×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

सुन्दरहरैचाका रोलमोडल १२ ढुकुर जोडी,कसरी छानियो ?

३१ असार २०८२

३१ असार , काठमाण्डौं ।

२०८० माघ १३ गते जर्मनीको म्युनिखबाट थाइल्यान्डको बैंकक जाँदै गरेको लुफ्थान्सा एयरलाइन्सको विमान भित्रै श्रीमान्–श्रीमतीबीच झगडा भएपछि नयाँ दिल्ली डाइभर्ट गरिएको थियो ।

Advertisement
Advertisement

दिल्लीमा अवतरण गरेपछि उनीहरूलाई विमानबाट बाहिर निकालिएको थियो । भारतको उत्तर प्रदेशस्थित आग्रामा श्रीमतीका लागि अग्लो हिल भएको चप्पल किनेर नल्याएको निहुँमा श्रीमान्–श्रीमतीबीच सम्बन्धमा दरार आएको खबर सार्वजनिक भयो ।

२०७८ वैशाख २० गते सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५, गोठ गाउँकी ४५ वर्षीया बिनाया राईलाई श्रीमान् पदमबहादुर राईले हत्या गरेका थिए ।

२०८० फागुन ५ गते मोरङको सुन्दरहरैचा कै वडा नम्बर १० स्थित पिपल चोक बस्ने ५५ वर्षीय गगनबहादुर दनुवारको ४० वर्षीया श्रीमतीको कुटपिटबाट मृत्यु भएको थियो ।

२०८१ साउन २७ गते मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर १०, बाघझोडामा ५८ वर्षीय लक्ष्मण नेपालीले आफ्नी ४१ वर्षीया श्रीमती पवित्रा नेपालीलाई हँसिया प्रहार गरी हत्या गरे ।

२०८२ जेठ १३ गते नै विराटनगर–१ मा श्रीमान् श्रीमती बिच झगडा भएपछि श्रीमतीले आफ्नै चिया–नास्ता पसलमा पेट्रोल छर्केर आगो लगाइन । श्रीमान् श्रीमती बीचका यी केही प्रतिनिधि घटना मात्रै हुन् ।

सामान्य मनमुटावदेखि लिएर अन्तर्राष्ट्रिय उडान नै अवरुद्ध पार्ने झगडा र अन्ततः हत्यासम्मका कहालिलाग्दा घटनाहरू बढिरहेका बेला, मोरङको सुन्दरहरैंचा नगरपालिकाले भने दाम्पत्य जीवनलाई सुमधुर र सुखमय बनाउन नयाँ अभियानको सुरुवात गरेको छ।

सुन्दरहरैचा नगरपालिकाका १२ वटा वडा कार्यालयहरूमा अव यो देशका राष्ट्रपति, प्रधानमन्त्रीका अलावा अर्को एउटा फोटो पनि झुन्डिने भएको छ ।

संयुक्त परिवारमा बसेको श्रीमान् श्रीमती बीच ढुकुरकै जस्तो माया प्रिति भएको अनि बुवाआमा र सासू ससुरालाई पनि सम्मान र माया गर्ने एक जोडीलाई हरेक वर्ष नगरपालिकाले ढुकुर जोडी घोषणा गर्ने र उनीहरूको तस्बिर वडा कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीकोसँगै राखिने छ ।

पारिवारिक मेलमिलापका लागि नयाँ उपाय खोजी गरेको सुन्दरहरैचाले यस वर्षका ढुकुर जोडी घोषणा गरिसकेको छ । १२ ढुकुर जोडीको एक भव्य कार्यक्रम बिच सम्मान गरियो ।

उनीहरूलाई नगर प्रमुख र उपप्रमुखले दोसल्ला ओढाएर सम्मान गरे, अनि १० हजार नगद समेत प्रदान गरे । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी हरेक वडाबाट ‘ढुकुर जोडी’ खोजी गरेको थियो ।

१२ वटै वडाबाट एक–एक उत्कृष्ट दम्पती छान्न ४८ आवेदन परेका थिए। समझदारी, सहिष्णुता, पारिवारिक सद्भाव र सामाजिक सक्रियता जस्ता आधारमा १२ जोडीलाई छनोट गएिको थियो ।

यस वर्षको ढुकुर जोडीमा सुन्दरहरैचा वडा नम्बर १ बाट केशवप्रसाद काफ्ले र कञ्चन दाहाल, २ बाट सच्चिदानन्द साह र संगीता कुमारी गुप्ता, ३ बाट ध्रुव निरौला र अनु दाहाल, ४ बाट डिल्लीप्रसाद सिग्देल र अप्सरा सिग्देल एवं ५ बाट वीरेन्द्रकुमार कट्टेल र सीतादेवी कट्टेल दम्पती सम्मानित भए ।

