NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु शनिबार असार २८ , २०८२
अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर शुक्रबार असार २७ , २०८२
नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ? शुक्रबार असार २७ , २०८२
बालेनको ६८सेकेन्डमा सके बैठक,७महिनाको मौनता मिनेटमा सकियो शुक्रबार असार २७ , २०८२
Next
Prev

समाचार

रसुवा बाढी अपडेटः ९ शव फेला, १९ जना अझै बेपत्ता

बुधबार असार २५ , २०८२
Reading Time: 1 min read
A A
Advertisement
हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२५ असार , काठमाण्डौ ।
रसुवामा हिजो गएको बाढीमा परेकामध्ये नौ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अझै १९ जना बेपत्ता रहेका छन् ।
बाढीमा परेर रसुवाबाट हराइरहेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोको त्रिशूली नदी किनारमा फेला परेको हो ।
कुल २० जना बेपत्ता रहेकामा श्रेष्ठको शव फेला परेपछि अब १९ जना बेपत्ता रहेका प्रहरीको केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
उनका अनुसार दुई प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् । यस्तै ५७ जनाको उद्धार भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
बाढीमा परेकाको उद्धारका लागि ३८३ जना प्रहरी टोली परिचालन गरिएको थियो । बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको, २४ वटा कन्टेनर, ६ वटा ट्रक र ३५ वटा ईभी गाडी बगाएको छ ।
धुञ्चेदेखि टिमुरे जाने सडकसमेत अवरुद्ध भएको छ । रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा समेत क्षति भएको छ ।
उता उपल्लो मुस्ताङमा लेदोसहितको बाढीले ६ वटा पुलमा क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार हिजो बेलुकाको बाढीले चार वटा पुल बगाएको छ भने दुई वटामा क्षति गरेको छ ।
नेपाल–चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका–४ छोसेरको चुम्जुङ खोलामा झन्डै तीन घण्टा बाढी आएको थियो । बाढीले लोमान्थाङ–४ चुम्जुङ खोलामा एक पुल र लोमान्थाङ–२ साम्जुङको निर्माणाधीन अर्को एक गरी दुई वटा पक्की मोटरेबल पुलमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
त्यसैगरी बाढीले त्यसक्षेत्रमा रहेको फलामे पुल र तीन वटा काठेपुल बगाएर क्षति पु¥याएको छ । उपल्लो मुस्ताङको बाढीका कारण खोलाको बीचमा सञ्चालनमा रहेको एक होटल र लोमन्थाङ–४ अन्दाजी चार सय मिटर दूरीमा रहेको न्याम्डो गाउँका दुई वटा घरका नागरिकलाई सुरक्षित ठाउँमा सारिएको मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए ।
आज त्यस क्षेत्रमा बाढीको बहाव कम भइसकेको तर सम्भावित जोखिमको खतरा टरिनसकेकाले स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय मुस्ताङले अनुरोध गरेको छ ।
यस्तै पहिरोका कारण आज विभिन्न सडक अवरुद्ध भएका छन् । सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडक खण्ड आज बिहानैदेखि अवरुद्ध छ ।
यो सडक खण्डअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा मन्दिर नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
त्यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेको खुर्सानी खोलामा सडक भासिदा बर्दघाट–दुम्किबास खण्डमा यातायात अवरुद्ध छ । वर्षाका कारणले पहिरो गएर कान्ति लोकपथ आज बिहानदेखि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
गएरातिको पानीले कान्तिलोकपथको ठिंगन–वगुवा सडक खण्डमा पर्ने गंगटेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । रसुवाको धुन्चे–स्याफ्रुबेसी सडकखण्ड पहिरोले अवरुद्ध छ ।
ठूलो भार्खुमा पहिरो झरेपछि धुन्चे–स्याफ्रुबेसी सडकखण्ड अवरुद्ध भएको हो । प्रहरी र सडक डिभिजन कार्यालयको टोलीले पहिरो हटाउने प्रयास गरिरहेको छ ।
हिजो बिहान तिब्बत हुँदै बग्ने भोटेकोशी नदीको बाढी र पहिरोले स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड पनि अवरुद्ध नै छ । यस्तै पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।
लगातारको वर्षाका कारण हिजो बेलुका पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार करिडोरको बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ।
केही ठाउँमा सडक भासिएकोले खुलाउन समय लाग्ने सूचना अधिकारी पाण्डेले बताए । अवरुद्ध भएका क्षेत्रमा सडक खुलाउन पहल भइरहेको सम्बन्धित क्षेत्रमा खटिएका प्रहरीको भनाइ छ ।
यता लमजुङ र मनाङ जोड्ने बेँसीशहर–चामे सडकमा रातमा १० घण्टा गाडी चलाउन रोक लगाइएको छ ।
जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै आउँदो साउन महिनाभर बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी सञ्चालनमा रोक लगाउने निर्णय भएको हो ।
