×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

राष्ट्र विखण्डनको अभिव्यक्ति दिने यादवको बचाउमा ६ दल

२५ असार २०८२

२५ असार , काठमाण्डौ ।

प्रहरीलाई गाली गलौजपछि फरार रहेका र ’मधेश नेपालबाट अलग हुने’ भन्दै राष्ट्र विखण्डनको अभिव्यक्ति दिएका जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवको बचाउमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सहित ६ वटा दल उभिएका छन्।

Advertisement
Advertisement

उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै यादवमाथिको मुद्दा खारेज गर्न र सर्लाहीका जिल्ला प्रहरी प्रमुखलाई कारबाही गर्न माग गरेका छन् ।

माओवादी केन्द्र, नेकपा (एस), नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका ६ दलले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै यादवको अभिव्यक्तिलाई विषयान्तर गरी उनीमाथि प्रहरी प्रशासनले गरेको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

उनीहरूले पूर्वाधार विकास कार्यालयमा राति ताल्चा लगाइएको विषयमा जानकारी लिन खोज्दा सर्लाहीका प्रहरी प्रमुख योगेन्द्र कुमार खड्काले यादवसँग मधेशी हो भनेर हेपाहा र विभेदकारी शैलीमा कुरा गरेको आरोप लगाएका छन्।

विज्ञप्तिमा भनिएको छ, “उहाँमाथि लगाइएको झुठा मुद्दा खारेजी गरी, जिल्ला प्रहरी प्रमुखलाई अविलम्ब कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं।“

सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही नगरिए कडा सडक संघर्षमा उत्रिने चेतावनीसमेत दिइएको छ। आपराधिक उपद्रव कसुरमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका पूर्व प्रदेशसभा सदस्य यादव हाल भारतमा छन्।

उनले भारतबाटै एक भिडिओ सन्देश जारी गर्दै “मधेश कुनै न कुनै समय अलग हुन्छ, म रहुँ वा नरहुँ“ भन्दै आपत्तिजनक र राष्ट्रघाती अभिव्यक्ति दिएका थिए।

‘जय बिहार, जय नेपाल, जय भारत’ भनेर सुरु गरिएको भिडिओमा उनले आफूलाई पक्राउ नगर्न भारतीय प्रहरीसँग अनुरोध गरेका छन्।

उनले नेपालका शासकमाथि नश्लीय चिन्तन रहेको र मधेशीलाई दोस्रो दर्जाको नागरिक बनाइएको आरोप लगाउँदै आफू बिहारबाट विवाह गरी आउने चेलीहरूको नागरिकताको लडाइँ लडिरहेको दाबी गरेका छन्।

सर्लाही प्रहरीले यादव र प्रहरी उपरीक्षकबीच गालीगलौज भएपछि उनीमाथि विगतमा दर्ता भएका विभिन्न ७ वटा मुद्दाको विवरण सार्वजनिक गरेको छ।

प्रहरीका अनुसार यादवमाथि ज्यान मार्ने उद्योग, चोरी, र ५ वटा अभद्र व्यवहारका मुद्दा दर्ता भएका छन्।

२०६६ मा शिक्षा कार्यालयका लेखापालबाट डेढ लाख रुपैयाँ लुटेको, २०७२ मा जिल्ला प्रशासन कार्यालयमा तोडफोड गरेको, र २०७७ मा ज्यानै मार्ने गरी कुटपिट गरेको जस्ता गम्भीर आरोपहरू उनीमाथि छन्।

प्रहरीले हर हालतमा उनलाई पक्राउ गर्ने अभियान चलाइरहेको छ। यादवको अभिव्यक्तिले राष्ट्रिय राजनीतिमा समेत तरंग ल्याएको छ।

सोमबारको संसद बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले सरकारमा सहभागी जसपाका नेताले देश टुक्र्याउने अभिव्यक्ति दिँदा सत्तारुढ दलहरू किन मौन बसेको भनी प्रश्न उठाएका थिए।

यो प्रकरणले डा. चन्द्रकान्त (सिके) राउतले विगतमा चलाएको मधेश अलग देशको अभियानको समेत सम्झना गराएको छ। सिके विगतमा यस्तै अभिब्यक्तिले पटक पटक पक्राउ परेका थिए ।

तत्कालीन प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७३ माघमा खुलेआम देश टुक्राउँछु भन्ने सिके राउतलाई कुनै पनि हालतमा नछोड्ने बताएका थिए ।

यद्यपि, २०७५ साल फागुन २४ गते सिके राउत र नेपाल सरकारबीच ११ बुँदे ऐतिहासिक सहमति भयो । सो सहमतिपछि उनले आफ्नो स्वतन्त्र मधेश गठबन्धन विघटन गरे र अलगाववादी आन्दोलन परित्याग गरे ।

Advertisement

राउत हाल मूलधारको राजनीतिमा छन्। तर, अहिले सत्ता साझेदार दलकै प्रदेश अध्यक्षबाट राष्ट्र विखण्डनको अभिव्यक्ति आउँदा समेत सिकेको जनमत र प्रचण्डको माओवादीसहित अन्य सत्तारुढ दलहरू नै उनको बचाउमा उत्रिएका छन् ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top