म्यासाचुसेट्सको नर्सिङ आवासमा दर्दनाक आगलागी

३१ असार , काठमाण्डौं ।

Advertisement

अमेरिकाको म्यासाचुसेट्स राज्यस्थित फाल रिभरस्थित गेब्रियल हाउस नामक सहायक आवास केन्द्र, नर्सिङ आवासमा आइतबार राति भएको भीषण आगलागीमा ९ जनाको ज्यान गएको छ ।

उक्त घटनामा ३० भन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइतेमध्ये पाँच जना दमकलकर्मी पनि छन्। करीब ७० जना बासिन्दा रहेका सो भवनमा राति आगलागी भएको थियो।

Advertisement

फाल रिभरका फायर प्रमुख जेफ्री बेकनका अनुसार आगो लागेपछि करिब ५० जना दमकलकर्मी, जसमा ३० जना अफ–ड्युटी थिए, तत्काल घटनास्थलमा खटिएका थिए।

उद्धार कार्य कठिन रहेको थियो किनभने भवनको संरचना साँघुरो र झ्यालबाट मात्रै प्रवेश गर्न सकिने थियो । केहीलाई झ्यालबाट निकालिएको थियो भने झन्डै १२ जना विशेष आवश्यकता भएका ब्यक्तिहरुलाई दमकलकर्मीहरूले बोक्दै बाहिर ल्याएका थिए।

Advertisement

फल रिभरका दमकल प्रमुख जेफ्री बेकनले पीडितहरूप्रति समवेदना व्यक्त गर्दै यस घटनालाई एक अवर्णनीय त्रासदी भनेका छन्। स्थानीय सञ्चारमाध्यमका फुटेजमा त्यहाँका बासिन्दाहरूलाई स्ट्रेचरमा राखेर बाहिर निकालिँदै गरेको देखाइएको थियो।

नौ जनाको मृत्युका अतिरिक्त, एक जनाको अवस्था गम्भीर छ, ३० भन्दा बढीलाई अस्पताल भर्ना गरिएको छ र कम्तिमा एक दर्जनलाई भर्याङको प्रयोग गरी उद्धार गरिएको थियो।

दमकलकर्मीहरू स्थानीय समयअनुसार राति १०ः०० बज्नुभन्दा केही समयअघि गेब्रियल हाउस पुगेका थिए, जहाँ उनीहरूले बाक्लो धुवाँ र आगोको मुस्लोको सामना गरे र मानिसहरू भित्र फसेका थिए।

३० जना घाइतेमध्ये पाँच जना दमकलकर्मीलाई प्राथमिक उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ। तर एकजना बासिन्दाको अवस्था अझै पनि गम्भीर रहेको फायर प्रमुखले जानकारी दिएका छन्।

अधिकारीहरूका अनुसार भवनमा स्प्रिङकलर प्रणाली चलेको हो कि होइन भन्ने विषय अझै पत्ता लागेको छैन। उक्त भवन सन् १९६४ मा निर्माण गरिएको हो भने २००० मा बाह्य स्वरूप मर्मत गरिएको थियो।

यस वर्षको फेब्रुअरीमा गरिएको कर मूल्यांकनमा भवनलाई औसतदेखि राम्रो अवस्थाको भनेर सूचीकृत गरिएको थियो। म्यासाचुसेट्स राज्यकी गर्भनर मौरा हेलीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै एक वक्तव्य जारी गरेकी छन्।

उनले भनिन्, “आज बिहान आफ्ना प्रियजनको मृत्युको खबर सुन्नु परेका परिवारप्रति म गहिरो समवेदना व्यक्त गर्छु। यो दुःखद घडीमा उद्धारकर्ताहरूको साहसिक कार्यप्रति आभार प्रकट गर्दछु। हामी घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्छौं।”

गर्भनर हेलीले उक्त घटनाको पूर्ण र निष्पक्ष छानबिन भइरहेकाले दोषी वा कमजोरीका आधारमा आवश्यक कारवाही गरिने बताएकी छिन्।

हालसम्मको अनुसन्धानअनुसार आगो जानाजान लगाइएको प्रमाण भेटिएको छैन। प्रारम्भिक रूपमा विद्युत प्रणाली वा यान्त्रिक गडबडीबाट आगलागी भएको हुनसक्ने आशंका गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top