प्रारम्भिक अध्ययन गर्दा तिब्बतमा पानी परेर होइन, हिमताल विस्फोट वा अन्य दुर्घटनाका कारण बाढी आएको हुनुपर्छ।”
विभागको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको विज्ञप्तिमा पनि वर्षाका कारण बाढी नआएको उल्लेख छ। विश्व मौसम संगठनको भू–उपग्रहमा आधारित प्रणाली मार्फत हेर्दा भोटेकोशी जलाधार क्षेत्रमा बितेको २४ घण्टामा पानी परेको नदेखिएको महाशाखाले जनाएको छ।
महाशाखाले भोटेकोशी नदी जलाधारको तिब्बतको क्षेत्रमा थुप्रै हिमताल रहेको र हिमताल विस्फोट भएको हुन सक्ने शंका गर्दै बाढीको यकीन कारण पत्ता लगाउन तथा असर आकलनका लागि भू–उपग्रह तस्वीर प्राप्तिको प्रक्रिया शुरू गरेको बताएको छ।
नेपालसंग जोडिएका तिब्बती क्षेत्रमा याला हिमनदी,लाङटाङ हिमनदी, खुम्बु हिमनदी, रोङबुक हिमनदी, लाइगु हिमनदीको साथै अनेकौं हिमतालहरु रहेका छन् ।
यी मध्ये कुन हिमतालमा विस्फोट भयो वा अचानक हिउं पग्लेर कुन हिमनदीको सतह एक्कासी बढ्दा मंगलबारको बाढी पहिरो आयो अझै यकिन हुन सकेको छैन ।
चिनियाँ सञ्चार माध्यमहरूले नेपाल चीन सीमामा रहेको मितेरी पुलबाट माथि तिब्बतको जिलोङ काउन्टीमा रहेको जिलोङ बन्दरगाह क्षेत्रमा पहिरो गएको बताएका छन् ।
चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाको हवाला दिँदै चिनियाँ सञ्चार माध्यमहरूले जिलोङ बन्दरगाह क्षेत्रमा पहिरो गएको बताएका छन् । नेपाल चीन सीमा क्षेत्रमा तिब्बती समयअनुसार बिहान करिब ५ बजेतिर पहिरो गएको चिनियाँ सञ्चारमाध्यमहरूले लेखेका छन् ।
यो पहिरोमा परेर ११ जना चिनियाँ र ६ जना नेपाली हराएको उनीहरूले लखेका छन् । अत्यधिक पानी परेर पहिरो गएको हो वा सुक्खा  पहिरो गएको हो चिनियाँ सञ्चार माध्यमहरूले लेखेका छैनन् ।
साइन्सडाइरेक्टमा प्रकाशित लेख अनुसार जिलोङ क्षेत्र पहिरोको उच्च जोखिम भएको क्षेत्र हो ।   रसुवाको बाढीबारे चीनको मुखपत्र ग्लोबल ठाइम्सले लेखेको छ ,मंगलबार बिहानै उत्तरी नेपालको रसुवा जिल्लामा अविरल वर्षाका कारण आएको बाढीले ठूलो क्षति पु¥याएको छ।
नेपालका लागि चिनियाँ दूतावासका अनुसार, सीमा क्षेत्रको नेपाली भूभागमा रहेको चीन–सहयोगी एक निर्माण परियोजनामा कार्यरत छ जना चिनियाँ कर्मचारी र आठ जना नेपाली कामदार बेपत्ता भएका छन्।
सिन्ह्वा समाचार एजेन्सीका अनुसार, नेपाली सेना र प्रहरीले हाल आपतकालीन उद्धार कार्य सञ्चालन गरिरहेको ग्लोबल टाइम्सले लेखेको छ । स्थानीय अधिकारीहरूका अनुसार, मंगलबार बिहान चीन–नेपाल सीमामा रहेको जिरोङ पोर्ट (केरुङ नाका) क्षेत्रमा पहिरो जाँदा कुल १७ जना बेपत्ता भएको रिपोर्ट गरिएको छ, सिन्ह्वाले जनाएको छ।
यस्तै  चीनको सरकारी टेलिभिजन  सीसीटिभीले रिपोर्ट गरे अनुसार, मंगलबार बिहानै सीमा क्षेत्रमा “पहिरोको विपत्ति“ आएको थियो, जसमा चीनतर्फ ११ जना बेपत्ता भएका छन्।
सीसीटिभीले बताएअनुसार, यो संख्या नेपालतर्फ बगाएका छ जना चिनियाँ निर्माण मजदुर बाहेकको हो। प्रहरीले बताएअनुसार, ९५ जना उद्धारकर्मीहरू पहिले नै त्यस क्षेत्रमा खटिएका छन् र थप उद्धारकर्मीहरू उद्धार कार्यमा सामेल हुने अपेक्षा गरिएको छ।
बाढीमा फसेका मानिसहरूलाई उद्धार गर्न सेनाको हेलिकप्टर प्रयोग गरिएको  समाचारमा उल्लेख छ ।  संयुक्त राष्ट्रसंघको विश्व मौसम संगठनले गत वर्ष बढ्दो तीव्र बाढी र खडेरीलाई जलवायु परिवर्तनले पृथ्वीको जलचक्रलाई झन् अप्रत्याशित बनाउँदै लगेकाले भविष्यमा आउन सक्ने विपत्तिको “खतराको संकेत“ भनेको थियो।