त्यस्तै, सुन्दरहरैचा –६ बाट बालकृष्ण घिमिरे र शकुन्तला गौतम घिमिरे, ७ बाट बलिराम चौधरी र फुलोदेवी चौधरी, ८ बाट खगेन्द्र न्यौपाने र सम्झना न्यौपाने, ९ बाट योगराज कार्की र हिमकुमारी कार्की, १० बाट बौद्धबहादुर दाहाल र कल्याणी खड्का दाहाल, ११ बाट वेदकुमार खवास र केसवती खवास तथा १२ बाट अम्बरबहादुर मगर र ताराकुमारी मगर दम्पतीलाई ढुकुर जोडी घोषणा गर्दै सम्मान गरिएको छ ।

झगडामुक्त वैवाहिक जीवन बिताउने यी जोडीले समाजका लागि नयाँ ‘रोल मोडल’को काम गर्ने नगरप्रमुख केदारप्रसाद गुरागाईँको भनाइ छ।

नगर उपप्रमुख अकली चौधरी भन्छिन्, “आजभोलि टुट्ने मात्र कुरा हुन्छ। हामीले टिक्ने पनि देखाउनै पर्छ।” उनीहरूका अनुसार सम्मानित जोडीको तस्बिर एक वर्षसम्म वडा कार्यालयमा राखिनेछ भने स्वास्थ्य बिमा समेत नगरपालिकाले बेहोर्ने छ ।

सुन्दरहरैचा नगरपालिकाले यो कार्यक्रमलाई नीति तहमै समावेश गर्दै हरेक वर्ष निरन्तरता दिने जनाएको छ। ‘झगडाले होइन, समझदारीले सम्बन्ध टिक्छ’ भन्ने सन्देश बोकेको ‘ढुकुर जोडी’ सम्मान कार्यक्रम अन्य निकायहरूका लागि पनि प्रेरणा बन्न सक्छन् ।

सुन्दरहरैचा नगरपालिका न्यायिक समितिका उजुरी प्रशासक नीरज न्यौपानेले संयुक्त परिवारमा बस्ने जोडी मात्र छनोट परेको बताए ।

उनले श्रीमान् श्रीमती बिच मात्र हैन घरमा वुवा आमा र सासु ससुरालाई गर्ने ब्यवाहारलाई समेत मापदण्डमा राखेर छनोट गरिएको बताएका छन् ।

दैनिक झगडाले प्रहरी चौकीसम्म पुग्ने, केही सम्बन्ध अदालती प्रक्रिया हुँदै अन्त्य हुने गर्दछन् । नेपालमा पछिल्लो समय श्रीमान् श्रीमतीबिचको झगडा र सम्बन्ध विच्छेद डरलाग्दो गतिमा बढिरहेको छ।

प्रहरीको तथ्याङ्कअनुसार, दैनिक औसत सय भन्दा बढीको सङ्ख्यामा वैवाहिक विवादका उजुरीहरू दर्ता हुन आउने गरेका छन् । स्थानीय तहमा गठन भएका न्यायिक समितिहरूले मेलमिलापका धेरै प्रयास गर्दा पनि यो क्रम घट्नुको साटो बढी रहेको छ ।

कतिपय अध्ययन अनुसार सहरी क्षेत्रमा विवाहभन्दा बढी विच्छेदको दरमा छलाङ आएको देखिन्छ। धेरैजसो कारणहरूमा पारिवारिक असमझदारी, विश्वासको सङ्कट, आर्थिक तनाव र सामाजिक दबाब अग्रस्थानमा छन्।

बढ्दो वैदेशिक रोजगारीका कारण श्रीमान् र श्रीमती एक्ला एक्लै हुनुपर्दा निम्तने एक्लोपनमा सम्हालिन नसक्नु, घरेलु हिंसा, जीवनसाथीबाटै असहयोग र अपमान, विवाहेत्तर सम्बन्ध, धोखा धडी, कम उमेरमै प्रेम विवाह र पछि पश्चात्ताप, गरिबी, वैचारिक र व्यवहारगत बेमेल, बालबच्चाको हेरचाहमा बेवास्ता र शारीरिक र मानसिक तथा यौन दुव्र्यवहार लगायत नै सम्बन्ध विच्छेदका मूल कारण हुने गरेका छन् ।

सूचना र प्रविधिको पहुँच बढी हुनु र विलासिताको जीवनयापन गर्ने चाहना राख्नुले पनि बढी सम्बन्ध विच्छेदका घटना बढेको तथ्याङकहरुले देखाएका छन् ।

आर्थिक वर्ष २०७८÷७९ मा सर्वोच्च अदालतमा ५४ वटा, उच्च अदालतमा ९०८ वटा र देशभरका जिल्ला अदालतमा ३६ हजार ४७२ गरी जम्मा ३७ हजार ४३४ वटा फिराद सम्बन्ध विच्छेद गरिपाऊँ भनी दर्ता भएका थिए ।

आर्थिक वर्ष २०७९÷८० मा यो सङ्ख्या बढेर ४० हजार १८३ पुगेको थियो । यस्तै आर्थिक वर्ष २०८०÷८१ मा भने सम्बन्ध विच्छेदका ४१ हजार ३ सय ११ मुद्दा दर्ता भएका थिए ।

Advertisement

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top