मेस्सीको दुई गोलमा Miami को जित

मेस्सीको दुई गोलमा Miami को जित

२६ असार , काठमाण्डौं ।

कप्तान लियोनल मेसीको दुई गोल सहयोगमा इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा जित हासिल गरेको छ । आज बिहान भएको खेलमा मियामीले न्यु इङ्ग्ल्यान्ड रिभोल्युसनलाई २–१ गोल अन्तरले पराजित गर्यो ।

मियामीको जितमा दुवै गोल कप्तान मेस्सीले गर्दा न्यु इङ्ग्ल्यान्डका लागि कार्लेस गिलले सान्त्वना गोल गरे । २७औं मिनेटमा गोल गर्दै मेस्सीले मियामीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

मेस्सीले ३८औं मिनेटमा फेरी गोल गर्दै मियामीको अग्रता दोब्बरको बनाए । खेलको ७९औं मिनेटमा गोल गर्दै गिलले न्यु इङ्ग्ल्यान्डलाई खेलमा फर्काउने संकेत गरेपनि थप गोल हुन नसक्दा मियामी विजयी भयो ।

विजयी मियामीले १८ खेलबाट लिगको अंक तालिकामा ३५ अंक जोडेको छ । भने, पराजित न्यु इङ्ग्ल्यान्डको २४ अंक रहेको छ । यससंगै मेस्सीले एमएलएस इतिहासमा नयाँ कीर्तिमान बनाएका छन् ।

उनी लगातार चार खेलमा दुई वा सोभन्दा बढी गोल गर्ने पहिलो खेलाडी बनेका छन् । मेस्सीले लगातार पाँचौं खेलमा गोल गरेका छन् । उनले १५ नियमित सिजन खेलमा १४ गोल र ७ एसिस्ट गरिसकेका छन् ।

हाल एमएलएसमा शीर्ष गोलकर्ताको सूचीमा उनी दोस्रो स्थानमा छन् । नास्भिलका स्याम सुरिज १६ गोलसहित शीर्ष स्थानमा छन् । मायामीले पछिल्ला चार खेल लगातार जितेको छ र पाँचमा अपराजित छ ।

अहिले मायामीको लिगमा अंक तालिकामा १० जित, ३ हार र ५ बराबरीको नतिजासहित ३५ अंक जोडेको छ । फिफा क्लब विश्वकपबाट फर्किएपछि मायामीले अहिले लगातार दुई खेल जितेको हो, जसमा उनीहरुले विपक्षीभन्दा ६ गोल बढी गर्दै दुई गोल खाएका छन् ।

टोली शीर्ष स्थानमा रहेको एफसी सिनसिनाटीभन्दा ७ अंकले पछाडि छ । तर मियामीसंग तीन खेल बाँकी छन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.