काठमाडौंस्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र  एसिमोडले गत जुन महिनामा समुदायहरूले यस मनसुनमा अझ बढी विपद्को जोखिम सामना गर्नुपर्ने चेतावनी दिएको  समेत उल्लेख गर्दै भनिएको छ, “बढ्दो तापक्रम र अत्यधिक वर्षाले बाढी, पहिरो र लेदो बग्ने जस्ता पानीजन्य विपद्को जोखिम बढाउँछ,“ ।
 यता  बाढीमा परी अहिलेसम्म २० जना बेपत्ता भएको  नेपालको शसस्त्र प्रहरीले जनाएको छ ।  हालसम्म ७ जनाको शव फेला परेको छ भने २० जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
हराइरहेका मध्ये ३ जना प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण छन् । उद्धार कार्य जारी रहेको र अहिलेसम्म ५५ जनाको सकुशल उद्धार गरिएको छ ।
बाढीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये गोसाइँकुण्ड गाउँपालिका (१, २, ३), आमाछोदिङ्मो गाउँपालिका (१, २, ४, ५), उत्तरगया गाउँपालिका (२, ४, ५), र कालिका गाउँपालिका १ रहेका छन् ।
पछिल्लो  अपडेटअनुसार गोरखाका २ जना पनि सम्पर्कबिहीन भएको जानकारी आएकाले बेपत्ताको संख्या २० पुगेको रसुवा प्रहरीले जनाएको हो ।
प्रहरीका गोरखाको पालुङ्टा नगरपालिका ६ का डीलबहादुर तामाङ र धनबहादुर तामाङ पनि बेपत्ता भएका हुन् ।   रसुवामा निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाहका १४ कामदार बेपत्ता भएका छन् ।
नेपाल इन्टरमोडल विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार बाढीमा १४ जना कामदार बेपत्ता पुष्टि गरेको हो । बेपत्ता हुनेमा ८ नेपाली र ६ चिनियाँ कामदार छन् ।
बाढीका कारण निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाहमा ६० प्रतिशत भौतिक क्षति भएको पाइएको छ । यस्तै, बाढीले रसुवागढीमा १०० वटा भन्दाधेरै गाडी बगाएको छ ।
त्यस्तै ईभी चार्जिङ स्टेशन पूर्ण रुपमा ध्वस्त भएको छ । भन्सार कार्यालय र ट्रान्सपोर्ट यार्डमा क्षति पुगेको प्रहरीले जनाएको छ । रसुवागढी हाइड्रोपावरको ड्याम क्षतिग्रस्त छ ।
त्यस्तै गोसाइँकुण्ड–पासाङल्हामु सडक अवरुद्ध भएको छ । उक्त सडकखण्ड चर्किएको र धुन्चेदेखि टिमुरेसम्म सवारी आवागामन ठप्प रहेको पनि प्रहरीले जनाएको छ ।
Advertisement
Tags: #चिनियाँ मिडिया#चीनमा पहिरो नेपालमा बाढी#रसुवाको बाढी#रसुवाको बाढी बारे चिनियाँ मिडियाले के लेखे ?

लोकप्रीय

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२

विचार

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२

थप समाचार

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२
ताजा समाचार

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर
आर्थिक

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
ताजा समाचार

नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ?

शुक्रबार असार २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

00:13:03

World News: अमेरिकी लगानीकर्तालाई इरान खुला, इरान–रूस–टर्कीएबीच वार्ता || Nepal Times

00:14:39

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

00:14:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

आइतवार असार २२ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.