NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया सोमवार मंसिर १ , २०८२
शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी सोमवार मंसिर १ , २०८२
नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ? सोमवार मंसिर १ , २०८२
एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो सोमवार मंसिर १ , २०८२
Next
Prev

समाचार

राष्ट्र विखण्डनको अभिव्यक्ति दिने यादवको बचाउमा ६ दल

बुधबार असार २५ , २०८२
Reading Time: 1 min read
A A
राष्ट्र विखण्डनको अभिव्यक्ति दिने यादवको बचाउमा ६ दल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२५ असार , काठमाण्डौ ।

प्रहरीलाई गाली गलौजपछि फरार रहेका र ’मधेश नेपालबाट अलग हुने’ भन्दै राष्ट्र विखण्डनको अभिव्यक्ति दिएका जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवको बचाउमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सहित ६ वटा दल उभिएका छन्।

उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै यादवमाथिको मुद्दा खारेज गर्न र सर्लाहीका जिल्ला प्रहरी प्रमुखलाई कारबाही गर्न माग गरेका छन् ।

LS Auto

माओवादी केन्द्र, नेकपा (एस), नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका ६ दलले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै यादवको अभिव्यक्तिलाई विषयान्तर गरी उनीमाथि प्रहरी प्रशासनले गरेको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

उनीहरूले पूर्वाधार विकास कार्यालयमा राति ताल्चा लगाइएको विषयमा जानकारी लिन खोज्दा सर्लाहीका प्रहरी प्रमुख योगेन्द्र कुमार खड्काले यादवसँग मधेशी हो भनेर हेपाहा र विभेदकारी शैलीमा कुरा गरेको आरोप लगाएका छन्।

विज्ञप्तिमा भनिएको छ, “उहाँमाथि लगाइएको झुठा मुद्दा खारेजी गरी, जिल्ला प्रहरी प्रमुखलाई अविलम्ब कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं।“

सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही नगरिए कडा सडक संघर्षमा उत्रिने चेतावनीसमेत दिइएको छ। आपराधिक उपद्रव कसुरमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका पूर्व प्रदेशसभा सदस्य यादव हाल भारतमा छन्।

उनले भारतबाटै एक भिडिओ सन्देश जारी गर्दै “मधेश कुनै न कुनै समय अलग हुन्छ, म रहुँ वा नरहुँ“ भन्दै आपत्तिजनक र राष्ट्रघाती अभिव्यक्ति दिएका थिए।

‘जय बिहार, जय नेपाल, जय भारत’ भनेर सुरु गरिएको भिडिओमा उनले आफूलाई पक्राउ नगर्न भारतीय प्रहरीसँग अनुरोध गरेका छन्।

उनले नेपालका शासकमाथि नश्लीय चिन्तन रहेको र मधेशीलाई दोस्रो दर्जाको नागरिक बनाइएको आरोप लगाउँदै आफू बिहारबाट विवाह गरी आउने चेलीहरूको नागरिकताको लडाइँ लडिरहेको दाबी गरेका छन्।

सर्लाही प्रहरीले यादव र प्रहरी उपरीक्षकबीच गालीगलौज भएपछि उनीमाथि विगतमा दर्ता भएका विभिन्न ७ वटा मुद्दाको विवरण सार्वजनिक गरेको छ।

प्रहरीका अनुसार यादवमाथि ज्यान मार्ने उद्योग, चोरी, र ५ वटा अभद्र व्यवहारका मुद्दा दर्ता भएका छन्।

२०६६ मा शिक्षा कार्यालयका लेखापालबाट डेढ लाख रुपैयाँ लुटेको, २०७२ मा जिल्ला प्रशासन कार्यालयमा तोडफोड गरेको, र २०७७ मा ज्यानै मार्ने गरी कुटपिट गरेको जस्ता गम्भीर आरोपहरू उनीमाथि छन्।

प्रहरीले हर हालतमा उनलाई पक्राउ गर्ने अभियान चलाइरहेको छ। यादवको अभिव्यक्तिले राष्ट्रिय राजनीतिमा समेत तरंग ल्याएको छ।

सोमबारको संसद बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले सरकारमा सहभागी जसपाका नेताले देश टुक्र्याउने अभिव्यक्ति दिँदा सत्तारुढ दलहरू किन मौन बसेको भनी प्रश्न उठाएका थिए।

यो प्रकरणले डा. चन्द्रकान्त (सिके) राउतले विगतमा चलाएको मधेश अलग देशको अभियानको समेत सम्झना गराएको छ। सिके विगतमा यस्तै अभिब्यक्तिले पटक पटक पक्राउ परेका थिए ।

तत्कालीन प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७३ माघमा खुलेआम देश टुक्राउँछु भन्ने सिके राउतलाई कुनै पनि हालतमा नछोड्ने बताएका थिए ।

यद्यपि, २०७५ साल फागुन २४ गते सिके राउत र नेपाल सरकारबीच ११ बुँदे ऐतिहासिक सहमति भयो । सो सहमतिपछि उनले आफ्नो स्वतन्त्र मधेश गठबन्धन विघटन गरे र अलगाववादी आन्दोलन परित्याग गरे ।

राउत हाल मूलधारको राजनीतिमा छन्। तर, अहिले सत्ता साझेदार दलकै प्रदेश अध्यक्षबाट राष्ट्र विखण्डनको अभिव्यक्ति आउँदा समेत सिकेको जनमत र प्रचण्डको माओवादीसहित अन्य सत्तारुढ दलहरू नै उनको बचाउमा उत्रिएका छन् ।

Tags: #अशोकको पक्षमा माओवादी#देश टुक्राउँछु भन्ने अशोक

लोकप्रीय

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२
नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

सोमवार मंसिर १ , २०८२

विचार

थप समाचार

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने
अन्तर्राष्ट्रिय

खेलकुद

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

सोमवार मंसिर १ , २०८२
एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म
खेलकुद

एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म

सोमवार मंसिर १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२
नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

सोमवार मंसिर १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.