यसबीच बाढी पूर्वानुमान महाशाखाले आजका लागि जारी गरेको बाढीबारे सतर्कता सूचनाअनुसार आज बिहान बाढी मापन गर्दा कोसी, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब सतर्कता तहभन्दा तलै छ ।
जिल्लाका हिसाबले आज सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, रौतहट, बारा, पर्सा, दोलखा, रसुवा, नुवाकोट, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, स्याङ्जा, बागलुङ, पर्वत, गुल्मी, प्युठान, अर्घाखाँची, रुपन्देही र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च रहेको बाढी महाशाखाले जानकारी दिएको छ ।
साथै दार्चुला, बैतडी, डोटी, अछाम, कञ्चनपुर, कैलाली, डडेल्धुरा, बझाङ, बाजुरा, सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, रोल्पा, दाङ, कपिलवस्तु, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, चितवन, गोरखा, लमजुङ, सोलुखुम्बु, संखुवासभा, रामेछाप, खोटाङ, पाँचथर, इलाम र आसपासका जिल्ला भई बहने ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना मध्यम छ ।
यसैले ती जिल्लामा सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गएराति काठमाण्डौ उपत्यकासहित विभिन्न जिल्लामा ठूलो पानी परेको थियो ।
बारा, नवलपरासी, बाग्लुङलगायतका जिल्लामा अत्यधिक वर्षा मापन गरिएको छ । कास्की, पर्वत, अर्घाखाँचीलगायतका जिल्लामा मध्यम वर्षा भएको छ ।
नदी, खोलामा पानीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकोले सावधानी अपनाउन भनिएको छ । काठमाण्डौ उपत्यकाको बागमती नदीको खोकना र मनोहरा जलमापन केन्द्रले सतर्कता तह पार गरिसकेको र जलसतह अझै बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी विष्णुमतीअन्तर्गतको गोङ्गबु र बागमतीको गौरीघाट क्षेत्रमा पनि पानीको सतह खतराको तह पार गरिसकेको छ । बल्खु, मनोहरा, धोबी खोला ( कपन र चाबहिल क्षेत्र ) मा पनि पानीको बहाव बढेकोले नदी किनार क्षेत्रका बासिन्दा र सडकमा  यात्रा गर्दा सावधानी अपनाउन भनिएको छ ।
सिन्धुपाल्चोकको धाप गोब्रे मनेखार्क क्षेत्रमा मध्यम वर्षा भएकाले मेलम्ची र इन्द्रावती नदीमा बहाव बढ्नसक्ने भन्दै मेलम्ची बजार क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध छ ।
मकवानपुरको लालबकैया खोलाको जुरेलीबजार जलमापन केन्द्रमा पानीको सतह बढिरहेकोले वरिपरिको स–साना खोलामा आकश्मिक बहाव हुन सक्ने चेतावनी दिइएको छ ।
तनहुँ र चितवनः विमलनगर, सखर, बन्दीपुर, त्रिशुली (कालीखोला), शक्तिखोर, नारायणी फिल्ड अफिस क्षेत्र आसपासमा मध्यम वर्षा भएकाले आकश्मिक बाढीको जोखिम छ ।
कैलालीः बुढीआम वर्षामापन केन्द्र आसपास स–साना खोलामा आकश्मिक बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ । सर्लाहीको पत्थरकोट, परवानीपुर क्षेत्रमा पनि मध्यम वर्षा भएकाले तटीय क्षेत्र र होचो भू–भागमा डुवानको जोखिम छ ।
खोटाङको बाक्सिला, भैँसे, लामिडाँडा क्षेत्र आसपासका खोलामा बहाव बढ्न सक्ने र भिरालो भूभागमा पहिरोको सम्भावना छ । बाग्लुङको गलकोट क्षेत्रमा ठूलो वर्षा भएकाले साना खोलाहरूमा आकश्मिक बहाव तथा पहिरोको जोखिम छ ।
मुस्ताङको कालिगण्डकी नदीको जोमसोम जलमापन केन्द्रले पनि सतर्कता तह पार गर्न लागेको छ । कालिगण्डकी, रौघाट, म्याग्दी खोलालगायतका तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
देशभर थप वर्षा हुन सक्ने भएकोले नदी तथा खोलामा पानीको सतह बढ्दो क्रममा रहेको भन्दै डुबान, आकश्मिक बाढी र पहिरोको जोखिम भएका सबै क्षेत्रमा विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
जोखिम भए सुरक्षित ठाउँमा सर्न र नदी किनारमा नजान महाशाखाको अनुरोध छ । आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक÷दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ ।
Advertisement
Tags: #आज कहाँ पर्दैछ ठूलो पानी#रसुवा बाढी#रसुवा बाढी अपडेटः

लोकप्रीय

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२

विचार

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२

थप समाचार

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२
ताजा समाचार

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर
आर्थिक

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
ताजा समाचार

नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ?

शुक्रबार असार २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

00:13:03

World News: अमेरिकी लगानीकर्तालाई इरान खुला, इरान–रूस–टर्कीएबीच वार्ता || Nepal Times

00:14:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२

हालका पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.